राष्ट्रिय बीमा संस्थान ५५औँ वर्षमा प्रवेश, ६ महिनामा ६ अर्ब ५ करोड बीमा शुल्क सङ्कलन

राष्ट्रिय बीमा संस्थान ५५औँ वर्षमा प्रवेश गरेको छ। सो संस्थाबाट हालसम्म ६ लाख ३८ हजार ७९३ जनाले बीमा सेवा लिएका छन्। चालु आर्थिक वर्षको ६ महिनामा ६ अर्ब ५ करोड बीमा शुल्क सङ्कलन गर्नुका साथै १९ जीवन बीमा कम्पनीमा संस्थानको बजार हिस्सा ८ दशमलव ५३ प्रतिशत रहेको छ। संस्थाको शाखा २२ पुगेको छ। यो वर्षभरिमा शाखा २८ पुर्याउने संस्थानको उद्देश्य छ।

वार्षिकोत्सवको अवसरमा आज आयोजित कार्यक्रममा अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासैनीले संस्थानमा देखिएका विभिन्न समस्या समाधान गर्दै संस्थानलाई प्रतिस्पर्धी संस्थाको रुपमा विकास गर्नुपर्न बताए। ग्रामीण क्षेत्रमा सचेतनासँगै बीमा शिक्षालाई घर घरमा पुर्याउनु पर्ने उनको भनाइ छ।

संस्थानका कार्यवाहक अध्यक्ष वसन्तराज पाण्डेले लेखा परीक्षण, संस्थानको साधारणसभा र कर्मचारीको वृत्ति विकासमा देखिएका सबै समस्याको समाधान गर्दै कर्मचारीलाई प्रोत्साहन हुने नीति ल्याउने प्रतिवद्धता व्यक्त गरे। योसँगै बीमा व्यवसाय विस्तार, संस्थानको संरचना परिर्वतन, अभिकर्ताको वृत्तिविकास तथा प्रोत्साहन गर्ने नीति ल्याउने तयारी भइरहेको उनको भनाइ छ।

एक करोड अधिकृत पुँजीमा स्थापना गरिएको कम्पनीले २०३४ साल फागनु ११ गतेदेखि व्यवसायिक कारोबार सुरु गरेको थियो। अहिले संस्थानले सावधिक जीवन बीमा योजना, बालबच्चाको शिक्षा र विवाह सावधिक जीवन बीमा, अग्रिम भुक्तानी जीवन बीमा, दोहोरो लाभ जीवन बीमा र राष्ट्रसेवक सावधिक जीवन बीमा लागयतका योजना अघि सारेको छ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

आईएमई लाइफ इन्स्योरेन्सको भाग्यशाली उपहार योजना कार्यक्रम सम्पन्न

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले भाग्यशाली उपहार योजना कार्यक्रम आयोजना गरेको छ। आफ्ना …

प्रतिकृया दिनुहॊस