प्रदिप नेपाल

आयल निगमको कार्यकारी निर्देशकमा उमेशप्रसाद थानी नियुक्त

नेपाल आयल निगमको कार्यकारी निर्देशकमा उमेशप्रसाद थानी नियुक्त भएका छन्। इन्जिनियर थानीलाई बिहीबारकाे मन्त्रिपरिषद् बैठकले निगमको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो। पुस २५ गतेदेखि माघ १६ गतेसम्म निगमको प्रमुखका लागि इच्छुक र योग्यता पुगेका व्यक्तिसँग आवेदन माग गरिएको थियो। आवेदनमध्येबाट छनोट समितिले नेपाल विद्युत प्राधिकरणका पूर्वसञ्चालक थानीसहित विशेष आर्थिक क्षेत्र (सेज) कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्ट र अवकाश प्राप्त सरकारका सहसचिव जीवनप्रकाश सिटौलाको नाम सिफारिस गरेको थियो। शुक्रबार थानीले जिम्मेवारी …

पुरा पढ्नुहॊस »

ग्लोबल आइएमई बैंक र कामना सेवा विकास बैंकबीच समझदारी पत्रमा हस्ताक्षर

ग्लोबल आइएमई बैंक लिमिटेड र कामना सेवा विकास बैंक लिमिटेडबीच कामना सेवा विकास बैंकका ग्राहकहरुलाई आवश्यक पर्ने गैरकोषमा आधारित बैंकिङ सुविधा उपलब्ध गराउनेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ। उक्त समझदारी पत्रमा ग्लोबल आइएमई बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविन बस्नेतले हस्ताक्षर गरेका हुन्। सम्झौता अनुसार ग्लोबल आइएमई बैंकले कामना सेवा विकास बैंकका ग्राहकहरुलाई गैरकोषमा आधारित एलसी, बैंक ग्यारेण्टी, डकुमेन्ट …

पुरा पढ्नुहॊस »

भौतिक पूर्वाधारबिना देशको विकास असम्भव छः प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले भौतिक पूर्वाधारबिना देशको विकास असम्भव रहेको बताएका छन्। नेपाल निर्माण व्यवसायी महासंघको २३औं साधारणसभालाई सम्बोधन गर्दै उनले देश विकासका लागि भौतिक पूर्वाधार निर्माणमा निर्णाण व्यवसायीको भूमिका रहन सक्ने बताएका हुन्। निर्माण व्यवसायीका समस्या समाधान गर्न आफू तयार रहेको बताउँँदै उनले केही ऐनहरु संशोधन गरिएको जानकारी दिए। एमसीसीबाट आउने अनुदान रकम पनि नेपालको पूर्वाधार क्षेत्रमा खर्च गरिने जानकारी दिँदै प्रधानमन्त्री देउवाले यसमा टेन्डर हालेर पार्न आग्रह गरे।

पुरा पढ्नुहॊस »

परिस्थितिजन्य कारणले गठबन्धन बनेकाे हाेः कांग्रेस नेता सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले ‘घरघर जाऔँ, नेपाली कांग्रेसलाई जिताऔँ’ अभियानपछि मात्रै चुनावी तालमेलका बारेमा पार्टीले निर्णय गर्ने बताएका छन् । काठमाडौँको आलोक नगरमा शुक्रबार बिहान आयोजित बुथ समिति गठन कार्यक्रमलाई सम्बोधन गर्दै उनले एक महिने अभियानपछि मात्रै कांग्रेसले चुनावी तालमेलका बारेमा निर्णय गर्ने बताएका हुन् । चुनावी तालमेलका बारेमा अहिले कांग्रेसमा तीन थरी धारणा रहेको बताउँदै उनले भने, ‘आउने चुनावमा के गर्ने भनेर अहिले पार्टीभित्र तीन धारको कुरा आइरहेको …

पुरा पढ्नुहॊस »

सुनको मूल्य ६ सयले बढ्याे

सुनको मूल्य शुक्रबार तोलामा ६ सयले बढेकाे छ । बिहीबार तीन हजार ५०० रुपैयाँले घटेको सुन शुक्रबार ६ सयले बढेकाे हाे। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ तोलाको १ लाख २ हजार ६ रुपैयाँ कायम भएको छ। यसैगरी, आज तेजावी सुनको भाउ तोलाको १ लाख २ हजार १०० रुपैयाँ निर्धारण भएको छ । चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेको छ। आज चाँदी एक हजार ४१५ रुपैयाँमा काराेबार भइरहेको …

पुरा पढ्नुहॊस »

नेपाल बैंकका कर्मचारी र ग्राहकले पोखराको चरक मेमोरियल हस्पिटलमा उपचारमा छुट पाउने

नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडका कर्मचारीहरु एवं ग्राहकहरुलाई पोखरास्थित चरक मेमोरियल हस्पिटलमा उपचार गर्दा लाग्ने शुल्कमा बिशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ । नेपाल बैंक र पोखरास्थित चरक मेमोरियल अस्पतालबीच गत हप्ता भएको सम्झौता बमोजिम नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीलाई अस्पतालको विबिध सेवाहरुमा लाग्ने शुल्कमा १५ प्रतिशत सम्म छुट र यस बैंकको डेविट कार्ड, क्रेडिट कार्ड, मोवाइल बैंकिङ्ग र क्युआर कोर्डमार्फत भुक्तानी गर्ने ग्राहकहरुलाई अस्पतालको विविध सेवाहरुमा …

पुरा पढ्नुहॊस »

भिमसेनगोलामा सेञ्चुरी बैंकको नयाँ शाखा सञ्चालनमा

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले ग्राहकवर्गहरुमाझ आफ्नो सेवा विस्तार गर्ने क्रममा बिहीबारदेखि काठमाडौंको भिमसेनगोलामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकका संचालक समिति सदस्य प्रा.डा. गीता प्रधानले बैंकको १२९औं शाखाकोे समुद्घाटन गरी सेवा शुभारम्भ गरेकी हुन् । उक्त कार्यक्रममा बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठ, संचालक मनबहादुर राई, सुनिल न्यौपाने, कायममुकायम प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपाने लगायत बैंक उच्च व्यवस्थापन समूह, स्थानीयबासीहरुको उपस्थिति रहेको थियो । भिमसेनगोला शाखा संचालनमा आएपछि उपत्यकाभित्र बैंकका शाखा …

पुरा पढ्नुहॊस »

खल्तीको क्युआर अफर : फोन पेमा स्क्यान गरि काराेबार गर्नेलाई सुनाैलाे अवसर

खल्ती डिजिटल वालेटले फोनपे क्युआर स्क्यानमा टिभीएस एन्टोर्क, वान प्लस नर्ड, तथा रु. ५००० जित्ने “स्क्यान मा अफर” ल्याएको छ। यस अफरमा फोनपे क्युआरमा भुक्तानी गर्ने खल्ती प्रयोगकर्ता मात्र नभई खल्ती मार्फत क्युआरमा भुक्तानी प्राप्त गर्ने फोनपे मर्चेन्ट पनि बिजेता हुनेछन्। यस क्याम्पेनमा बम्पर उपहार टिभीएस एन्टोर्क स्कुटर खल्ती बाट फोनपे क्युआरमा भुक्तानी गर्ने एक प्रयोगकर्ता र भुक्तानी प्राप्त गर्ने एक फोनपे मर्चेन्टले प्राप्त गर्नेछन्। त्यसैगरि हरेक हप्ता दुई खल्ती …

पुरा पढ्नुहॊस »

महालक्ष्मी विकास बैंकद्वारा विद्यालयलाई साइन्स ल्यावका सामग्रीहरु प्रदान

विगत २७ वर्षदेखि अनवरतरुपमा गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आएको यस महालक्ष्मी विकास बैंक लिमिटेडले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न संघ संस्थाहरुलाई सहयोग गर्दै आएको छ । सोही कार्यलाई निरन्तरता दिँदै यस बैंकको पोखरा, चिप्लेढुङ्गा शाखाले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत पोखरा महानगरपालिका वडा नं.१९ हेम्जा अवस्थित श्री अम्विका माध्यमिक विद्यालयलाई साइन्स ल्यावका लागि आवश्यक सामाग्रीहरु प्रदान गरेको छ । यस सहयोगबाट विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको प्रयोगात्मक पढाइलाई थप प्रभावकारी बनाउने विश्वासका साथ …

पुरा पढ्नुहॊस »

पुँजीगत खर्चको प्रक्रिया परम्परागत छ, सुधार हुनु पर्छ : चन्द्र ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले पुँजीगत खर्च बढाउन अहिलेको खर्च प्रक्रियालाई परिवर्तन गर्न आवश्यक रहेको बताएका छन् । लेखनाथ उद्योग वाणिज्य संघद्वारा आयोजित १७औँ लेखनाथ महोत्सवको उद्घाटन समारोहलाई सम्बोधन गर्दै ढकालले पुँजीगत खर्च समयमै गर्न सकियो भने समग्र आर्थिक गतिविधिमा यसको सकारात्मक प्रभाव रहने बताए । “निजी क्षेत्रले दशकौंदेखि उठाउँदै आएको हो तर अझै पनि यसमा सुधार हुन सकेको छैन । पुँजीगत खर्चको प्रक्रिया परम्परागत छ । …

पुरा पढ्नुहॊस »