स्थानीय चुनावमा कांग्रेसबाट ३० हजार ६ सय बढी उम्मेदवारी

नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले केही ठाउँमा विरोधका बीच पाँचदलीय गठबन्धन सफल भएको बताएका छन् ।

आइतबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन आयोजना गरि प्रचार विभाग प्रमुखसमेत रहेका महतले धेरैलाई गठबन्धन टुट्ने लागे पनि त्यस्तो नभएको बताएका हुन्। उनले धेरैले दाबी गरेजस्तो कतै पनि उल्लेख्य रूपमा विद्रोह नभएको बताए । तर, जनकपुर, भरतपुर, तनहुँ, डडेल्धुराका स्थानीय तहमा गठबन्धनविरुद्ध कांग्रेसबाट स्वतन्त्र उम्मेदवारी परेको छ ।

स्थानीय चुनावमा कांग्रेसबाट ३० हजार ६ सय बढी उम्मेदवारी परेको पनि उनले बताए । उनका अनुसार २६५ जना उम्मेदवार मेयरमा, ३७२ ठाउँमा गाउँपालिका अध्यक्षमा, १९४ जना उम्मेदवार उपमेयर र ३४० जना उपाध्यक्ष उठेको महतले जानकारी दिए। देशभर कांग्रेसका ६ हजार ४३ जना वडाध्यक्षका उम्मेदवार छन्। वडा सदस्यमा पाँच हजार ९३८ जना उम्मेदवार रहेको महतले बताए।

दलित महिला सदस्यमा पाँच हजार ६९१ र दुई सदस्यका लागि ११ हजार ७८८ जना उम्मेदवार रहेको उनले बताए। नेता महतले देशभर विपक्षी पार्टीका कार्यकर्ताबाट निर्वाचन आचारसंहित उल्लंघन हुँदा पनि निर्वाचन आयोग मौन बसेको भन्दै आपत्ति जनाए।

 

 

 

 

 

 

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

पोखरा महानगरमा अख्तियारको छापा, कागजात नियन्त्रणमा

काठमाडौं । कास्कीको पोखरा महानगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा हानेको छ । आयोगको टोलीले …

प्रतिकृया दिनुहॊस