फाइल तस्वीर

गठबन्धन गर्दा कांग्रेसले सजिलै बहुमत ल्याउँछ : नेता पौडेल

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले गठबन्धनकाे विरोध नगर्न निर्देशन दिएका छन् ।

आइतबार गृह जिल्ला तनहुँमा नेपाली कांग्रेसको भातृ संगठन नेपाल ट्रेड युनियन कांग्रेसले अन्तर्राष्ट्रिय श्रमिक दिवसको सन्दर्भमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले गठबन्धन गर्दा कांग्रेसले सजिलै बहुमत ल्याउने दाबी गरे।

गठबन्धन विरोधी गतिविधिमा लाग्दा प्रतिगमन पक्षधरलाई समर्थन हुने उनको भनाइ छ। २३ सिटमा खुम्चिएको कांग्रेसलाई ९३ सिटमा पुर्‍याउन गठबन्धनले सघाउने उनले बताए । संविधानको रक्षार्थ गठबन्ध अपरिहार्य रहेको नेता पौडेलकाे भनाइ छ। उनले गठबन्धनलाई बलियाे बनाउनेतर्फ लाग्न जिल्लाका नेता कार्यकर्तालाई सुझाव पनि दिए ।

रोजगारी र आम्दानीलाई सार्थक बनाउन तीनै तहको सरकारमा कांग्रेसको नेतृत्व आवश्यक रहेको उनले बताए। यद्यपि, तनहुँमा सत्ता गठबन्धन दलको निर्णयअनुसार स्थानीय निर्वाचनका लागि गठबन्धन हुन सकेन। आ–आफ्नै तरिकाले दलहरूले गठबन्धन गरेर निर्वाचनकाे तयारी गरिरहेका छन्।

 

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

पोखरा महानगरमा अख्तियारको छापा, कागजात नियन्त्रणमा

काठमाडौं । कास्कीको पोखरा महानगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा हानेको छ । आयोगको टोलीले …

प्रतिकृया दिनुहॊस