लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले एमसीसीको पक्षमा मतदान गर्ने निर्णय गरेको छ। बुधबार बबरमहलस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको संसदीय दलको बैठकले उक्त निर्णय गरेको हो। प्रतिनिधिसभामा १३ जना सांसद रहेको लोसपाले विकासका लागि ल्याइएको परियोजनामा आफूहरू समर्थन रहने निर्णय गरेको हो। सरकारले एमसीसी सम्झौता गत आइतबारको प्रतिनिधिसभा बैठकमा प्रस्तुत गरेको थियो। यससँगै बिहीबारको प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूचीमा एमसीसी समेटिएको छ।
पुरा पढ्नुहॊस »सनराइज बैंक र नेशनल बैंकिङ्ग इन्स्टिच्युटबीच सहकार्य
वित्तीय बजारको विकासका साथै आर्थिक र नितिगत विकासका कारण वित्तीय साक्षरताको महत्व बढदै गएको छ । नेपाल राष्ट्र बैंकले प्राथमिकतामा राख्दै आएको वित्तीय साक्षरता कार्यक्रमलाई समाज र समाजका व्यक्तिहरुमा पुर्याउने उद्देश्य अनुरुप सनराइज बैंकले पनि देशव्यापीरुपमा वित्तीय साक्षरता कार्यक्रम गर्ने भएको छ । यही उद्देश्य अनुरुप सनराइज बैंक र नेशनल बैंकिङ्ग इन्स्टिच्युटबीच वित्तीय साक्षरताका लागि सहमतिपत्रमा हस्ताक्षर भएको छ । उक्त सहमतिपत्रमा बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत श्रीमती आरती …
पुरा पढ्नुहॊस »३१२ कोरोना संक्रमित थपिए, ९११ जना संक्रमणमुक्त
नेपालमा पछिल्लो २४ घण्टामा ३१२ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ६९३ जनाको पिसिआर तथा एन्टिजेन विधिबाट परीक्षण गर्दा ३१२ जनामा कोरोना पुष्टि भएको हो। यस्तै पछिल्लो २४ घण्टामा ९११ जनाले संक्रमण जितेका छन्। सोही अवधिमा नेपालमा थप २ संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोनाबाट मृत्यु हुनेको कूल संख्या ११ हजार ९३० पुगेको छ । मन्त्रालयका अनुसार हाल देशभर १० हजार ९० जना सक्रिय …
पुरा पढ्नुहॊस »नेप्से परिसूचक १५ दशमलव ५० घट्याे
बुधबार शेयर बजार घटेको छ। मंगलबार १७ दशमलव ४२ अंकले बढेको बजार बुधबार १५ दशमलव ५० अंकले घटेर २ हजार ७२० दशमलव ४३ बिन्दुमा झरेको छ। बुधबार २२८ वटा धितोपत्रको ६२ लाख ४७ हजार ७७४ कित्ता शेयर खरिद बिक्री भएको छ । जसबाट ३ अर्ब १३ करोड १२ लाख १० हजार २८१ रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । बुधबार १३ वटा समूहमध्ये २ वटा समूहको परिसूचक …
पुरा पढ्नुहॊस »युक्रेनमा रहेका नेपालीलाई स्वदेश फर्कन सरकारकाे आग्रह
परराष्ट्र मन्त्रालयले युक्रेनमा रहेका नेपालीलाई नेपाल फर्कन आग्रह गरेको छ। युक्रेनमा विकसित भइरहेको घटनाक्रमको मूल्याङ्कन गर्दै अति आवश्यक परि त्यहीँ रहनु परेमा बाहेक उपलव्ध व्यवसायिक हवाइ उडान उपयोग गरी स्वदेश फर्कन मन्त्रालयले अनुरोध गरेको हो। साथै, अति आवश्यक अवस्थामा बाहेक युक्रेन भ्रमण नजान समेत मन्त्रालयले विज्ञप्तिमार्फत अनुरोध गरेको छ। युक्रेनका लागि समेत सहप्रमाणिकृत नेपाली राजदूतावास, बर्लिनले युक्रेनमा रहेका ३८ भन्दा बढी नेपाली नागरिकसँग सम्पर्कमा रहेको र उनीहरू सबै सकुशल रहेको …
पुरा पढ्नुहॊस »भारतमा एकैदिन १५ हजार नयाँ सङ्क्रमित थपिए
भारतमा कोरोना भाइरसबाट पछिल्लो एक दिनमा १५ हजार १०२ जना सङ्क्रमित भएका छन्। सोही अवधिमा कोरोनाकै कारण २७८ जनाको मृत्यु भएको संघीय स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले जनाएका छन्। भारतमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या चार करोड २८ लाख ६७ हजार ३१ पुगेको मन्त्रालयको तथ्याङ्क छ। मन्त्रालयका अनुसार भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या एक लाख ६४ हजार ५२२ रहेको छ। पछिल्लो एक दिनमा ३१ हजार ३७७ जना कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् …
पुरा पढ्नुहॊस »राष्ट्रिय बीमा संस्थान ५५औँ वर्षमा प्रवेश, ६ महिनामा ६ अर्ब ५ करोड बीमा शुल्क सङ्कलन
राष्ट्रिय बीमा संस्थान ५५औँ वर्षमा प्रवेश गरेको छ। सो संस्थाबाट हालसम्म ६ लाख ३८ हजार ७९३ जनाले बीमा सेवा लिएका छन्। चालु आर्थिक वर्षको ६ महिनामा ६ अर्ब ५ करोड बीमा शुल्क सङ्कलन गर्नुका साथै १९ जीवन बीमा कम्पनीमा संस्थानको बजार हिस्सा ८ दशमलव ५३ प्रतिशत रहेको छ। संस्थाको शाखा २२ पुगेको छ। यो वर्षभरिमा शाखा २८ पुर्याउने संस्थानको उद्देश्य छ। वार्षिकोत्सवको अवसरमा आज आयोजित कार्यक्रममा अर्थ मन्त्रालयका सचिव मधुकुमार …
पुरा पढ्नुहॊस »ज्योति विकास बैंकको ११ प्रतिशत बोनस शेयर डिम्याट खातामा जम्मा
ज्योति विकास बैंक लिमिटेडले ११ प्रतिशत बोनस शेयर शेयरधनीको हितग्राही (डिम्याट) खातामा जम्मा गरिदिएको छ। बैंकले पुस २३ गते पारित गरेको ११ प्रतिशत बोनस शेयर डिम्याट खातामा जम्मा गरिदिएको हो। बैंकको पुस ८ गतेसम्म शेयर अभौतिकीकरण गराएका शेयर धनीहरुको डिम्याट खातामा उक्त बोनस शेयर जम्मा गरिएको हो। यसका साथै हालसम्म पनि शेयर अभौतिकीकरण नगराएका शेयरधनीहरुलाई आफ्नो शेयर अभौतिकीकरण गराई आफ्नो बोनस शेयर हितग्राही खातामा सुरक्षित गर्नसमेत भनेको छ।
पुरा पढ्नुहॊस »बृहस्पति अस्त, अबकाे २९ दिन शुभकर्म गर्न नहुने
फागुन १० बाट बृहस्पति अस्त भएकाले अब २९ दिन ग्रहदोष र नित्य कर्मबाहेक अन्य शुभकर्म गर्न नहुने ज्योतिषले बताएका छन्। १० फागुन मंगलबार बिहान १० बजेर ३१ मिनेटदेखि पश्चिम दिशामा अस्ताएका गुरु बृहस्पति ९ चैत बुधवार बिहान ६ बजेर २ मिनेटमा पूर्व दिशाबाट शुभ समयमा उदय हुने पञ्चांग निर्णायक समितिबाट स्वीकृत पञ्चाङ्गमा उल्लेख गरिछ । खगोलीय नियमअनुसार सूर्यसँग कुनै पनि ग्रह बस्दा, सूर्यको प्रकाशले अरु ग्रहहरूको बल र शक्ति कमजोर …
पुरा पढ्नुहॊस »कांग्रेस पदाधिकारी बैठक बस्दै, भ्रातृ तथा शुभेच्छुक संस्थाको विधानमाथि छलफल हुने
नेपाली कांग्रेसको पदाधिकारी बैठक बुधबार बस्दैछ। सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो १ बजे बैठक बस्ने सहमहामन्त्री बद्री पाण्डेले जानकारी दिए। उनका अनुसार बैठकमा पार्टीका भ्रातृ संघ तथा शुभेच्छुक संस्थाको विधानमाथि छलफल हुनेछ। केन्द्रीय सदस्य एनपी साउद नेतृत्वको समितिले तयार पारेको ड्राफ्ट भ्रातृ संघ तथा शुभेच्छुक संस्थाका विधानको रूपमा पारित भइसकेपछि पदाधिकारी बैठकमा छलफल भइरहेको छ। पदाधिकारी बैठकमा छलफल गरेर विधानमाथि सुझाव दिने सहमहामन्त्री पाण्डेले बताए। केही दिनदेखि जारी छलफलमा दलित …
पुरा पढ्नुहॊस »