नेपाली कांग्रेस कैलालीको सभापतिमा प्रकाश बमलाई पराजित गर्दै नारायणदत्त भट्ट विजयी भएका छन्। पहिलो चरणमा बमभन्दा ९७ मतले पछि परेका भट्टले दोश्रो चरणमा बमलाई २ सय ६३ मतले पराजित गर्दै सभापतिमा विजयी भएका हुन्। सभापतिमा विजयी भएका नारायणदत्त भट्टले एक हजार ३५९ मत पाएका छन्, भने उनका प्रतिष्पर्धी प्रकाश बमले १ हजार ९६ मत पाएका हुन् । पहिलो चरणमा कुनै पनि उम्मेदवारले बहुमत ल्याउन नसकेपछि बिहीबार धनगढी स्थित कैलाली उद्योग …
पुरा पढ्नुहॊस »१६ लाख जापानी येनसहित विमानस्थलबाट एक जना पक्राउ
अवैधरूपमा लुकाई बाहिरी मुलुकतर्फ लैजान लागेको १५ लाख ९० हजार जापानी येनसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा स्याङ्जा मिर्मी गाउँपालिका-६ पालीचौर स्थायी ठेगाना भएका ४८ वर्षीय रेस्म राज भट्टराई रहेका छन् । सिङ्गापुर एयरलाइन्सको उडानद्वारा काठमाडौंबाट सिङ्गापुर हुँदै जापान जान लागेका भट्टराईलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनलाई आवश्यक अनुसन्धान एवं कानूनी कारबाहीका लागि राजश्व अनुसन्धान बिभाग हरिहरभवन पुल्चोक पठाइएको छ।
पुरा पढ्नुहॊस »भारतमा काेराेना सङ्क्रमित घट्दै, एकदिनमा ६ हजार ५६१ थपिए
भारतमा पछिल्लो २४ घण्टामा ६ हजार ५६१ जना कोरोनाका नयाँ सङ्क्रमित थपिएका छन् । यसैसँगै भारतमा कोरोना सङ्क्रमितको कूल संख्या चार करोड २९ लाख ४५ हजार भन्दा बढी पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले बिहीबार जानकारी दिएको छ। सोही अवधिमा कोरोना सङ्क्रमणका कारण १४२ जनाको मृत्यु भएको अधिकारीले जनाएका छन्। कोरोना शुरु भएदेखि हालसम्म भारतमा पाँच लाख १४ हजार ३८८ जनाको मृत्यु भएको जनाइएको छ। भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या ७२ …
पुरा पढ्नुहॊस »१०५ जनामा कोरोना संक्रमण, ३२० संक्रमणमुक्त
पछिल्लो २४ घण्टामा थप १०५ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ९२४ जनाको परीक्षण गर्दा १०५ जनामा संक्रमण पुष्टि भएको हो। २४ घण्टामा ३२० जना कोरोना संक्रमणमुक्त भएका छन् भने ३ जनाको मृत्यु भएको छ। सक्रिय संक्रमितको संख्या ७ हजार ५१७ रहेको छ।
पुरा पढ्नुहॊस »‘विपक्षी दलले अब समझदारीका आधारमा जिम्मेवार राजनीति गर्नुपर्छ’
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले विपक्षी दल नेकपा (एमाले)ले समझदारीका आधारमा जिम्मेवार राजनीति गर्नुपर्ने बताएका छन्। काभ्रेको धुलिखेलमा आज आयोजना गरेको नेपाली कांग्रेस काठमाडौँ जिल्ला कार्यसमितिको ५०औँ बैठकमा बाेल्दै उनले यस्ताे बताएका हुन् । नेता सिंहले राष्ट्रलाई हित हुने खालका काममा दाता राष्ट्रसँग अनुदान लिएर राष्ट्रिय सहमतिमा नै विकास निर्माणका काममा ध्यान दिनुपर्ने धारणा राखे । उनले सङ्घीय संसदबाट एमसीसी अनुमोदन भइसकेको अवस्थामा सबै पार्टीले राष्ट्र र जनतालाई केन्द्रबिन्दुमा राखेर …
पुरा पढ्नुहॊस »व्याख्यात्मक घोषणाको नाममा जनतामाथि भ्रम छरियोः शङ्कर पोखरेल
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले एमसीसीको व्याख्यात्मक घोषणाले जनतामाथि भ्रम छरेको आरोप लगाएका छन्। प्रेस चौतारी नेपाल कैलाली शाखाद्वारा आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उनले उक्त घोषणाले जनतालाई भ्रमित बनाएको बताएका हुन् । उनले यसको कुनै अर्थ पनि नरहेको पनि बताए । महासचिव पोखरेलले सभामुख अग्नि सापकोटा राजनीतिक पूर्वाग्रही बनेको आरोप लगाए।
पुरा पढ्नुहॊस »झापाको अर्जुनधारामा सनराइज बैंकको शाखारहित बैंकिङ्ग सेवा
सनराइज बैंकले झापा जिल्लाको अर्जुनधारा नगरपालिका वडा नं.–१ मा शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ। सो शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या ८७ पुगेको छ। बैंकले उक्त शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधिका रुपमा गणेशप्रसाद गौतमलाई नियुक्त गरेको छ। बैंकिङ्ग सेवाको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत एटिएम कार्ड मार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ। बैंककाे अनुसार यसका साथै …
पुरा पढ्नुहॊस »संसद् अवरोध हटाउन प्रतिपक्षी दललाई सत्ता गठबन्धनकाे आग्रह
सत्तागठबन्धन दलहरुले संसद्को अवरोध हटाउन प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)लाई आग्रह गरेका छन्। आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको गठबन्धनमा रहेका चार दलका शीर्ष नेताको बैठकले संसद्को अवरोध हटाउन प्रमुख प्रतिपक्ष दल एमालेलाई आग्रह गर्ने निर्णय गरेको हो। बैठकबारे जानकारी दिँदै सञ्चार तथा सूचनाप्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संसद् लामो समयसम्म सुचारु नहुँदा जनतामा संसद्प्रति नै नकारात्मक धारणा बन्न सक्छ भन्ने बारेमा छलफल भएको बताए। लामो समयदेखि संसद् बैठक अवरुद्ध हुँदा संसदमा …
पुरा पढ्नुहॊस »सत्तारुढ ४ दलको बैठकमा के भयाे निर्णय?
सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी परियोजनालाई ५ वर्षभित्रमै सक्ने सरकारको लक्ष्य रहेको बताएका छन्। बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको सत्तारुढ चार दलको बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै मन्त्री कार्कीले यस्तो बताएका हुन् । उनले ५ वर्षभित्रमा करिव ३१५ मिटर ट्रान्समिसन लाइन र अन्तर्राष्ट्रियस्तरको सडक निर्माण गर्ने लक्ष्य पूरा गरेर मुलुकको गरिबी निवारण र देशलाई दिगो आर्थिक विकासतर्फ अघि बढाउनेतर्फ सरकार रहेको बताए । उनले एमसीसी पास गर्न सहयोग गर्ने राजनीतिक …
पुरा पढ्नुहॊस »कोराेनाका कारण डिप्रेसनका बिरामी २५ प्रतिशतले बढ्याेः डब्लूएचओ
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले विश्वव्यापीरुपमा चिन्ता र डिप्रेसनका घटना बृद्धि भएको जनाएको छ। डिप्रेसन र चिन्ताका घटनामा २५ दशमलब ६ प्रतिशतले बृद्धि भएको संगठनले जनाएको हो। कोभिडले मानिसको मानसिक स्वास्थ्यमा गम्भीर असर गरेकोले यस्ता घटना विश्वव्यापीरुपमा बृद्धि भएको डब्लूएचओको भनाइ छ। साथै, सन् २०२० मा प्रमुख डिप्रेसिभ डिसअर्डरका केसहरुमा २७ दशमलब ६ प्रतिशतले बृद्धि भएको थियो। डब्लूएचओका स्वास्थ्य तथा पदार्थ प्रयोग विभागका ब्रान्डन ग्रे ले भनेका छन्, ‘आकारका हिसाबले …
पुरा पढ्नुहॊस »