प्रदिप नेपाल

कोरोना संक्रमण दर थालेको छ, सतर्कता अपनाउनु : स्वास्थ्य मन्त्रालय

सरकारले कोरोना संक्रमण दर बढ्न थालेको भन्दै स्वास्थ्य सतर्कता अपनाउन आग्रह गरेको छ। पछिल्लो समय छिमेकी देश भारतमा कोरोना संक्रमणको दर बढ्न थालेकाले पूर्णरुपमा स्वास्थ्य सतर्कता अपनाउन आग्रह गरेको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले पछिल्लो समय भारतमा कोरोना संक्रमण दर बढीरहेकोले नेपालमा पनि कोरोना संक्रमण बढ्न सक्ने भन्दै स्वास्थ्य सावधानी अपनाउन आग्रह गरे । उनले स्वास्थ्य मन्त्रालयले अस्पताल तथा चिकित्सकहरुलाई कोरोना संक्रमणको दर बढीरहेकोले संक्रमण दर घटाउने …

पुरा पढ्नुहॊस »

‘विकास आयोजनासम्बन्धी कुनै सम्झौता राजपत्रमा छापिएका छन् ?’: भीम रावल

नेकपा एमालेका नेता भीम रावलले अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता राजपत्रमा छापिएकोमा आश्चर्य प्रकट गरेका छन्। ‘एमसीसीसँगको सम्झौता नेपाल राजपत्रमा छापिएछ। के अरु देशसँगका विकास आयोजनासम्बन्धी कुनै सम्झौता राजपत्रमा छापिएका छन् ?,’ सामाजिक सञ्जाल ट्वीटरमा आज आफैं प्रश्न गर्दै आफैं जवाफ दिएका छन्, ‘छैन ।’ एमसीसी सम्झौता राजपत्रमा प्रकाशित भएसँगै नेपालको आन्तिरिक मामिलामा हस्तक्षेप सुरु भएको आरोप उनले लगाएका छन् । ‘यहींबाटै नेपालको मामिला, कानून र अधिकारमा …

पुरा पढ्नुहॊस »

मङ्गलबार मुसलमान समुदायले इदुलफित्र मनाउँदै

इस्लाम धर्मावलम्बीले मनाउने महान् पर्व इदुलफित्र मङ्गलबार मनाइँदैछ। इदगाहमा गएर सामूहिक नमाज(प्रार्थना) गरि मनाउने यो पर्वमा मानिसले एकआपसमा अँगालो मारेर इदमुबारक (बधाई तथा शुभकामना) साटासाट गर्ने गर्दछन्। गएको चैत २० गतेदेखि सुरु भएको रमजान आज सम्पन्न हुँदैछ। एक महिनासम्म चल्ने यो पर्वमा मुुसलमान दिनमा निराहार बस्छन्। रोजा बस्न बिहान तोकिएको समयअगावै र बेलुका तोकिएको समयपछि भोजन लिने गर्दछन्। रमजान उर्दु क्यालेण्डर अनुसार हिजरी सम्वत् १४४३ हो भने रमजान नवौँ महिना …

पुरा पढ्नुहॊस »

राजनीतिलाई पेसा व्यवसाय बनाउन हुँदैन : अध्यक्ष लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीतिलाई सेवाको भावनाबाट हेर्नुपर्नेमा जोड दिएका छन्। तनहुँको आँबुखैरेनी गाउँपालिकामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा अध्यक्ष लिङ्देनले राजनीतिलाई पेसा बनाउने प्रचलन बढेकाले त्यस्तो प्रवृत्ति अन्त्य गर्नुपर्ने बताएका हुन्। राजनीतिलाई पेसा व्यवसाय बनाउन नहुने भन्दै अध्यक्ष लिङ्देनले राजनीतिलाई सेवाको भावनाबाट विकास गराउन जरुरी रहेको उल्लेख गरे। भ्रष्टाचारमुक्त बनाउने काम सजिलो नभएको भन्दै अध्यक्ष लिङ्देनले यसमा सबैको सामूहिक सङ्कल्प आवश्यक रहेको उल्लेख गरे। भ्रष्टाचार गर्नेलाई राप्रपामा कुनै …

पुरा पढ्नुहॊस »

सामाजिक सञ्जालमा भ्रामक सामाग्री पोष्ट गर्नेलाई आयोगले कडा कारबाही गर्ने

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा सामाजिक सञ्जालमा मिथ्या सूचना तथा आचारसंहिताविपरीतका सामाग्री प्रकाशन गरे कडा कारबाही गर्ने चेतावनी दिएकाे छ। आइतबार पत्रकार सम्मेलन गर्दै आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सामाजिक सञ्जालमा मिथ्या सामाग्री पोष्ट गरेमा कडा कारबाही गर्ने बताए । निर्वाचन आचारसंहिताविपरीतका सामाग्री सामाजिक सञ्जालमा पोष्ट गरेमा निर्वाचन आयोग ऐन २०७३ को दफा २३, निर्वाचन कसुर तथा सजाय ऐन २०७३ तथा प्रचलित कानुनअनुसार कारवाही गरिने प्रष्ट पारे ।

पुरा पढ्नुहॊस »

काठमाडौं ट्रयास कलेक्सन रेस २०२२ मा कुमारी जबको सहकार्य

काठमाडौंको मुख्य सडक हुन या गल्ली हुन, फोहोर थुप्रिएको दृष्य हाम्रो लागि कुनै नौलो दृष्य होइन । र यो फोहोर व्यवस्थापनको लागि सरकारले पर्याप्त प्रयास नगरेकोमा सरकारलाई दोष दिन पनि हामी पछि हटेका छैनौँ । तर आफ्नो देशको लागि आफैँले केही गर्नुपर्छ भन्ने उद्धेश्यसहित मैनादेवी फाउन्डेसनले गत शनिबार काठमाडौं ट्रयास कलेक्सन रेस २०२२ सफलतापुर्वक सम्पन्न गरेको छ । र उक्त कार्यमा मैनादेवी फाउन्डेसनसँग कुमारी जबले करीयर पार्ट्नरको रुपमा हातेमालो गरेको …

पुरा पढ्नुहॊस »

स्थानीय तह निर्वाचन : सत्र जिल्लामा मतपत्र ढुवानी हुन बाँकी

स्थानीय तह निर्वाचन, २०७९ का लागि मतपत्र ढुवानी गर्न अब १७ जिल्ला मात्र बाँकी रहेको छ। सिन्धुली, रामेछाप र दोलखामा १९ गते बिहान ढुवानी हुनेछ भने अन्य जिल्लामा यसै सातामा पठाइनेछ। वैशाख १७ गतेसम्ममा ४९ जिल्लाका लागि ९१ लाख ११ हजार मतपत्र ढुवानी गरिएकामा १८ गते लुम्बिनी प्रदेशका सबै जिल्लाका लागि मतपत्र पठाइएको छ। बाँकी रहेका जिल्लामा मधेश प्रदेशका आठ, प्रदेश नं १ को मोरङ, बागमती प्रदेशको रसुवा, चितवन, ललितपुर, …

पुरा पढ्नुहॊस »

स्थानीय चुनावमा कांग्रेसबाट ३० हजार ६ सय बढी उम्मेदवारी

नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले केही ठाउँमा विरोधका बीच पाँचदलीय गठबन्धन सफल भएको बताएका छन् । आइतबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन आयोजना गरि प्रचार विभाग प्रमुखसमेत रहेका महतले धेरैलाई गठबन्धन टुट्ने लागे पनि त्यस्तो नभएको बताएका हुन्। उनले धेरैले दाबी गरेजस्तो कतै पनि उल्लेख्य रूपमा विद्रोह नभएको बताए । तर, जनकपुर, भरतपुर, तनहुँ, डडेल्धुराका स्थानीय तहमा गठबन्धनविरुद्ध कांग्रेसबाट स्वतन्त्र उम्मेदवारी परेको छ । स्थानीय चुनावमा कांग्रेसबाट ३० हजार ६ …

पुरा पढ्नुहॊस »

गठबन्धन गर्दा कांग्रेसले सजिलै बहुमत ल्याउँछ : नेता पौडेल

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले गठबन्धनकाे विरोध नगर्न निर्देशन दिएका छन् । आइतबार गृह जिल्ला तनहुँमा नेपाली कांग्रेसको भातृ संगठन नेपाल ट्रेड युनियन कांग्रेसले अन्तर्राष्ट्रिय श्रमिक दिवसको सन्दर्भमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले गठबन्धन गर्दा कांग्रेसले सजिलै बहुमत ल्याउने दाबी गरे। गठबन्धन विरोधी गतिविधिमा लाग्दा प्रतिगमन पक्षधरलाई समर्थन हुने उनको भनाइ छ। २३ सिटमा खुम्चिएको कांग्रेसलाई ९३ सिटमा पुर्‍याउन गठबन्धनले सघाउने उनले बताए । संविधानको रक्षार्थ गठबन्ध अपरिहार्य …

पुरा पढ्नुहॊस »

२० जनामा कोरोना संक्रमण पुष्टि, २७ जना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा थप २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ३ हजार २२२ नमूना परीक्षण गर्दा २० जनामा मात्र कोरोना संक्रमण पुष्टि भएको हो । सो अवधिमा संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन । यही अवधिमा २७ जना संक्रमणमुक्त भएका छन् भने हाल देशभर २२१ जना सक्रिय संक्रमित रहेका छन् । एक दिनमा कोरोनाविरुद्धको खोप लगाउनेको संख्या २ लाख ९५ हजार …

पुरा पढ्नुहॊस »