प्रदिप नेपाल

नेप्सेमा १ दशमलव ९४ अंकको गिरावट

बिहीबार शेयर बजार झिनो अंकले घटेको छ। बुधबार १९ दशमलव ८४ अंकले घटेको शेयर बजार आज पनि १ दशमलव ९४ अंकले घटेर २ हजार ७३२ दशमलव ५१ बिन्दुमा झरेको छ। बिहीबार २२७ वटा घितोपत्रको ४० लाख १७ हजार ४२९ कित्ता शेयर खरिद बिक्री भएको छ। जसबाट २ अर्ब २७ करोड ८१ लाख ७३ हजार ६६० रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। बिहीबार १३ वटा समूहमध्ये ५ वटा …

पुरा पढ्नुहॊस »

दुई दिन पछि धकेलियो कांग्रेसको १६ जिल्ला अधिवेशन

नेपाली कांग्रेसको अधिवेशन गर्न बाँकी १६ जिल्लाको अधिवेशन मिति दुई दिन पर धकेलिएको छ। केही दिनअघि सम्पन्न पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक र पार्टी नेतृत्वको आग्रह अनुसार १३ फागुनमा गर्ने तय भएको अधिवेशन अब १५ फागुनमा गर्ने निर्णय भएको नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ। समितिका अनुसार नेपाली कांग्रेसका पुराना नेता स्वर्गीय महेन्द्रनारायण निधिको जन्मजयन्ती परेकाले केन्द्रीय कार्यसम्पादन समितिको आग्रहमा अधिवेशन दुई दिन धकेलिएको हो। निर्वाचन समितिको आज बसेको …

पुरा पढ्नुहॊस »

इनारमा खसेर १३ जनाको मृत्यु

उत्तरी भारतमा एक विवाह समारोहका क्रममा दुर्घटनावश इनारमा खसेर १३ महिला र बालिकाको मृत्यु भएको प्रहरीले बिहीबार जनाएको छ। उत्तर प्रदेश राज्यको कुशीनगरमा रहेका वरिष्ठ प्रहरी अधिकारी अखिल कुमारले पत्रकारहरूलाई भने, पीडितहरू बुधबार इनार छोप्ने फलामको स्ल्याबमा बसिरहेका थिए। जिल्ला अधिकारी एस राजलिंगमले इनार पुरानो भएकाले किनारको ढकनीले बस्नेहरुको तौल खप्न नसकेपछि पीडितहरू तल खसेका र भग्नावशेषमुनि दबिएका बताएका छन् गाउँमा विवाह समारोहमा सहभागी हुन महिला र बालबालिका भेला भएका …

पुरा पढ्नुहॊस »

भारतमा ३० हजारभन्दा बढी कोरोनाका नयाँ सङ्क्रमित

भारतमा पछिल्लो २४ घण्टामा ३० हजार ७५७ जना कोरोनाका नयाँ सङ्क्रमित थपिएका सरकारी अधिकारीहरुले बिहीबार बिहान जानकारी दिएका छन्। यसैसँगै भारतमा कोरोना सङ्क्रमण शुरु भएयता हालसम्म चार करोड २७ लाख ५४ हजार ३१५ जना सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य मन्त्रालयले बिहीबार जनाएको छ। सोही अवधिमा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या भने ६७ हजार ५३८ रहेको छ। एउटै अवधिमा कोरोना भाइरसबाट नयाँ सङ्क्रमित भएकाहरुको सङ्ख्या भन्दा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या धेरै रहेकाले सक्रिय सङ्क्रमितहरुको सङ्ख्या …

पुरा पढ्नुहॊस »

कांग्रेस नेता अर्जुननरसिंह केसीको ‘नेपाली कांग्रेसको संक्षिप्त इतिहास’ सार्वजनिक

कांग्रेस नेता अर्जुननरसिंह केसीको ‘नेपाली कांग्रेसको संक्षिप्त इतिहास’ नामक पुस्तक सार्वजनिक भएको छ। बिहीबार काठमाडौंमा एक कार्यक्रमकाबीच प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सो पुस्तकको विमोचन गरेका हुन् । पुस्तकमा नेपाली कांग्रेसको इतिहास र २००७ सालमा राणाविरोधी आन्दोलनलाई सफलता दिलाउन सहयोग गरेका व्यक्तित्वहरुबारे चर्चा गरिएको छ। लेखक केसीले पुस्तकभित्र आफूले २६/२७ वर्षयता स्वदेश तथा विदेशमा नेपाली कांग्रेसबारे उठाइएका खुल्दुलीलाई समेटेको दाबी गरे । नेता केसीले पुस्तकमा नेपाली कांग्रेसमाथि उठ्ने …

पुरा पढ्नुहॊस »

एमसिसी संसदबाट पारित हुने कांग्रेस नेता निधिकाे विश्वास

नेपाली कांग्रेसका नेता बिमलेन्द्र निधि एमसिसी संसदबाट पारित हुने विश्वास व्यक्त गरेका छन्। जनकपुरधाम विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै नेता निधिले भने, “विगतमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालको एमसिसीका पक्षमा देखिएको सक्रियताले गर्दा पनि उहाँहरूले एमसिसी अनुमोदन गराउनुहुन्छ भन्ने विश्वास गर्न सकिन्छ।” एमसिसी पारित नभए देशको विश्वनियता नै नरहने भएकाले एमसिसी पारित गराउनुपर्ने बाध्यता रहेको उनको भनाइ थियो । एमसिसी बिजुलीको प्रशारण लाइनजस्ता …

पुरा पढ्नुहॊस »

कोरोना अपडेट: ६३९ जना संक्रमित थपिए, १६०० जना निकाे भए

नेपालमा पछिल्लो २४ घण्टामा ६३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार ६ हजार ७८२ पीसीआर परीक्षणमा ५४८ जनामा र २ हजार ९७४ जनामा एन्टिजेन परीक्षण गर्दा १८५ जनामा संक्रमण देखिएको हो। मृत्यु हुनेकाे संख्या ३ रहेकाे छ। योसँगै देशभर सक्रिय संक्रमितको संख्या १८ हजार २५१ रहेको छ भने पछिल्लो २४ घण्टामा १ हजार ६०० जना डिस्चार्ज भएका छन्। काठमाडाैं उपत्यकामा २०१ जनामा संक्रमण पुष्टि भएको …

पुरा पढ्नुहॊस »

शेयर बजार : नेप्से १९ दशमलव ८४ अंकले घट्यो

आज शेयर बजारमा दोहोरो अंकले गिरावट आएको छ। बजार प्रिओपनमा बढे पनि अन्त्यमा दोहोरो अंकले घटेर बन्द भएको हो । मंगलबार ५३ दशमलव ३० अंकले बढेको बजार आज १९ दशमलव ८४ अंकले गिरावट आएर २ हजार ७३४ दशमलव ४४ बिन्दुमा झरेको छ। बुधबार २३१ वटा घितोपत्रको ५६ लाख ५२ हजार १८२ कित्ता शेयर खरिद बिक्री भएको छ । जसबाट ३ अर्ब २ करोड ६३ लाख ३० हजार ७८४ रुपैयाँ बराबरको …

पुरा पढ्नुहॊस »

अब ‘खल्ती’ मार्फत ब्लुबुक नवीकरण शुल्क तिर्न सकिने

नेपालको प्रचलित अनलाइन भुक्तानी सेवा प्रदायक खल्ती ले आफ्ना निजी सवारी साधन भएका प्रयोगकर्ताहरुको लागि खल्ती डिजिटल वालेट प्रयोग गरि ब्लुबुक नवीकरण शुल्क तिर्ने सुविधा ल्याएको छ। आफ्नो ब्लुबुकको शुल्क बिना कुनै झन्झट अनलाइनबाट तिर्न मिल्ने गरि खल्तीले आफ्नो एप मार्फत यो सेवा प्रदान गर्न शुरु गरेको हो । अहिले बागमती प्रदेशका खल्ती प्रयोगकर्ताहरुले यस सेवाको लाभ उठाउन सक्ने भए तापनि आगामी दिनमा यो सुविधा देशभरि उपलब्ध गराइनेछ। प्रयोगकर्ताहरुले भुक्तानी …

पुरा पढ्नुहॊस »

शोक प्रस्ताव पारित गर्दै संसद् बैठक स्थगित, अर्काे बैठक शुक्रबार बस्ने

प्रतिनिधिसभाको बैठक शोक प्रस्ताव पारित गरेर स्थगित भएको छ। नयाँबानेश्वरस्थित संसद भवनमा बुधबार बसेको प्रतिनिधिसभा बैठकले जगतबहादुर ताजपुरिया, लक्ष्मीदास मानन्धर र डा. दमन सिंह थापाको निधनमा शोक प्रस्ताव पारित गरेको हो। शोक प्रस्ताव पारित गरेसँगै बैठक आउँदो शुक्रबार ६ गतेसम्मका लागि स्थगित गरिएको सभामुख सापकोटाले जानकारी दिए । बुधबारको बैठकमा पनि एमालेका सांसदहरुले नाराबाजी गरेका थिए ।

पुरा पढ्नुहॊस »