प्रदिप नेपाल

गठबन्धन बचाउन अन्तिमसम्म कोसिस गर्ने माओवादी केन्द्रको निर्णय

सत्तारुढ माओवादी केन्द्रको केन्द्रीय कार्यालयको विस्तारित छलफल सकिएको छ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बोलाएको सचिवालय बैठकले गठबन्धन बचाउन अन्तिम कोसिस गर्ने समझदारी गरेको प्रचण्डको निजी सचिवालयले जनाएको छ। बैठक प्रचण्ड निवास खुमलटारमा बसेको थियो। बैठकमा केन्द्रीय कार्यालयका साथै पूर्वस्थायी समिति सदस्य तथा मन्त्रीहरूको पनि उपस्थिती थियो। बैठकले एमसीसीबारे पार्टीको पूर्ववत् सैद्धान्तिक धारणामा रही गठबन्धन बचाउन अन्तिम कोसिस गर्ने समझदारी भएको प्रचण्डकी छोरी गंगा दाहालले जानकारी दिइन्। बैठकमा माओवादी …

पुरा पढ्नुहॊस »

एमाले अध्यक्ष केपी ओली पोखरामा

एमाले अध्यक्ष केपी ओली पोखरा आइपुगेका छन्। पार्टीको कार्यक्रममा सहभागी हुन ओली पोखरा आएका हुन्। पोखरा विमानस्थलमा उनलाई नेता पृथ्वीसुब्बा गुरुङसहितका एमालेका नेताले स्वागत गरेका छन्। कांग्रेस-माओवादीका नेतासँग निर्णायक छलफल छाडेर पाेखरा आएका ओली आजै काठमाडाैँ फर्किने छन् ।

पुरा पढ्नुहॊस »

राेकिराखेकाे माइक्रो बसमा मोटरसाइकल ठोकिँदा चन्द्रागिरीमा एक जनाको मृत्यु

काठमाडाैंको चन्द्रागिरी नगरपालिका–७ स्थित सडक छेउमा रोकी राखेको माइक्रो बसमा बिहीबार राति मोटरसाइकल ठोकिँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मोटरसाइकल चालक २६ बर्षीय आकाश रानाभाट रहेका छन्। गम्भीर घाइते भएका उनको उपचारको क्रममा कलंकी स्थित शहीद मेमोरियल अस्पतालमा राति साढे ११ बजे मृत्यु भएको प्रहरीले जनाएको छ। चेकपोष्टबाट चन्द्रागिरी जाँदै गरेको प्रदेश ३, ०२, ०११ प २९१९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडक छेउमा रोकी राखेको बा २ ख …

पुरा पढ्नुहॊस »

प्रतिनिधिसभाको बैठक आइतबारका लागि सर्‍यो

शुक्रबारका लागि बोलाएको प्रतिनिधिसभाको बैठक आइतबार बस्ने गरि सारिएको छ। सरकारका तर्फबाट कानुनमन्त्री दिलेन्द्र बडूले सभामुख अग्निप्रसाद सापकोटाको कार्यालयमा गएर बैठक सार्न आग्रह गरेपछि संसद् बैठक आइतबारसम्म स्थगित गरिएको हो। कानुनमन्त्री दिलेन्द्र बडूको आग्रहमा आज बस्ने भनिएको बैठक आइतबार दिउँसो १ बजे बस्ने गरि सारिएको छ,’ सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए। बिहीबारका लागि बोलाइएको बैठक पनि सूचना टाँसेर शुक्रबारका लागि सारिएको थियाे।

पुरा पढ्नुहॊस »

दल दर्ताका लागि एमाले आयोग जाँदै

नेकपा एमाले स्थानीय तहको निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न निर्वाचन आयोग जाँदैछ। वैशाख ३० मा गर्न लागिएको स्थानीय तहको निर्वाचनका लागि एमाले शुक्रबार निर्वाचन आयोगमा जान लागेको हो। महासचिव शंकर पोखरेलको नेतृत्वको टोली शुक्रबार दिउँसो साढे १२ बजे आयोगको कार्यालय जान लागेको हो।

पुरा पढ्नुहॊस »

राजस्व र सरकारी खर्चबीच तालमेल नमिल्दा अर्थतन्त्रमा संकट आयो : चन्द्र ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले राजस्व संकलन र सरकारी खर्चबीच तालमेल हुन नसक्दा अर्थतन्त्र संकटमा पर्ने गरेको बताएका छन् । सरकारले राजस्व नियमितरूपमा उठाउने तर खर्च भने समयमै गर्न नसक्दा अर्थतन्त्रमा बर्सेनी एउटै समस्या देखिने गरेको र यसबाट निजी क्षेत्र प्रत्यक्षरूपमा मर्कामा परेको उनको भनाइ छ। ‘राजश्व संकलन शतप्रतिशत हुने तर खर्च नहुने हुँदा तरलता समस्यासमेत सृजना भएको छ’, पर्वत उद्योग वाणिज्य संघको साधारणसभालाई बिहीबार सम्बोधन गर्दै …

पुरा पढ्नुहॊस »

सांग्रिला डेभलपमेन्ट बैंकको ११० औं शाखा बर्दियाको जयनगरमा

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले ग्रामीण साथै शहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रम सँगै जयनगर (मगरागढी), बारवर्दिया नगरपालिका वडा नं. ६, बर्दियामा शाखा संचालनमा ल्याएको छ। बैंकले विहीवार सो शाखा संचालनमा ल्याएको हो। जयनगर (मगरागढी) शाखा कार्यालय संचालनमा आएसँगै सो क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ्ग सुविधा पुग्ने विश्वास बैंकले लिएको छ। यो सँगै सांग्रिला डेभलपमेन्ट बैंकको कुल शाखा संख्या ११० पुगेको छ र यस शाखाको उद्घाटन बारबर्दिया नगरपालिकाका नगरप्रमुख …

पुरा पढ्नुहॊस »

नेपालमा १० लाख २० हजारले लगाए कोरोनाविरुद्धको ‘बुस्टर डोज’

कोभिड–१९ विरुद्धको खोप अभियान अन्तर्गत हालसम्म १० लाखभन्दा बढीले खोपको अतिरिक्त मात्रा लगाएका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार आजसम्म १० लाख २० हजार ५४१ जनाले कोरोनाविरुद्धको खोपको अतिरिक्त मात्रा लगाएका छन्। मन्त्रालयका अनुसार हालसम्म एक करोड ८४ लाख ३८ हजार १५१ पहिलो मात्रा खोप लगाएका छन्। यस्तै एक करोड ७२ लाख ३५ हजार ९३८ ले पूर्णमात्रा खोप लगाएका छन्। हालसम्म चार करोड ७८ लाख ८२ हजार …

पुरा पढ्नुहॊस »

एमसीसीकै कारण गठबन्धन फुट्न सक्छ : गगन थापा

कांग्रेस महामन्त्री गगन थापाले एमसीसीका कारण सत्तारुढ गठबन्धन धरापमा परेको र जुनसुकै बेला फुट्न सक्ने बताएका छन्। नयाँ बानेश्वरस्थित संसद भवनमा प्रमुख प्रतिपक्षी दल एमाले संसदीय दलका अध्यक्ष केपी ओलीको कार्यकक्षमा बिहीबार कांग्रेस र एमालेका शीर्ष नेताहरूबीचको भेटवार्तापछि महामन्त्री थापाले एमसीसी सदनबाट अनुमोदन गर्ने विषयले गठबन्धन धरापमा परेको बताएका हुन्। सो छलफलमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, कांग्रेस महामन्त्री गगनकुमार थापा, एमाले संसदीय …

पुरा पढ्नुहॊस »

नेपालमा ३१८ संक्रमित थपिए, ५६२ जना निको भए

नेपालमा पछिल्लो २४ घण्टामा ३१८ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्‍या मन्त्रालयका अनुसार ७ हजार ७४३ जनाको पिसिआर तथा एन्टिजेन विधिबाट परीक्षण गर्दा ३१८ जनामा कोरोना पुष्टि भएको हो। यस्तै पछिल्लो २४ घण्टामा ५६२ जनाले संक्रमण जितेका छन्। सोही अवधिमा नेपालमा थप एक संक्रमितको मृत्यु भएको छ। मन्त्रालयका अनुसार हाल देशभर ९ हजार ६७८ जना सक्रिय संक्रमित रहेका छन्।

पुरा पढ्नुहॊस »