सनराइज बैंक र नेशनल बैंकिङ्ग इन्स्टिच्युटबीच सहकार्य

वित्तीय बजारको विकासका साथै आर्थिक र नितिगत विकासका कारण वित्तीय साक्षरताको महत्व बढदै गएको छ । नेपाल राष्ट्र बैंकले प्राथमिकतामा राख्दै आएको वित्तीय साक्षरता कार्यक्रमलाई समाज र समाजका व्यक्तिहरुमा पुर्याउने उद्देश्य अनुरुप सनराइज बैंकले पनि देशव्यापीरुपमा वित्तीय साक्षरता कार्यक्रम गर्ने भएको छ ।

यही उद्देश्य अनुरुप सनराइज बैंक र नेशनल बैंकिङ्ग इन्स्टिच्युटबीच वित्तीय साक्षरताका लागि सहमतिपत्रमा हस्ताक्षर भएको छ । उक्त सहमतिपत्रमा बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत श्रीमती आरती राज्यलक्ष्मी राणा र नेशनल बैंकिङ्ग इन्स्टिच्युटका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुमार लम्सालले हस्ताक्षर गरे । सो सहमतिपत्र अन्तर्गत विभिन्न प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्ने भएको छ । बैंकका गतिविधिहरूको एक हिस्साको रूपमा र वित्तमा पहुँच सम्बन्धी चेतना जगाउने उद्देश्यले देशव्यापी वित्तिय साक्षरता कार्यक्रमहरू गर्नका लागि सो सहमति गरेको हो ।

वित्तीय साक्षरताको अभावमा मानिसहरुले असुरक्षित आर्थिक कारोबार गर्नु नपरोस्, बैंक तथा वित्तीय क्षेत्रमा सम्पूर्ण व्यक्तिहरुको पहुँच पुर्याउने, डिजिटल कारोबारका बारेमा व्यक्तिहरु अभ्यस्त बनाउन, आफ्नो व्यवसायिक योजनालाई बैंकको सहायताले बढाउन र त्यसले व्यक्तिहरुको आर्थिक आर्जन बढाई उनीहरुको जीवनस्तर पनि बढाउने भन्ने उद्देश्य साथ वित्तीय साक्षरता कार्यक्रम गर्न लागेको बैंकका नायब प्रमुख कार्यकारी अधिकृत श्रीमती आरती राज्यलक्ष्मी राणाले बताइन् ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

ग्लोबल आईएमई बैंक र नास-आईटीले सूचना प्रविधि क्षेत्रको विकासमा सहकार्य गर्ने

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र नेपाल एसोसिएसन अफ सफ्टवेयर एन्ड आईटी सर्भिसेस (नास–आईटी)बीच दिगो …

प्रतिकृया दिनुहॊस