प्रदिप नेपाल

चितवनमा गठबन्धनविरूद्ध उठेका जगन्नाथ पौडेलले पाए ‘भुइँकटहर’ चुनाव चिह्न

नेपाली कांग्रेसको असन्तुष्ट पक्षबाट भरतपुर महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेलले चुनाव चिह्न ‘भुइँकटहर’ पाएका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरले पौडेल लगायतका स्वतन्त्र उम्मेदवारहरुलाई चुनाव चिह्न प्रदान गरेको हो। कांग्रेसले मेयरका उम्मेदवार पौडेल, उनका प्रस्तावक कृष्णलाल सापकोटा र समर्थक मीना खरेललाई साधारण सदस्यबाट निस्कासन गरिसकेको छ। भरतपुरको मेयरका लागि ३० जनाले उम्मेदवारी दिएकामा शुक्रबार तीन जनाले उम्मेदवारी फिर्ता लिएका छन्। मेयरका स्वतन्त्र उम्मेदवार सुमन अधिकारीले मुडा, हरिशरण श्रेष्ठले …

पुरा पढ्नुहॊस »

स्थानीय तह निर्वाचन : ९३ प्रतिशत मतपत्र छपाइ सकियो

वैशाख ३० गतेको स्थानीय तह निर्वाचनका लागि हालसम्म ४३ जिल्लाका लागि ७५ लाख ७३ हजार मतपत्र ढुवानी गरिएको छ। निर्वाचन आयोगका अनुसार काठमाडौंबाट लामो दूरीमा रहेका पूर्व र पश्चिमका अधिकांश जिल्लाहरुमा मतपत्र पुगिसकेको र अन्य जिल्लामा पुग्नेक्रम जारी रहेको जनाएको छ। मनाङ र मुस्ताङ जिल्लामा हेलिकोप्टरबाटमतपत्र ढुवानी गरिएको आयोगले जनाएको छ। हालसम्म ६ वटा महानगर र भक्तपुर जिल्लाबाहेक ७६ जिल्लाका लागि एक करोड ८० लाख ४५ हजार मतपत्र छपाइ भइसकेको …

पुरा पढ्नुहॊस »

असिनाले बालीनालीमा क्षति, किसान चिन्तित

वर्षासँगै परेको असिनाका कारण खोटाङका विभिन्न ठाउँमा लगाइएको बालीनालीमा क्षति पुगेको छ। बुधबार साँझ वर्षासँगै परेको बाक्लो असिनाका कारण ऐंसेलुखर्क गाउँपालिका, केपिलासगढी गाउँपालिका, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, रावाबेँसी गाउँपालिका लगायतका स्थानमा लगाइएको गहुँ, मकै, आलु, बन्दा, गोलभेंडा, सिमी, फर्सी लगायतका बालीनालीमा क्षति पुगेको हो । पाकेर भित्र्याउन तयार भएको गहुँको बाला असिनाले हिर्काएर झारेको छ। मकै, आलु, बन्दा लगायतको बोट असिनाले हिर्काउँदा लाछिएर जमिनमा लतारिएको छ। असिनाले मकै पात र …

पुरा पढ्नुहॊस »

कुमार खत्री अजोड इन्स्यारेन्सको सीईओमा दोस्रो कार्यकालका लागि नियुक्त

अजोड इन्स्यारेन्सको प्रमुख कार्यकारी अधिकृतमा कुमारबहादुर खत्री दोस्रो कार्यकालका लागि नियुक्त भएका छन् । कम्पनीको बिहीबार बसेको सञ्चालक समिति बैठकले अहिलेका सीईओ खत्रीलाई नै थप ४ वर्षका लागि निरन्तरता दिने निर्णय गरेको हो । यसका लागि अब नियामक निकाय बीमा समितिको भने स्वीकृत आवश्यक पर्छ। कम्पनीका मूख्य प्रवन्धक बैद्यनाथप्रसाद उपाध्यायले सञ्चालक समितिले निर्णय गरेर स्वीकृतिका लागि बीमा समिति पठाइएको जानकारी दिएका छन् ।

पुरा पढ्नुहॊस »

मतगणनास्थलमा अनिवार्यरूपमा सिसी क्यामेरा राख्नै पर्ने

निर्वाचन आयोगले स्थानीय तह सदस्य निर्वाचन, २०७९ मा ७५३ वटै स्थानीय तहका गतगणनास्थलमा अनिवार्यरुपमा सिसी क्यामेराको प्रबन्ध गर्न लगाएको छ। मतगणना कार्यलाई पारदर्शी र सुरक्षित राखी कुनै विवाद उत्पन्न भएको पाइएमा विद्युतीय अभिलेखीकरणका लागिसमेत उपयोगी हुने भएकाले सिसी क्यामराको प्रबन्ध गर्न निर्देशन दिइएको हो । सो प्रयोजनका लागि आयोगले नेपाल सरकारको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत सबै स्थानीय तहलाई परिपत्र पनि गरिसकेको छ। आयोगका प्रवक्ता एवं सहसचिव शालिग्राम शर्मा …

पुरा पढ्नुहॊस »

हेटौँडामा बर्डफ्लू भेटियो, ३ हजार ४५३ कुखुरा नष्ट

हेटाैंडाको एक कुखुरा फार्ममा बर्डफ्लू भेटिएको पुष्टि भएपछि आज त्यहाँको तीन हजार ४५३ कुखुरा, ५८० अण्डा र ५० केजी दाना नष्ट गरिएको छ। भेटेरिनरी अस्पताल तथा पशुसेवा केन्द्र मकवानपुरका अनुसार हेटाैंडा उपमहानगरपालिका–७ नागस्वतीस्थित व्यवसायी राजन खतिवडाको आदर्श कुखुरा फार्ममा बर्डफ्लू भेटिएपछि प्राविधिकसहितको टोली खटाएर उक्त परिमाणको कुखुरा, अण्डा र दाना नष्ट गरिएको हो । कुखुरा फार्ममा रहेका चार हजार कुखुरामध्ये सयौँ सङ्ख्यामा कुखुरा मरेपछि शङ्का लागेर वैशाख ९ गते कुखुराको …

पुरा पढ्नुहॊस »

१४ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा थप १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर २ हजार ७७१ नमूना परीक्षण गर्दा १४ जनामा मात्र कोरोना संक्रमण पुष्टि भएको हो । सो अवधिमा संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन । यही अवधिमा १९ जना संक्रमणमुक्त भएका छन् भने हाल देशभर ४२३ जना सक्रिय संक्रमित रहेका छन् । एक दिनमा कोरोनाविरुद्धको खोप लगाउनेको संख्या २ लाख ९ हजार ५६ …

पुरा पढ्नुहॊस »

‘उम्मेदवारलाई दबाबमा मनोनयन फिर्ता गराउन धम्की नदेउ’ : आयोग

निर्वाचन आयोगले उम्मेदवारहरुलाई मनोनयन फिर्ता गराउनका लागि डर, धाक, धम्की, धरपकड र प्रलोभन देखाउने काम भएकोप्रति आफ्नो गम्भीर ध्यानार्षण भएको बताएको छ। आयोगले शुक्रबार एक विज्ञप्ति जारी गर्दै यस्ता हर्कत नगर्न र नगराउन सरोकारवालाहरु सबैलाई आग्रह गरेको छ । पाँच दलीय गठबन्धनले आज बागी उम्मेदवारलाई मनोनयन फिर्ता गर्न र नगरे कारवाही गर्ने चेतावनी दिएपछि आयोगले विज्ञप्ति निकाली डर तथा धम्की नदिन भनेको हो । ‘यस्ता गतिविधिले संविधान र प्रचलित कानून …

पुरा पढ्नुहॊस »

दुबईबाट ल्याएको दुई किलो सुनसहित विमानस्थलबाट पाँचजना पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कर्मचारीकाे मिलेमताेमा तस्कर हुन लागेकाे अवैध सुनसहित पाँच जना पक्राउ परेका छन्। दुबईबाट काठमाडौं आएको हिमालयन एयरको विमानभित्रबाट दुई किलो ३३२ ग्राम सुनसहित पाँच जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा उदयपुर लिम्चुङबुङ गाउँपालिका घर भएका २८ वर्षीय राजेश राई, दोलखा गौरीशंकर गाउँपालिका घर भएका ४१ वर्षीय हेमबहादुर थापा, सुनगाभा सप्लायर्स एन्ड सरसफाइ प्रालिबाट विमानमा सरसफाइ गर्ने सुपरभाइजर सप्तरी सुरुङ्गा नगरपालिका घर भएका ३६ वर्षीय ताराकान्त चौधरी …

पुरा पढ्नुहॊस »

लोसपाको चुनावी घोषणा पत्र सार्वजनिक

महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले स्थानीय तह निर्वाचनको घोषणा पत्र सार्वजनिक गरेको छ । शुक्रबार काठमाडौंको बबरमहलस्थित पार्टी केन्द्रिय कार्यालयमा सो घोषणा पत्र सार्वजनिक गरिएको हो । घोषणा पत्रमा सबै महिलाहरुलाई निःशुल्क शिक्षा गर्नुपर्ने व्यवस्था गर्ने, सार्वजनिक सवारी साधनमा भाडा निःशुल्क गर्ने, गरिवका लागि स्वास्थ्य उपचार निःशुल्क हुने व्यवस्था गर्ने महत्वकांक्षी योजना उल्लेख गरिएको छ ।

पुरा पढ्नुहॊस »