प्रदिप नेपाल

हामीले आफ्नै खुट्टामा उभिएर चुनाव जित्नुपर्छ : प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश र जनताको रक्षाका लागि आफ्नै खुट्टामा उभिएर निर्वाचन जित्नुपर्ने बताएका छन्। आज सिन्धुलीमाढीमा माओवादी केन्द्र सिन्धुलीको भवन उद्घाटनपछि सम्बोधन गर्दै देश, जनता, संविधान र लोकतन्त्रको रक्षाका निम्ति आफूहरू निर्वाचनमा विजयी हुनुपर्ने बताए। यदि आफूहरूले हारे नेपाली जनता, नेपाल राष्ट्र र माओवादी केन्द्रलाई हानी हुने भएकाले जसरी पनि जित्नुपर्ने उनको तर्क छ। उनले भने, “खतरा अझै टरेको छैन, हामीले अझै जितेका …

पुरा पढ्नुहॊस »

४०९ जना कोरोना मुक्त, १७ जनामा संक्रमण पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ५ सय ४३ जनाको नमुना परीक्षण गर्दा १७ जनामा संक्रमण पुष्टि भएको हो। सोही समयमा ४०९ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घन्टामा मृत्युदर भने शून्य रहेको छ। हाल देशभर ३ हजार ५९५ जना सक्रिय संक्रमित रहेका छन्। मन्त्रालयले पछिल्लो २४ घण्टामा ८ हजार ७ सय २९ जनाले कोरोनाविरुद्धको खोप …

पुरा पढ्नुहॊस »

स्थानीय तह निर्वाचनका लागि हुम्लामा ४ हजार १६ म्यादी प्रहरी भर्ना हुँदै

हुम्लामा म्यादी प्रहरी भर्ना प्रक्रिया अगाडि बढेको छ। स्थानीय तह निर्वाचन २०७९ का लागि चैत ६ देखि ११ गतेसम्म भर्ना प्रक्रिया अगाडि बढाउन दरखास्त आह्वान गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। हुम्लाका लागि चार हजार १६ म्यादी प्रहरी भर्ना गर्नुपर्ने प्रहरी नायब उपरीक्षक हेरम्भ शर्माले बताए। छनोटका मापदण्डसमेत निर्धारण गरिएको छ। अठार वर्ष पूरा भई ५४ वर्ष ननाघेका नेपाली नागरिकले दरखास्त दिन सक्ने भए पनि पूर्वनेपाली सेना, प्रहरी तथा विगतमा …

पुरा पढ्नुहॊस »

विद्यमान राजनीतिक प्रणाली र यसका नेतृत्व नै विकास र समृद्धिका बाधक हुन् : राजेन्द्र लिङ्देन

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले विद्यमान राजनीतिक प्रणाली र यसका अगुवा नेतृत्व नै देशको स्थिरता, विकास र समृद्धिको बाधक भएको बताएका छन् । आज ललितपुरको इमाडोलमा आयोजित क्षेत्रीय आमसभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले लामो समय असफलताको नेतृत्व गरिरहेका दल र नेतृत्वको गलत नीति, अकर्मण्यताको विकल्प खोजिनुपर्ने बेला आएको बताएका हुन् । लिङ्देनले राप्रपा केवल एउटा राजनीतिक पार्टी मात्रै नभएको, जनअपेक्षक्षालाई धोका दिने दल चलाउने उद्देश्य नभएको प्रष्ट पार्दै राप्रपाको महाधिवेशनपछि आम …

पुरा पढ्नुहॊस »

निर्वाचन कार्यक्रम स्वीकृत : वैशाख ११ गते उम्मेदवारको मनोनयपत्र दर्ता

निर्वाचन आयोगले आसन्न स्थानीय तह निर्वाचनका लागि निर्वाचन कार्यक्रम स्वीकृत गरेको छ। आगामी वैशाख ३० गते हुने निर्वाचनका लागि मनोनयनपत्र दर्तादेखि मतदानसम्मको निर्वाचन कार्यक्रम स्वीकृत भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए। निर्वाचन कार्यक्रमअनुसार आगामी वैशाख ११ देखि १२ गतेसम्म उम्मेदवारको मनोनयपत्र दर्ता, वैशाख १२ गते मनोनयन दर्ता भएका उम्मेदवारको सूची प्रकाशन र १३ गते उम्मेदवारको विरोधमा उजुरी दिने तय भएको छ। आगामी वैशाख १४ र १५ गते मनोनयपत्र …

पुरा पढ्नुहॊस »

एनआईबीएल एस क्यापिटलको आयोजनामा अन्तर्क्रिया कार्यक्रम संचालन

नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको एनआईबीएल एस क्यापिटल लिमिटेडको आयोजनामा शुक्रबार गण्डकी प्रदेशको पोखरामा, अन्तर्क्रिया तथा लगानीकर्ता सचेतनामुलक कार्यक्रम संचालन भएको छ। उक्त कार्यक्रममा एनआईबीएल एस क्यापिटल लिमिटेडका नायब महाप्रबन्धक सचिन्द्र ढुंगाना तथा कम्पनीका अन्य पदाधिकारीहरुले स्थानीय लगानीकर्ताहरुका विभिन्न जिज्ञासाहरुको सम्बोधन गर्नुका साथै समस्त धितोपत्र बजारको विभिन्न आयामहरुको बारेमा समेत छलफल गरे । कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यसअघि पनि प्रदेशस्तरमा सुदुरपश्चिम प्रदेशको धनगढीमा, प्रदेश २ को महोत्तरीमा …

पुरा पढ्नुहॊस »

अब उपचार गर्न अस्पताल जाँदा पिसिआर परीक्षण गर्नु नपर्ने

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य संस्था तथा अस्पतालमा उपचारका लागि जाँदा अब पिसिआर परीक्षण गर्नु नपर्ने जनाएको छ। मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले कोरोना भाइरसविरुद्धको खोपको पूर्ण मात्रा लगाइसकेका र कोभिड–१९ को सङ्क्रमणको लक्षण नदेखिका व्यक्तिले अस्पतालमा उपचारका लागि पिसिआर परीक्षण गराउनु नपर्ने बताए । यसअघि अस्पतालमा उपचारका लागि जाँदा पिसिआर परीक्षण अनिवार्य गर्नुपर्ने प्रावधान थियो । सरकारले पिसिआर परीक्षणको शुल्क आठ सय तोकेको छ। अस्पतालमा जाँदा खोप कार्ड भने …

पुरा पढ्नुहॊस »

नेपालमा शुक्रबार ५१ जना काेराेना संक्रमित थपिए

नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार ९१४ परीक्षण गरिएकाे छ। जसमध्ये ५१ जनामा संक्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे पछिल्लाे तथ्यांकमा उल्लेख छ । पछिल्लाे २४ घण्टामा गरिएका परीक्षण मध्ये जम्मा संक्रमण दर १.२ प्रतिशत मात्र रहेकाे पनि मन्त्रालयले जनाएकाे छ । यस अवधिमा मृत्यु संख्या शून्य रहेकाे छ। यस्तै संक्रमणमुक्त हुनेको संख्या ३९२ रहेको छ। विगत २४ घन्टामा २९ हजार ३९० जनामा काेराेना संक्रमणविरूद्धकाे खाेप लगाइएकाे छ। …

पुरा पढ्नुहॊस »

कलाकार पल शाहलाई थप ५ दिन हिरासतमा राख्न अदालतले दियाे अनुमति

बलात्कार गरेको अभियोगमा पक्राउ परेका नायक पल शाहलाई ५ दिन थप हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ। जिल्ला अदालत तनहुँले ५ दिन थप हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो। गत फागुन १५ गते पक्राउ परेका शाहलाई यसअघि नै दुई पटक म्याद थप भइसकेको छ। पछिल्लो पटक थप भएको म्याद आज सकिएको छ। मुद्दाको अनुसन्धान नसकिएको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँले म्याद थपका लागि सरकारी वकिलको कार्यालय …

पुरा पढ्नुहॊस »

मलेसियामा कोराेना सङ्क्रमित बढ्दै : एक दिनमा २७ हजार सङ्क्रमित थप

मलेसियामा कोभिड १९ का सङ्क्रमितहरुको संख्या पछिल्लो समयमा बढ्दै गएको पाइएको छ।यहाँका अधिकारीहरुले दिएको जानकारीअनुसार मलेसियामा गएको २४ घन्टायता मात्र कम्तीमा पनि २७ हजार ४ जना सङ्क्रमित भएका छन् । यी समेत गरि मलेसियामा अहिलेसम्ममा ३९ लाख ७६ हजार जना सङ्क्रमित भएका छन्। त्यस्तै मलेसियाका स्वास्थ्य अधिकारीले यहाँ पछिल्लो २४ घन्टामा मात्र ८६ जना सङ्क्रमितको मृत्यु भएको छ। यो समेत यहाँ अहिलेसम्ममा कोभिडबाट मात्र ३४ हजार १८५ जनाको ज्यान गएको …

पुरा पढ्नुहॊस »