‘विकास आयोजनासम्बन्धी कुनै सम्झौता राजपत्रमा छापिएका छन् ?’: भीम रावल

नेकपा एमालेका नेता भीम रावलले अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता राजपत्रमा छापिएकोमा आश्चर्य प्रकट गरेका छन्।

‘एमसीसीसँगको सम्झौता नेपाल राजपत्रमा छापिएछ। के अरु देशसँगका विकास आयोजनासम्बन्धी कुनै सम्झौता राजपत्रमा छापिएका छन् ?,’ सामाजिक सञ्जाल ट्वीटरमा आज आफैं प्रश्न गर्दै आफैं जवाफ दिएका छन्, ‘छैन ।’

एमसीसी सम्झौता राजपत्रमा प्रकाशित भएसँगै नेपालको आन्तिरिक मामिलामा हस्तक्षेप सुरु भएको आरोप उनले लगाएका छन् ।

‘यहींबाटै नेपालको मामिला, कानून र अधिकारमा हस्तक्षेपको खेल सुरु हुन्छ ।अब अरु राष्ट्रघाती प्रावधान कसरी लागू हुन्छन् हेरौं । अनुमोदनबारे पठाएको पत्र सार्वजनिक होस्,’ उनले लेखेका छन्।

 

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

पोखरा महानगरमा अख्तियारको छापा, कागजात नियन्त्रणमा

काठमाडौं । कास्कीको पोखरा महानगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा हानेको छ । आयोगको टोलीले …

प्रतिकृया दिनुहॊस