बिस्का जात्रामा रथ ढलेर लाग्दा एक जनाको मृत्यु

बिस्का जात्राको रथ तान्ने क्रममा रथ ढल्दा सोमबार एक जनाको मृत्यु भएको छ।

भक्तपुरको सूर्यविनायक नगरपालिका-५ कटुन्जेका ७१ वर्षीय दुर्गामान कसपालको मृत्यु भएको भक्तपुर अस्पतालले जनाएको छ।

जात्राको अन्तिम दिन सोमबार रथलाई तान्दै भक्तपुरको पोटरी स्क्वायर नजिकै पुग्दा रथ ढलेर थिचेकाे थियो। रथले थिचेर घाइते भएका कसपाललाई उपचारका लागि तत्काल भक्तपुर अस्पताल लगिएको थियो। अस्पतालमा उपचारको क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

पक्राउ गरिएका मेयर नेपालीलाई बाग्लुङ पुर्‍याइयो

काठमाडौँ । सहकारी बचतकर्ताको रकम अपचलनमा पक्राउ परेका ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई बाग्लुङ पठाइएको …

प्रतिकृया दिनुहॊस