प्रदिप नेपाल

नेप्सेमा ४ दशमलव ९४ अंकको सुधार

साताको अन्तिम दिन बिहीबार (आज) शेयर बजारमा सामान्य अंकको वृद्धि भएको छ। बुधबार ३६ दशमलव ७३ अंकले घटेको बजार आज ४ दशमलव ९४ अंकले बढेर २ हजार ३२५ दशमलव ४५ विन्दुमा पुगेको हो। बिहीबार २३१ वटा धितोपत्रको ३९ लाख ९१ हजार कित्ता शेयर खरिद बिक्री भएको छ। जसबाट १ अर्ब ६२ करोड ९१ लाख ६८ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ। बिहीबार १३ वटा समूहमध्ये …

पुरा पढ्नुहॊस »

जनस्वास्थ्यका मापदण्ड पालना गर्न स्वास्थ्य मन्त्रालयकाे आग्रह

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनस्वास्थ्यका मापदण्ड पालना गर्न अनुरोध गरेको छ।मन्त्रालयका प्रवक्ता डा सङ्गीता कौशल मिश्राले आज विज्ञप्ति जारी गर्दै कोरोना भाइरसको सङ्क्रमण छिमेकी मुलुक भारतमा बढ्दै गएपछि नेपालमा पनि सङ्क्रमणको जोखिम रहेकाले जनस्वास्थ्यका मापदण्ड पालना गर्न अनुरोध गरेकी हुन्। “कोभिड–१९ को सङ्क्रमण भारतलगायत छिमेकी राष्ट्रमा पछिल्लो केही दिनमा बढ्दो क्रममा रहेको वर्तमान अवस्थामा सङ्क्रमणको जोखिम कायम नै रहेकाले सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी भूमिका बढाउन संवेदनशील भई जिम्मेवार …

पुरा पढ्नुहॊस »

सगरमाथा अक्सिजन प्लान्ट विस्फोटबारे छानबिन गर्न गृहमन्त्री खाणकाे निर्देशन

गृहमन्त्री बालकृष्ण खाणले ललितपुरको सगरमाथा अक्सिजन प्लान्टमा आज भएको विस्फोट घटनाको छानबिन गर्न निर्देशन दिएका छन्। गृहसचिव टेकनारायण पाण्डे, ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय, महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी यज्ञविनोद पोखरेल र ललितपुरका सशस्त्र प्रहरी प्रमुख विकास घिमिरेलाई टेलिफोनमार्फत घटनाको छानबिन गर्न निर्देशन दिएका हुन्। घाइतेहरूको तत्काल उपचारको व्यवस्था मिलाउन पनि गृहमन्त्री खाणको निर्देशन छ। आज बिहान भएको विस्फोटमा एक जनाको मृत्यु भएको थियो भने ७ जना घाइते भएका …

पुरा पढ्नुहॊस »

मधेश प्रदेशमा लक्ष्मी बैंकका २ नयाँ एक्स्टेन्सन काउण्टर विस्तार

लक्ष्मी बैंकले आफ्नो संजाल विस्तार गर्ने क्रममा आफ्ना २ नयाँ एक्स्टेन्सन काउन्टर संचालनमा ल्याएको छ । उक्त एक्स्टेन्सन काउन्टरहरु महोत्तरी जिल्ला अदालत र सिरहा जिल्ला अदालतमा स्थापना भएका छन् । यी एक्स्टेन्सन काउन्टरहरुको शुरुवातसँगै लक्ष्मी बैंकको शाखा संजाल ५० जिल्लामा १४२ शाखा, १३ एक्सटेन्सन काउन्टर र ५ हस्पिटल सेवा काउन्टर, १७६ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ६३ शाखारहित बैंकिङ्ग एजेन्टहरु पुगेको छ । यसका साथै लक्ष्मी बैंकले आफ्नो …

पुरा पढ्नुहॊस »

सबै स्थानीय तहमा गठबन्धन गरिने सत्तारुढ दलबीच सहमति (पत्रसहित)

सत्तारुढ दलबीच स्थानीय तह निर्वाचनमा सबै पालिकामा गठबन्धन गर्ने सहमति भएको छ । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बुधबार बसेको सत्तारुढ दलको बैठकमा ६ महानगर, ११ उपहानगरसहित सबै पालिकामा गठबन्धन गर्ने सहमति भएको माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको स्वकीय सचिव गंगा दाहालले जानकारी दिइन्। आज बसेको सत्तारूढ गठबन्धनको बैठक सकिएको छ। ६ महानगर र ११ उपमहानगरमा दलीय गठबन्धनबीच सिट बाँडफाँटको टुंगो लागेको छ,’ उनले भनिन्, ‘सम्पूर्ण पालिकामा पनि चुनावी तालमेल …

पुरा पढ्नुहॊस »

आज १३ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा थप १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ३ हजार ८७७ नमूना परीक्षण गर्दा १३ जनामा मात्र कोरोना संक्रमण पुष्टि भएको हो। सो अवधिमा संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन। यही अवधिमा २५ जना संक्रमणमुक्त भएका छन् भने हाल देशभर ३१८ जना सक्रिय संक्रमित रहेका छन्। एक दिनमा कोरोनाविरुद्धको खोप लगाउनेको संख्या ७६ हजार ३७२ रहेको छ।

पुरा पढ्नुहॊस »

राप्रपाको चुनावी प्रतिबद्धतामा भ्रष्टाचारमा शून्य सहनशीलताको नीति

राप्रपाले आसन्न स्थानीय तह निर्वाचनका लागि प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ। पार्टी कार्यालय धुम्बाराहीमा बुधबार आयोजित ‘स्थानीय तह निर्वाचन, प्रतिबद्धतापत्र सार्वजनिक’ कार्यक्रममा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिबद्धतापत्र सार्वजनिक गरेका हुन् । सार्वजनिक प्रतिबद्धतापत्रमा भ्रष्टाचारमा शून्य सहनशीलताको नीति अवलम्बन गरिने उल्लेख छ । राष्ट्र, राष्ट्रियता, प्रजातन्त्र, स्थायित्व र समृद्धिका लागि देशमा सर्वधर्म, समभाव, पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन धर्म सापेक्ष हिन्दु राष्ट्र र संवैधानिक राजसंस्थासहितको प्रजातन्त्रलाई राप्रपाले आफ्नो प्रतिबद्धता पत्रमा उल्लेख गरेको छ।

पुरा पढ्नुहॊस »

सत्ता गठबन्धनले टुंग्यायो महानगर र उपमहानगरको भागबन्डा

सत्तारुढ पाँच दलीय गठबन्धनले ६ महानगर र ११ उपमहानगरपालिकाको भागबन्डा टुंगो लगाएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले दलीय भागबन्डा टुंगो लगाएको माओवादी केन्द्रका नेता देव गुरुङले जानकारी दिए। महानगर र उपमहानगरको भागबन्डा मिलेकाले सहमति पत्रमा हस्ताक्षर गर्ने तयारी रहेको नेता गुरुङले बताए। गठबन्धनले ६ महानगर र ९ उपमहानगरको प्रमुख र उपप्रमुखको भागबन्डा मंगलबार रातिको बैठकमा नै सहमति गरिसकेको थियो । बाँकी पालिकाहरुमा आजको बैठकले टुंगो लगाएको हो।

पुरा पढ्नुहॊस »

आज पनि नेप्से परिसूचक घट्याे, ३६ दशमलव ७३ अंकको गिरावट

बुधबार (आज) शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ। यो वर्षको कारोबार दिनदेखि नै घटेको बजार मंगलबार भने दोहोरो अंकले बढेको थियो । बुधबार शेयर बजार ३६ दशमलव ७३ अंकले घटेर २ हजार ३२० विन्दुमा झरेको हो । बुधबार २२८ वटा धितोपत्रको ३५ लाख ७० हजार कित्ता शेयर खरिद बिक्री भएको छ । जसबाट १ अर्ब ४५ करोड ८७ लाख ३७ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले …

पुरा पढ्नुहॊस »

मलेसियामा कोभिड संक्रमण बढ्दै, एकैदिन ६ हजार संक्रमित थपिए

मलेसियामा पछिल्लो समय कोभिड १९ को संक्रमण बढेको पाइएको छ । यहाँ गएको २४ घन्टा यता मात्र कम्तीमा पनि १२ जनाको ज्यान गएको छ। यहाँका अधिकारीहरुले पछिल्लो समयमा दैनिक जसो कोभिडबाट मृत्यु हुनेकाे संख्या बढेकाे पनि बताएका छन्। उनीहरुका अनुसार गएको २४ घन्टा यतामात्र यहाँ ६ हजार ६९ जना संक्रमित भएको पाइएको छ । यहाँ अहिलेसम्ममा ४४ लाखभन्दा बढी संक्रमित भएका छन् भने ३५ हजार जनाभन्दा बढीको कोभिडका कारण ज्यान …

पुरा पढ्नुहॊस »