प्रदिप नेपाल

एनएमबि बैंकले ल्यायो नौलो बचत योजना

एनएमबि बैंक लिमिटेडले युवाहरुलाई डिजिटाइजेसन, बचत र लगानीतर्फ प्रोत्साहित गर्न नयाँ बचत खाता “NMB You-Wah! Digi Savings” ल्याएको छ। १८ देखि ४० वर्ष उमेर समूहका सबै नेपाली (युवा) नागरिकले यो खाता खोल्न सक्नेछन्। एनएमबि बैंकले यो खाता अन्तर्गत शून्य मौज्दातमै उच्च ब्याजदर प्रदान गर्नुका साथै मेरो सेयर, डिम्याट र आस्वा निःशुल्क उपलब्ध गराउने जनाएको छ। त्यसैगरी यस योजना अन्तर्गत बैंकले, एनएमबि ओम्नी च्यानल बैंकिङ्ग, एनएमबि क्रेडिट कार्ड र एनएमबि डलर …

पुरा पढ्नुहॊस »

सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले घट्यो

बुधबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ९७ हजार रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य बुधबार प्रतितोला ९६ हजार ५०० रुपैयाँ कायम भएको छ। यस्तै तेजावी सुनको मूल्य ९६ हजार रुपैयाँ कायम भएको छ। त्यस्तै, चाँदीको मूल्य भने प्रतितोला ५ रुपैयाँले बढेर १ हजार ३२० रुपैयाँ कायम भएको छ। मंगलबार चाँदीको मूल्य प्रतितोला १ हजार ३१५ रुपैयाँ कायम भएको थियो।

पुरा पढ्नुहॊस »

नेष्डो समृद्ध लघुवित्तको आईपीओ आजदेखि खुल्ला, फागुन १५ गतेसम्म आवेदन दिन सकिने

नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले बुधबारदेखि सर्वसाधारणमा प्राथमिक शेयर (आईपीओ) निष्काशनमा ल्याएको छ। लघुवित्तले ८ करोड २८ लाख ७५ हजार रूपैयाँ बराबरको ८ लाख २८ हजार ७५० कित्ता आईपीओ जारी गरेको हो। कुल ८ लाख २८ हजार ७५० कित्ता शेयरमध्ये ०.५ प्रतिशत अर्थात १२ हजार ७५० कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४१ हजार ४३७ कित्ता सामूहिक लगानी कोषलाई छुट्टाएको छ। सर्वसाधारणले बाँकी ७ लाख ७४ हजार ५६३ कित्ता …

पुरा पढ्नुहॊस »

आजदेखि नेपाल-भारत ऊर्जा सचिवस्तरीय बैठक सुरू हुँदै

नेपाल-भारत ऊर्जा सचिवस्तरीय ‘संयुक्त निर्देशक समिति’ (जेएससी) काे नवाैं बैठक आज बुधबार काठमाडाैंमा बस्दैछ। निर्देशक समिति बैठकको नेतृत्व नेपालका तर्फबाट ऊर्जा सचिव देवेन्द्र कार्कीले तथा भारतीय पक्षको नेतृत्व त्यहाँको ऊर्जा मन्त्रालयका सचिव आलोककुमारले गर्नेछन्। समितिकाे बैठक हरेक ६ महिनामा आयोजना गरिने भए पनि काेराेना महामारीका कारण दुई वर्षदेखि हुन सकेको थिएन। २०७६ असोजको अन्तिम सातामा भारतको बैंग्लोरमा बसेपछि यो बैठक बसेको थिएन। बैठकको पहिलो दिन आज नेपाल-भारत ऊर्जा सहसचिवस्तरीय संयुक्त …

पुरा पढ्नुहॊस »

बरिष्ठ लोकगायक जयनन्द लामा रहेनन्

बरिष्ठ लोकगायक जयनन्द लामाकाे निधन भएकाे छ। उनकाे बुधबार बिहान निधन भएकाे हाे। वरिष्ठ कलाकार शिवहरि पाैडेलले सामाजिक संजाल फेसबुकमार्फत यसकाे जानकारी दिएका हुन्। बरिष्ठ लोकगायक जयनन्द लामाले दुई दशक लामो अन्तरालपछि २ हप्ता अघि मात्रै मौलिक लोकगीत सार्वजनिक गरेका थिए। गायक लामाले ‘महाभार लेकको जंगलमा याला’ बोलको लोकगीत युट्यबमार्फत सार्वजनिक गरेका हुन् । यही गीत सार्वजनिक गर्दा लामाले भनेका थिए, ‘म सँग जीवनभर गाएर नसक्ने गीत छन् ।’ तर …

पुरा पढ्नुहॊस »

देशका पहाडी क्षेत्रमा वर्षाकाे सम्भावना

आज बिहान सुदूरपश्चिम प्रदेशका पहाडी भेगका केही क्षेत्रमा वर्षा भएकाे छ। पश्चिमी भेगमा पश्चिमी न्यून चापीय प्रणालीका कारण बाँकी पहाडी भूभागमा बदली रहेको छ। दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघ गर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जानकारी दिएकाे छ। बाँकी प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। सुदूरपश्चिम, कर्णाली तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका …

पुरा पढ्नुहॊस »

ओलीसँग देउवाको आग्रह, ‘एमसीसी पास गर्न सहयोग गर्नुस्’

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग एमसीसी अनुमोदनमा सहयोग गर्न आग्रह गरेका छन्। मंगलबार साँझ बालुवाटार पुगेका एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरुसँग प्रधानमन्त्री देउवाले करिब २ घण्टा छलफल गरेका थिए। नेकपा एमालेका प्रचार विभागका उपप्रमुख विष्णु रिजालले प्रधानमन्त्रीले गठबन्धनभित्रबाट आफूलाई असहयोग भएकाले प्रतिनिधि सभामा प्रस्तुत एमसीसी अनुमोदनमा सहयोगका लागि आग्रह गरेको जानकारी दिए । एमाले अध्यक्ष ओलीले भने आफूहरुको माग सम्बोधन नभएसम्म संसदीय प्रकृयामा प्रवेश नगर्ने बताएको उनको …

पुरा पढ्नुहॊस »

बैतडी केन्द्रविन्दु भएर भूकम्प

बैतडीको कोटपेट्रा केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार दिउँसो ३:५२ बजे कोटपेट्रा केन्द्रविन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको हो। उक्त भूकम्प गोरखा भूकम्पको परकम्प नभई नयाँ भूकम्प भएको सो केन्द्रले जनाएको छ। यस्तै बिहान लमजुङको बेँसीसहर केन्द्रविन्दु भएर भूकम्प गएको थियो ।

पुरा पढ्नुहॊस »

स्थानीय तहको निर्वाचन राेक्न परेकाे रिटमा अन्तरिम आदेश दिन अस्वीकार

सर्वोच्च अदालतले स्थानीय तहको निर्वाचन रोक्न माग गर्दै दायर भएको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। उक्त आदेशसँगै निर्वाचन आयोगलाई निर्वाचनको गतिविधि सञ्चालन गर्न बाटो खुलेको छ। न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलासले मंगलबार कारण देखाउ आदेश जारी गरेपछि आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्न बाटो खुलेको हो। महोत्तरीको भँगाहा नगरपालिकाका मेयर सञ्जीवकुमार साहले आफूहरुको कार्यकाल ६ महिना बाँकी रहेकाले त्यस अगावै हुने निर्वाचन असंवैधानिक भएकाले निर्वाचन …

पुरा पढ्नुहॊस »

मतदाता परिचयपत्र हराएकालाई निःशुल्क सिफारिस दिन आयोगकाे निर्देशन

निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनका लागि आयोगले विगतका निर्वाचनमा जस्तै मतदाता परिचयपत्र तयार गरि वितरण गर्ने भएको छ। विगतका निर्वाचनमा मतदाता परिचयपत्र प्राप्त गरेका मतदाताले परिचयपत्र विभिन्न कारणले नष्ट भएको, हराएकाले पुनः बनाउनुपर्ने भनी आफ्नो वडा कार्यालयको सिफारिससहित निर्वाचन कार्यालयमा निवेदन दिएमा आयोगबाट त्यस्ता मतदाताको परियपत्र बनाउने व्यवस्था रहेको स्पष्ट पारेको छ। मतदाता परिचयपत्र सिफारिसका लागि कतिपय स्थानीय तहबाट दस्तुरसमेत लिएको भन्ने जानकारी पाएपछि आयोगले वडा कार्यालयको सिफारिससहित प्रदेश …

पुरा पढ्नुहॊस »