नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले गठबन्धनमा सामेल सबै दलहरुलाई एकताबद्ध भएर निर्वाचनमा सहभागी हुन आव्हान गरेको छ। केन्द्रीय सचिवालयको १३ औं बैठकले गठबन्धनको एकता कायम राख्दै, गठबन्धनको शक्ति सम्पूर्णरुपमा निर्वाचनमा केन्द्रित हुन जरुरी रहेको निष्कर्ष निकालेको हो। बैठकले सरकारले वैशाख ३० गते एकैचरणमा सम्पन्न गर्नेगरि स्थानीय तहको निर्वाचन मिति घोषणा गरेकोमा सो घोषणाको सहर्ष स्वागत गर्दै नेपाल सरकारलाई धन्यवाद दिने निर्णय गरेको छ। त्यसैगरी निर्वाचनको मिति तोक्न सरकारलाई सुझाव …
पुरा पढ्नुहॊस »साढे ७ हजार प्रहरी जवानको एकैपटक सरुवा
नेपाल प्रहरीमा एकै पटक साढे सात हजार प्रहरी जवानको सरुवा भएको छ। प्रहरी प्रधान कार्यालयले ७ हजार ३ सय ४४ जवानको सरुवा गरेको हो। फागुन महिनादेखिको तलबस्केल र सेवासुविधा हाल सरुवा भएको दरबन्दीबाट पाउनेगरि उनीहरुको सरुवा भएको हो।
पुरा पढ्नुहॊस »चार प्रदेशका केही स्थानमा वर्षाकाे सम्भावना
आज बुधबार फेरि माैसममा खराबी आएकाे छ। मुलुकमा पश्चिमी वायुको प्रभाव रहेकाले दिउँसाे सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका धेरै स्थानमा वर्षाको सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ। बागमती र प्रदेश १ का केही स्थानमा पनि हल्का वर्षाको सम्भावना छ। साथै देशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ। राति सुदूरपश्चिम,कर्णाली, लुम्बिनी, गण्डकी, बागमती र प्रदेश १ मा वर्षाको सम्भावना छ। बिहीबार प्रदेश १, …
पुरा पढ्नुहॊस »प्रतिनिधि सभा बैठक पुनः स्थगित
प्रतिनिधि सभाको बैठक फेरि स्थगित भएको छ। बुधबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक स्थगित गरिएको हो । सभामुख अग्निप्रसाद सापकोटाको सचिवालयका अनुसार बैठक स्थगित भएको हो । सरकारको आग्रहमा बैठक ६ दिनका लागि स्थगित गरिएको जनाइएको छ। फागुन २ गते दिउँसाे १ बजे बैठक बस्ने छ। संसद् सचिवालयले भोलिको बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको थियो। कार्यव्यवस्था परामर्श समितिको बैठकसमेत बस्ने तयारी हुँदा बैठक सारेको हो। प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी …
पुरा पढ्नुहॊस »मन्त्रिपरिषद् बैठकले के-के गर्याे निर्णय?
सरकारले मोरङको विराटनगर महानगरपालिका–१८ क्षेत्रलाई बर्ड फ्लु प्रभावित क्षेत्र घोषणा गरेको छ । बर्ड फ्लु नियन्त्रण गर्न विराटनगर महानगरपालिका–१८ को हिमालयन कृषि फार्मलाई केन्द्रविन्दु मानी बर्ड फ्लु रोग प्रभावित क्षेत्र घोषणा गरेको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए। मन्त्रिपरिषद् बैठकले सिङ्गापुर, इटालीको रोम र रोमानियाको बुखारेष्टमा कार्यरत अवैतानिक नेपाली महावाणिज्यदूतहरुको पदावधि थप गर्ने निर्णय गरेको छ। त्यस्तै बैठकले पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजना कार्यालय गोरखाको कार्यक्षेत्रभित्र पर्ने नुवाकोट जिल्लाको सडक सीमाभित्र परेका …
पुरा पढ्नुहॊस »बैंकिङ कसुर मुद्दाका फरार अभियुक्त पक्राउ
बैँकिङ कसुर मुद्दाका फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले बैँकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले १७ लाख ४२ हजार ८७७ जरिवाना गरेपछि फरार रहेकी काठमाडौँ टोखा नगरपालिका–३ धनेश्वरकी ४१ वर्षीया अम्बिका बुढाथोकीलाई आज ललितपुरको भैँसेपाटीबाट पक्राउ गरेको हो। व्यूरोका उपनिर्देशक प्रहरी उपरीक्षक कमल थापाले उच्च अदालत पाटनको ०७८ कात्तिक २३ गतेको फैसलापछि ६ दिन कैद र बिगो बमोजिम १७ लाख ४२ हजार ८७७ जरिवाना ठहर …
पुरा पढ्नुहॊस »१ हजार ९५७ संक्रमित थपिए, ५ हजार १०३ जना निकाे भए
पछिल्लो २४ घण्टामा १ हजार ९५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ६९२ वटा नमुना परीक्षण गर्दा १ हजार ९५७ जनामा कोरोना पोजेटिभ देखिएको हाे। मन्त्रालयका अनुसार ८ हजार ५८७ जनामा गरिएको पीसीआर परीक्षणमा १ हजार १८४ जनामा र ४ हजार १०५ जनामा एन्टिजेन परीक्षण गर्दा ७७३ जनामा संक्रमण देखिएको हो। योसँगै देशभर सक्रिय संक्रमितको ३६ हजार १८१ रहेको छ। …
पुरा पढ्नुहॊस »सभामुखले बोलाए कार्यव्यवस्था समितिको बैठक
सभामुख अग्निप्रसाद सापकोटाले बुधबार कार्यव्यवस्था समितिको बैठक बोलाएका छन्। सभामुखका प्रेस विज्ञ श्रीधर न्यौपानेले बुधबार बिहान ११ बजे कार्यव्यवस्था समितिको बैठक बोलाएको जानकारी दिए। सभामुखले बुधबार दिउँसो १ बजेका लागि प्रतिनिधिसभा बैठक बोलाएका छन्। त्यसअघि नै कार्यव्यवस्था समितिको बैठक डाकिएको हो। भोलिको कार्यव्यवस्था समितिको बैठकले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदमा टेबुल गर्ने कि नगर्ने भन्ने विषय टुंगो लगाउने स्रोतले बतायो। प्रतिनिधि सभाको भाेलिकाे बैठककाे कार्यसूची सार्वजनिक भोलि …
पुरा पढ्नुहॊस »शेयर बजार : १६.३० अंकले घट्यो नेप्से
कारोबार हुने साताको तेस्रो दिन आज मंगलबार शेयर बजारमा गिरावट आएको छ। सोमबार १५ दशमलव ६९ अंकले बढेको बजार आज १६ दशमलव ३० अंकले घटेको हो। मंगलबार २३० वटा घितोपत्रको १ करोड २० लाख ५३ हजार ७५१ कित्ता शेयर खरिद बिक्री भएको छ । जसबाट ६ अर्ब २८ करोड ७२ लाख १७ हजार ९८५ रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। मंगलबार १३ वटा समूहमध्ये ५ वटा समूहको …
पुरा पढ्नुहॊस »कमल थापाद्वारा पार्टी परित्यागको घोषणा
राष्ट्रिय प्रजातन्त्र पार्टीका निवर्तमान अध्यक्ष कमल थापाले पार्टी परित्यागको घोषणा गरेका छन्। अध्यक्ष राजेन्द्र लिङदेनले आफ्नो मागको सम्बोधन नगरेको भन्दै असन्तुष्ट रहेका थापाले पार्टी परित्यागको घोषणा गरेका हुन्। थापाले यसकाे जानकारी सामाजिक संजाल मार्फत दिएका छन्। आज गृहनगर हेटौंडामा आयोजित एक कार्यक्रममा उनले पार्टी परित्याग गरेको घोषणा गरेका हुन्।
पुरा पढ्नुहॊस »