कर्णाली प्रदेश सरकारले विसं २०७९ सालमा राष्ट्रियबाहेक प्रदेशभर थप आठ दिन सार्वजनिक बिदा दिने भएको छ। प्रदेश सरकारको विसं २०७८ चैत्र २९ गते बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको बताइएको छ । सरकारले सार्वजनिक बिदा गरेको निर्णय वैशाख ७ गते प्रदेशको राजपत्रमा प्रकाशित गरेको छ। राजपत्रका अनुसार धान दिवसका अवसरमा दुई दिन सार्वजनिक बिदा दिने भएको हो। ऐतिहासिक दिनका रुपमा चैत्र १२ गते जुम्लालाई मात्र र असार १५ …
पुरा पढ्नुहॊस »मंगलम पाइप्सद्वारा आफ्ना कर्मचारीहरुलाई सम्मान–पत्र तथा मायाको चिनो प्रदान
नेपालकै पहिलो सिपिभिसि पाइप्स र फिटिंग्स उत्पादक तथा नेपालको पोलीमर पाइपिंग प्रणालीको अग्रणी उत्पादक र नियार्तकर्ता मंगलम इण्डस्ट्रिज प्रा.लि. ले आ.व.२०७७/७८ को अन्त्यसँगै भैरहवा स्थित कारखानामा सेल्स रिभ्यु कार्यकम आयोजना गरेको थियो। यसै अवसरमा मंगलम पाईप्सले उद्योग स्थापनाको शुरुवाती चरणदेखि नै कार्यरत कर्मचारीहरुलाई मायाको चिनो र प्रशंसा–पत्र पनि वितरण गरेको थियो । उद्योगका प्रबन्ध निर्देशक अभिनव चुरिवालले सम्पूर्ण कर्मचारीहरुलाई प्रत्यक्ष रुपमा भेटेर अन्तर्क्रिया गर्नुको साथै प्रगतिको लागि हौसला पनि प्रदान …
पुरा पढ्नुहॊस »सञ्चार माध्यमहरुलाई आयोगको आग्रह, ‘आचारसंहिताका सबै बूँदाहरुको पूर्णपालना गराैं’
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आचारसंहिताका सबै बूँदाहरुको पूर्णपालना गर्न सञ्चार माध्यमहरुलाई पुनः आग्रह गरेका छन्। प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचन आचारसंहिताको समाचार भन्ने तर दृष्य चाँही त्यस विपरित आउने काम भए त्यो खतरनाक हुने भन्दै त्यस्तो अवस्था आउन नदिन पनि सञ्चार माध्यामहरुको गम्भीर ध्यानाकर्षण गराए। सामूदायिक रेडियो प्रसारक संघले मंगलबार काठमाडौंमा जारी गरेको निर्वाचन आचारसंहिता सार्वजनिक गर्दै उनले निर्वाचन आचारसंहिताको पूर्णपालना गरेर मात्रै निर्वाचनलाई स्वच्छ र निष्पक्ष रुपमा …
पुरा पढ्नुहॊस »कांग्रेसले गठन गर्याे निर्वाचन केन्द्रीय परिचालन समिति सचिवालय
नेपाली कांग्रेसका उपसभापति एवं स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिका संयोजक पूर्णबहादुर खड्काले ‘स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति सचिवालय’ गठन गरेका छन्। उनले मंगलबार पार्टीका केन्द्रीय सदस्य नानु बाँस्तोलाको संयोजकत्वमा सचिवालय गठन गरेका पार्टी कार्यालयले जनाएको छ। सचिवालय सदस्यमा डा सुरेश आचार्य, डा प्रभु बुढाथोकी, राजेन्द्रप्रसाद पौडेल, कृष्ण केसी र गेजा शर्मा वाग्ले रहेका छन्। सचिवालयले समिति र उपसमितिहरुले गरेका निर्णयको कार्यान्वयन, पार्टीका विभिन्न साङ्गठनिक संरचनाहरुले निर्वाचनमा पार्टीको विजय …
पुरा पढ्नुहॊस »पहाडी क्षेत्रमा बदली, वर्षाकाे सम्भावना
बिहान काठमाडाैं उपत्यकासहित मुलुकका पहाडी भूभागमा बदली रहेकाे छ। गएराति काठमाडाैंका केही क्षेत्रमा वर्षा भएकाे थियाे। स्थानीय वायु, भारतको उत्तर प्रदेशदेखि पश्चिम बङ्गालको समथर भूभागसम्म बनेको न्यून चापीय प्रणाली र पश्चिमी वायुका कारण बदलीसँगै वर्षा भइरहेकाे माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ। दिउँसो पहाडी भूभागका केही र तराईका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। राति प्रदेश १, बागमती, गण्डकी र सुदूरपश्चिमका पहाडी भूभागका केही स्थानमा र …
पुरा पढ्नुहॊस »गठबन्धनका उम्मेदवारलाई जिताउन एकीकृत समाजवादीले सबै शक्ति केन्द्रीत गर्ने
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले आसन्न स्थानीय तहको निर्वाचनमा गठबन्धनका साझा उम्मेदवारलाई जिताउन सम्पूर्ण शक्ति केन्द्रीत गर्ने भएको छ। पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा मंगलबार बसेको सचिवालय बैठकले महानगरपालिकादेखि वडा तहसम्म गठबन्धनका साथै पार्टीकातर्फबाट एकल उम्मेदवारी दिएका व्यक्तिलाई जिताउन भूमिका निर्वाह गर्ने निर्णय गरेको महासचिव डा बेदुराम भुसालले जानकारी दिए। गठबन्धन नभएका र एकल उम्मेदवार नभएका स्थानमा गठबन्धनका दलबीच सहमति कायम गर्न अन्तिम समयसम्म प्रयत्न गर्ने बैठकले निर्णय गरेको छ …
पुरा पढ्नुहॊस »कर्णाली प्रदेश : ३७७ मतदान केन्द्र अति संवेदनशील, कुन जिल्लामा कस्ताे ?
कर्णाली प्रदेशमा ३७७ मतदान केन्द्र अति संवेदनशील रहेको जनाइएको छ। कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका निमित्त प्रहरी नायब महानिरीक्षक राजेशनाथ बास्तोलाले यहाँका दश जिल्लाका ३७७ मतदान केन्द्र अति संवेदनशील रहेको जनाएका हुन्। उनले कर्णाली प्रदेशभरि ९०७ मतदानस्थलअन्तर्गत एक हजार ३८५ मतदान केन्द्र रहेको जनाए। कूल मतदान केन्द्रमध्ये ३३८ सामान्य, ६७० संवेदनशील र ३७७ अतिसंवेदनशील रहेको निमित्त प्रहरी नायब महानिरीक्षक बास्तोलाले बताए। उनले भौगोलिक विकटता, मतदान केन्द्रको दूरी, मतदाता सङ्ख्या, विगतको …
पुरा पढ्नुहॊस »देशभरिका चुनावी सभाहरुमा कांग्रेसका केन्द्रीय नेताहरुले सम्बोधन गर्ने
नेपाली कांग्रेसले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा पार्टीको तयारीका लागि मुलुकका विभिन्न स्थान र समयमा खुला सभा आयोजना गर्ने तय गरेको छ। कांग्रेस स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको निर्णय अनुसार आयोजना गरिएका सभाहरुमा पार्टीका सभापति, नेता एवं पदाधिकारीलगायत केन्द्रीय नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। सबै सभाहरुको संयोजन पार्टीका सम्बन्धित जिल्ला कार्यसमितिहरुले गर्नेछन् । वैशाख २१ गते मोरङ (विराटनगर) मा हुने …
पुरा पढ्नुहॊस »मृत भेटिएका व्यक्तिको हत्या भएको खुलासा
काठमाडौँको स्वयम्भूमा मृत अवस्थामा भेटिएका एक व्यक्तिको हत्या भएको खुलेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार वैशाख २ गते काठमाडौँ महानगरपालिका–१५ स्वयम्भूमा ललितपुरको महालक्ष्मी नगरपालिका–८ लुभुका २५ वर्षीय नरेश गौतम मृत भेटिएका थिए। अनुसन्धानका क्रममा उनलाई केही व्यक्तिले कुटपिट गरि हत्या गरेको खुलेको परिसरका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। उनका अनुसार फरार व्यक्ति खोजतलास गर्ने क्रममा हत्या आरोपित दुई जनालाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा सिन्धुलीको फिक्कल गाउँपालिका–१ …
पुरा पढ्नुहॊस »यस्ताे छ भरतपुरमा गठबन्धनको प्रतिबद्धतापत्र, किसानलाई पेन्सनसम्मकाे सुविधा
चितवनको भरतपुरमा सत्ता गठबन्धनले मंगलबार चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ। ३० वैशाखमा हुन लागेको स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर गठबन्धनले प्रतिबद्धतापत्र सार्वजनिक गरेको हो। भरतपुर महानगरपालिकाको मेयरमा नेकपा (माओवादी केन्द्र)की रेनु दाहाल र उपमेयरमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले उम्मेदवारी दिएका छन् । उनीहरुले भरतपुरमा एक कार्यक्रमका बीच आफ्नो प्रतिबद्धतापत्र सार्वजनिक गरेका हुन्। २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा पनि भरतपुर महानगरको मेयर र उपमेयरमा माओवादी केन्द्र र कांग्रेसबीच तालमेल भएको …
पुरा पढ्नुहॊस »