भारतमा एकैदिन १५ हजार नयाँ सङ्क्रमित थपिए

भारतमा कोरोना भाइरसबाट पछिल्लो एक दिनमा १५ हजार १०२ जना सङ्क्रमित भएका छन्। सोही अवधिमा कोरोनाकै कारण २७८ जनाको मृत्यु भएको संघीय स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले जनाएका छन्।

भारतमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या चार करोड २८ लाख ६७ हजार ३१ पुगेको मन्त्रालयको तथ्याङ्क छ। मन्त्रालयका अनुसार भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या एक लाख ६४ हजार ५२२ रहेको छ।

पछिल्लो एक दिनमा ३१ हजार ३७७ जना कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । योसँगै कुल चार करोड २१ लाख ८९ हजार ८८७ जना सङ्क्रमणमुक्त भएका छन्। भारतमा कोरोना भाइरसका कारण अहिलेसम्म पाँच लाख १२ हजार ६२२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

सिटी एक्सप्रेस मनी ट्रान्सफर र यूएईको अल्जजिराबीच रेमिट्यान्ससम्बन्धी सम्झौता

काठमाडौं । यूएईको ख्यातिप्राप्त अल्जजिरा एक्सचेन्ज र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिट्यान्स कारोबार सुरु भएको …

प्रतिकृया दिनुहॊस