३१२ कोरोना संक्रमित थपिए, ९११ जना संक्रमणमुक्त

नेपालमा पछिल्लो २४ घण्टामा ३१२ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्‍या मन्त्रालयका अनुसार ८ हजार ६९३ जनाको पिसिआर तथा एन्टिजेन विधिबाट परीक्षण गर्दा ३१२ जनामा कोरोना पुष्टि भएको हो।

यस्तै पछिल्लो २४ घण्टामा ९११ जनाले संक्रमण जितेका छन्।

सोही अवधिमा नेपालमा थप २ संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोनाबाट मृत्यु हुनेको कूल संख्या ११ हजार ९३० पुगेको छ । मन्त्रालयका अनुसार हाल देशभर १० हजार ९० जना सक्रिय संक्रमित रहेका छन् ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

फोहोर गरेको भन्दै महानगरले एमालेलाई गर्‍यो १ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले सत्तारूढ नेकपा एमालेलाई एक लाख रुपैयाँ जरिवाना गरेको छ । दरबारमार्गमा आयोजित जागरण सभाका क्रममा सार्वजनिक सडक र फुटपाथमा फोहोर गरेको आरोपमा कारबाही गरिएको हो । महानगरपालिकाले शुक्रबार पठाएको पत्रमा, २०६८ सालको फोहोर मैला व्यवस्थापन ऐन र काठमाडौं महानगरपालिकाको २०८१ सालको आर्थिक ऐनलाई आधार मान्दै, एक लाख रुपैयाँ जरिवाना लगाइएको उल्लेख छ ।

प्रतिकृया दिनुहॊस