भारतीय सेनाले नेपाली सेनालाई कोभिड–१९ विरुद्धको एकलाख मात्रा खोप उपहारस्वरुप प्रदान गरेको छ। नेपाली सेनाको प्रधान कार्यालयमा आज आयोजित एक सङ्क्षिप्त कार्यक्रममा गोरखा ब्रिगेडका प्रमुख लेफ्टिनेन्ट जनरल पिएन अनन्तनारायणले नेपाली सेनाका रथी वालकृष्ण कार्कीलाई उक्त परिमाणको खोप हस्तान्तरण गरे। भारत सरकारले खोपमैत्री योजनाअन्तर्गत नेपाली सेनालाई उक्त खोप उपहारस्वरुप प्रदान गरेको हो।
पुरा पढ्नुहॊस »टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु
रुकुम (पूर्व) को भूमे गाउँपालिका–४ झिङ्गेटारमा टिपर बा २ क ७०१८ नम्बरको टिपर पल्टिँदा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा पुथाउत्तरगङ्गा गाउँपालिका–१४ का २५ वर्षका गोविन्द बुढा र भूमे–५ उपल्लो साकिमका २५ वर्षका दामु बुढा रहेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक दीपेन्द्र बाँनियाले जानकारी दिए। उपचारका क्रममा उनीहरुको मृत्यु भएको प्रहरी निरीक्षक बाँनियाले बताए। यस्तै दुर्घटनामा दुई घाइते छन्। घाइते हुनेमा लामा कन्स्ट्रक्सनका सवइञ्जिनीयर दोलखाका ३५ वर्षका …
पुरा पढ्नुहॊस »राजनीतिक निकासबारे ओली-देउवाबीच छलफल
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच संसद्को गतिरोध अन्त्य र राजनीतिक निकासबारे छलफल भएको छ। सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा जारी छलफलमा कांग्रेस र एमालेका अन्य नेताहरु पनि छलफलमा सहभागी छन्। आज दिउँसो १ बजे बोलाइएको संसद् बैठक सूचना टाँस गरि स्थगित भएपछि सरकारको नेतृत्वकर्ता दल कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्षी दलसँग छलफल गरेका …
पुरा पढ्नुहॊस »शेयर बजार : ५८ दशमलव ९९ अंकले घट्यो नेप्से
बिहीबार शेयर बजार उच्च अंकले घटेको छ। बुधबार १५ दशमलव ५० अंकले घटेको बजार आज ५८ दशमलव ९९ अंकले घटेर २ हजार ६६१ दशमलव ४४ बिन्दुमा झरेको छ। बिहीबार २२९ वटा धितोपत्रको ८४ लाख ९० हजार ६८९ कित्ता शेयर खरिद बिक्री भएको छ। जसबाट ४ अर्ब २९ करोड ३८ लाख ६४ हजार १९२ रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ। बिहीबार १३ वटै समूहको परिसूचक घटेको छ। सबैभन्दा …
पुरा पढ्नुहॊस »नक्कली जग्गाधनी पूर्जा देखाएर ३३ लाख ठगी गर्ने पक्राउ
नक्कली पूर्जा देखाएर एक व्यक्तिले जग्गाको बैनासमेत गरि ३३ लाख ठगी गरेका छन् । ठगी गर्नेमा ओखलढुङ्गा घर भई हाल बूढानीलकण्ठ नगरपालिका–११ कपन बस्दै आएका ३९ वर्षीय हितबहादुर बुढाथोकी रहेका छन्। महानगरीय अपराध महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्त कुँवरका अनुसार बुढाथोकीले साँखुस्थित कित्ता नम्बर ७५९ को २ रोपनी जग्गामध्ये ८ आना ३५ लाखमा दिन्छु भनी प्रलोभनमा पारि ठगी गरेका छन्। पीडितलाई जग्गाको पूर्जा र नक्साको प्रतिलिपी दिई ३५ दिनमा …
पुरा पढ्नुहॊस »शुक्रबारसम्मका लागि संसद् बैठक स्थगित
बिहीबारका लागि बाेलाइएकाे संसद् बैठक अन्तिम समयमा स्थगित भएको छ। सरकारको आग्रहमा बैठक स्थगित भएको हो। नयाँ बानेश्वरस्थित संसद भवनमै प्रतिनिधिसभा बैठकको एजेण्डासहित प्रक्रियाबारे छलफल गर्न बसेको कार्यव्यवस्था परामर्श समितिको बैठक भने बसेकाे थियाे। आजदेखि संसद्मा एमसीसीबारे छलफल शुरु हुने सम्भावित कार्यसूचीसमेत तय भएको थियाे। अर्काे बैठक शुक्रबार १ बजे बस्ने बताइएकाे छ।
पुरा पढ्नुहॊस »माओवादी केन्द्रले एमसीसीको विपक्षमा मतदान गर्ने
माओवादी केन्द्रले बिहीबारको संसद् बैठक बाहिस्कार नगर्ने भएको छ। आजको प्रतिनिधिसभा बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसीमाथि छलफल गर्ने कार्यसूची छ। माओवादीका नेता नारायणकाजी श्रेष्ठले आजको संसद् बैठक बहिष्कार नगर्ने, तर भोटिङ भएमा एमसीसीको विपक्षमा मतदान गर्ने बताएका छन्। आज बिहान माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर एमसीसी अहिल्यै पास गर्न हतार नगर्न सुझाव दिएका छन् ।
पुरा पढ्नुहॊस »एमसीसीमा सहयोग नगरे गठबन्धन टुट्न पनि सक्छ : रामचन्द्र पौडेल
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमसीसीमा पुष्पकमल दाहाल (प्रचण्ड) र माधवकुमार नेपालले सहयोग नगरे वर्तमान गठबन्धन टुट्न पनि सक्ने बताएका छन्। प्रेस युनियन तनहुँले आज दमौलीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)ले एमसीसी पारित गर्न सहयोग नगरे गठबन्धन कायमै राख्नुपर्छ भन्ने पक्षमा काङ्ग्रेस नरहेको प्रष्ट पारे। “सरकारले ल्याएको प्रस्तावको गठबन्धनका दलले सहयोग गर्नुपर्छ, गठबन्धनले साथ नदिए प्रमुख प्रतिपक्षी दलको सहयोगमा भए पनि एमसीसी …
पुरा पढ्नुहॊस »हृदयेश त्रिपाठी समूहले एमसीसीको पक्षमा मतदान गर्ने
हृदयेश त्रिपाठी समूह अमेरिकी सहयोग परियोजना एमसीसीको पक्षमा उभिएको छ।एमसीसीमाथिको छलफलमा भाग लिएर त्रिपाठी समूहले पक्षमा मतदान गर्ने भएको छ। त्रिपाठीको अध्यक्षतामा जनप्रगतिशील पार्टी निर्वाचन आयोगमा दर्ता छ। सो पार्टीसँग अहिले दुई सांसद छन्। ‘बाबुराम भट्टराई प्रधानमन्त्री र वर्षमान पुन अर्थमन्त्री हुँदा एमसीसी माग गरेका हौं। त्यो सरकारमा म पनि सहभागी थिएँ,’ त्रिपाठीले भने, ‘एमसीसी अनुमोदनका लागि संसदमा दर्ता गर्दा केपी ओली सरकारमा म पनि थिएँ। मैले नैतिकहीन हुने काम …
पुरा पढ्नुहॊस »मानव अधिकार आयोगद्वारा विरोध प्रदर्शनलाई संयमित बनाउन आग्रह
राष्ट्रिय मानव अधिकार आयोगले नागरिकको शान्तिपूर्ण विरोध प्रदर्शन गर्न पाउने मानव अधिकारको सम्मान गर्न र विरोध प्रदर्शनलाई संयमित बनाउन आग्रह गरेको छ। आयोगका प्रवक्ता डा टीकाराम भट्टराईद्वारा आज जारी प्रेस विज्ञप्तिमा विरोध प्रदर्शन गर्दा बल प्रयोग नगर्न र शान्ति सुरक्षा कायम गर्दा संयमित हुन सरकार एवं सम्बद्ध निकायलाई आग्रह गरिएको छ। विज्ञप्तिमा भनिएको छ, “आफ्नो विरोध प्रदर्शनलाई शान्तिपूर्ण बनाउन, सर्वसाधारण व्यक्तिका सम्पत्ति र भौतिक संरचनाहरुमा क्षति नपुर्याउन, विरोध प्रदर्शन गर्दा …
पुरा पढ्नुहॊस »