काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा आज पनि बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार दिउँसो २ बजे बस्ने बैठकमा प्रदेश कमिटीको एकीकरण र गठनको लागि सुझाव दिन तयार पारिएको प्रतिवेदनमाथि छलफल हुनेछ ।
प्रदेश कमिटीको एकीकरण र गठनको पूर्णताका लागि सुझाव दिन गठित कार्यदलले शुक्रबारेको बैठकमा पेश गरेको प्रतिवेदनमाथि छलफल हुन लागेको हो । प्रतिवेदनमाथि छलफल हुन लागेको नेता अग्नि सापकोटाले जानकारी दिए । कार्यदलले तयार पारेको प्रतिवेदन बिहीबार सचिवालय बैठकमा सदस्यलाई अध्ययनका लागि दिएको र उक्त प्रतिवेदनमाथि शुक्रबार छलफल हुने नेता सापकोटाले बताए ।
प्रदेश कमिटीको एकीकरणको विषयलाई टुङ्गो लगाएपछि साङ्गनिक एकीकरणको विषय अघि बढाउने नेकपाले जनाएको छ । प्रदेश र साङ्गठनिक एकीकरण तथा गठनको अन्तिम निर्णय भने स्थायी कमिटीले गर्नेछ कार्यदलले पेश गरेको प्रतिवेदनलाई छलफल गरी अन्तिम निष्कर्ष दिने नेकपाले तयारी गरेको छ । सचिवालयको बैठकपछि पार्टी स्थायी समितिको बैठक बोलाउने तयारी नेकपाले गरेको छ ।
प्रतिकृया दिनुहॊस