प्रदिप नेपाल

नेपाल प्रहरीको आईजीपीमा धिरजप्रताप सिंह नियुक्त

नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा धिरजप्रताप सिंह नियुक्त भएका छन्। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) सिंहलाई आईजीपीमा नियुक्त गरेको हो। डेढ वर्षअघि बढुवा भएका विश्वराज पाेखरेल र सहकुलबहादुर थापालाई पन्छ्याउँदै सिंहलाई नियुक्त गरिएकाे हाे। वरीयता क्रममा तेस्रो नम्बरमा रहेका सिंहलाई प्रधानमन्त्री देउवाको दबाबमा आईजीपी नियुक्त गरिएको हो। गृह मन्त्रायले भने पहिलो नम्बरमा विश्वराज पोखरेललाई आईजीपीका लागि सिफारिस गरेको थियो। तर, मन्त्रिपरिषद् बैठकले भने सिंहलाई नियुक्त …

पुरा पढ्नुहॊस »

आईजीपी शैलेश थापासहित १९ उच्च प्रहरी अधिकारी आजदेखि अवकाशमा

नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्रीसहित १९ जना उच्च प्रहरी अधिकारीले आइतबारबाट अनिवार्य अवकाश पाएका छन्। ३० वर्षे सेवाहदका कारण आइतबारदेखि उनीहरूले अवकाश पाएका हुन् । १९ वैशाख २०४९ बाट प्रहरी सेवा सुरु गरेका आईजीपी क्षेत्रीसहित १९ जना प्रहरीको ३० वर्षे सेवाअवधि आइतबारबाट सकिएको छ। अवकास पाउनेहरूमा चारजना अतिरिक्त महानिरीक्षक (एआईजीप)हरू हरिबहादुर पाल, निरजबहादुर शाही, प्रद्युम्नकुमार कार्की र वसन्तकुमार पन्त छन् । त्यस्तै ११ जना डीआईजी घनश्याम अर्याल, ईश्वरबाबु कार्की, …

पुरा पढ्नुहॊस »

मूल्यवृद्धि नियन्त्रण गर्न सरकारसँग राप्रपा नेपालको माग

राप्रपा नेपालले मूल्यवृद्धि नियन्त्रण गर्न सरकारसँग माग गरेको छ । कमल थापाको अध्यक्षतामा आइतबार बसेको सचिवालय बैठकले दैनिक उपभोग्य वस्तुहरूमा भएकाे मूल्यवृद्धि तत्काल नियन्त्रण गर्नेतर्फ ठोस कदम चालेर नागरिकलाई राहत प्रदान गर्न माग गरेको सो पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख सुरेश आचार्यले जानकारी दिए। उनका अनुसार सोही बैठकले समयमै किसानलाई मलखाद उपलब्ध गराउन पनि सरकारसँग माग गरेको छ ।

पुरा पढ्नुहॊस »

ओलीकाे दाबी, ‘मजदुर आन्दोलनको विरासत एमालेसँग छ’

एमाले अध्यक्ष केपी शर्मा ओलीले मजदुर आन्दोलनको विरासत आफ्नो पार्टीसँग रहेको दाबी गरेका छन्। १३२औं श्रमिक दिवसको अवसरमा आइतबार शुभकामना सन्देश दिँदै अध्यक्ष ओलीले मजदुर आन्दोलनको विरासत एमालेसँँग रहेको दाबी गरेका हुन् । ‘नेपालमा २००३ सालमा पहिलो संगठित मजदुर आन्दोलन सुरु भयो । राणाशाहीलाई श्रमजीवी जनतासँग सम्झौता गर्न बाध्य पार्ने त्यस आन्दोलनको गौरवशाली विरासत हाम्रो पार्टी नेकपा (एमाले)सँग छ,’ आफ्नो शुभकामना सन्देशमा ओलीले भनेका छन्, ‘हाम्रो पार्टीको वैचारिक मार्गदर्शनमा क्रियाशील …

पुरा पढ्नुहॊस »

सुनको मूल्य २ सयले घट्याे, कतिमा काराेबार हुँदै ?

सुनको भाउ आइतबार प्रतितोलामा दुई सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको भाउ तोलाको ९९ हजार दुई सय रुपैयाँमा काराेबार भएकाे थियाे भने आज ९९ हजारमा काराेबार भइरहेकाे हाे । तेजावी सुनकाे मूल्य भने तोलाको ९८ हजार ५ सय रुपैयाँमा कायम भइरहेकाे छ। शुक्रबार स्थिर रहेकाे चाँदीकाे भाउ भने २० रूपैयाँले घटेकाे छ। चाँदी आइतबार एक हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ।

पुरा पढ्नुहॊस »

आठ हजार उम्मेदवारद्वारा उम्मेदवारी फिर्ता

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा करिब आठ हजार उम्मेदवारहरुले आफ्नो उम्मेदवारी फिर्ता लिएको जनाएको छ। निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले करिब एक लाख ५३ हजार उम्मेदवारी परेकोमा करिब ८ हजारले फिर्ता लिएको जानकारी दिएका हुन्। उनले अहिले उम्मेदवारहरुलाई निर्वाचन चिन्ह प्रदान गर्ने काम भइरहेको पनि बताए । निर्वाचन आयोगको निर्वाचन कार्यतालिका अनुसार शनिबार (आज) अपरान्ह ५ बजेसम्म निर्वाचनका उम्मेदवारहरुलाई निर्वाचन चिन्ह प्रदान गरिएकाे छ । हिजो (शुक्रबार) स्थानीय तह …

पुरा पढ्नुहॊस »

भ्रष्टाचारमुक्त महानगर बनाउँछु : सिर्जना सिंह

सत्तारुढ गठबन्धनको काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवार सिर्जना सिंहले आफू विजयी भएमा भ्रष्टाचारमुक्त महानगर बनाउने प्रतिवद्धता व्यक्त गरेकी छिन् । शनिबार नेपाली कांग्रेस निकट बुद्धिजीवि पेशाकर्मी परिचालक समिति, काठमाडौंले आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा बोल्दै सिंहले आफू मेयरमा विजयी भएमा काठमाडौं महानगरपालिकालाई भ्रष्टाचारको दूर्गन्धबाट मुक्त गराउने बताएकी हुन् । उनले डिजिटल प्रविधि अपनाएर घरैबाट जनताले सेवा लिने व्यवस्था गर्न पनि आफू लागिपर्ने बताइन् । सिंहले आफूलाई नेपाली कांग्रसले सर्वसम्मतरुपमा मेयरको उम्मेदवार बनाएको …

पुरा पढ्नुहॊस »

गोकुल बाँस्कोटाले धोका दिएको भन्दै बनेपाका मेयरद्वारा एमाले परित्याग

बनेपा नगरपालिकाका मेयर लक्ष्मी नरसिंह बादेले पदबाट राजीनामा दिने घोषणा गरेका छन्। स्थानीय तहको निर्वाचनको टिकट वितरणमा असन्तुष्टी जनाउँदै मेयर बादेले शनिबार पत्रकार सम्मेलन गरेर राजीनामा दिने घोषणा गरेका हुन् । मेयर बादेले एमालेको साधारण सदस्यतासमेत त्याग गरेको घोषणा गरेका छन् । तत्काल कुनै पार्टीमा प्रवेश गर्ने योजना नभएको समेत उनले बताए । एमाले पोलिटब्युरो सदस्य तथा काभ्रेका इन्चार्जसमेत रहेका गोकुलप्रसाद बाँस्कोटाले आफूलाई अन्तिम समयमा धोका दिएको बादेले बताए । …

पुरा पढ्नुहॊस »

५ जनामा कोरोना संक्रमण पुष्टि, १७ जना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा थप ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर २ हजार २१४ नमूना परीक्षण गर्दा ५ जनामा मात्र कोरोना संक्रमण पुष्टि भएको हो। सो अवधिमा संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन । यही अवधिमा १७ जना संक्रमणमुक्त भएका छन् भने हाल देशभर २३० जना सक्रिय संक्रमित रहेका छन् । एक दिनमा कोरोनाविरुद्धको खोप लगाउनेको संख्या ७४ हजार ६४६ रहेको छ ।

पुरा पढ्नुहॊस »

ओलीले राजावादीहरुसँग गठबन्धन गरिरहेका छन्ः रामचन्द्र पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजावादीहरुसँग गठबन्धन गरिरहेको आरोप लगाएका छन्। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै वरिष्ठ नेता पौडेलले ओलीले पुरातनपन्थी र भ्रष्टाचारीहरुसँग गठबन्धन गरिरहेको आरोप लगाएका हुन्। उनले विकासको नाममा नेकपा एमालेका कार्यकर्ताहरुले केन्द्रबाट बजेट लगेर आफैँ उपभोक्ता, आफैँ ठेकदार बन्ने गरेको र बजेट सबै खल्तीमा हालेको आरोप लगाए । उनले नेकपा एमालेले विकासका योजनाहरु अलपत्र बनाएको पनि बताए । वरिष्ठ …

पुरा पढ्नुहॊस »