एमसीसीको पक्षमा मतदान गर्ने लोसपाकाे निर्णय

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले एमसीसीको पक्षमा मतदान गर्ने निर्णय गरेको छ। बुधबार बबरमहलस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको संसदीय दलको बैठकले उक्त निर्णय गरेको हो।

प्रतिनिधिसभामा १३ जना सांसद रहेको लोसपाले विकासका लागि ल्याइएको परियोजनामा आफूहरू समर्थन रहने निर्णय गरेको हो।

सरकारले एमसीसी सम्झौता गत आइतबारको प्रतिनिधिसभा बैठकमा प्रस्तुत गरेको थियो। यससँगै बिहीबारको प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूचीमा एमसीसी समेटिएको छ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

पत्रकार महासंघको निर्वाचन मंसिर २८ मा

काठमाडौं । नेपाल पत्रकार महासङ्घको प्रदेश तथा जिल्ला अध्यक्षहरूको राष्ट्रिय भेला मध्यपुरथिमिको बोडेमा गएराति सम्पन्न …

प्रतिकृया दिनुहॊस