ज्योति विकास बैंकको ११ प्रतिशत बोनस शेयर डिम्याट खातामा जम्मा

ज्योति विकास बैंक लिमिटेडले ११ प्रतिशत बोनस शेयर शेयरधनीको हितग्राही (डिम्याट) खातामा जम्मा गरिदिएको छ। बैंकले पुस २३ गते पारित गरेको ११ प्रतिशत बोनस शेयर डिम्याट खातामा जम्मा गरिदिएको हो।

बैंकको पुस ८ गतेसम्म शेयर अभौतिकीकरण गराएका शेयर धनीहरुको डिम्याट खातामा उक्त बोनस शेयर जम्मा गरिएको हो।

यसका साथै हालसम्म पनि शेयर अभौतिकीकरण नगराएका शेयरधनीहरुलाई आफ्नो शेयर अभौतिकीकरण गराई आफ्नो बोनस शेयर हितग्राही खातामा सुरक्षित गर्नसमेत भनेको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप