काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्ने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउसो ३ बजे बस्ने बैठकमा सरकारको समीक्षा र भावी कार्ययोजनाबारे छलफल गर्ने तयारी छ ।
नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले ‘पार्टीको सांगठनिक एकता र सरकारका कामको समीक्षा बैठकका एजेन्डा रहेको जानकारी दिए । सरकारका भावी कार्ययोजनाबारे पनि बैठकमा छलफल हुने उनले बताए ।
‘सांगठनिक एकीकरण, सरकारको समीक्षा र भावी कार्ययोजना बैठकका एजेन्डा छन्’ सचिवालय सदस्य तथा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले भने । यसअघि नेकपा सचिवालय बैठक कात्तिक ८ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको थियो ।
प्रतिकृया दिनुहॊस