नेपालको खोला भारतले बेच्यो

काठमाडौं । भारतले नेपालको एउटा खोला चिनियाँ कम्पनीलाई बेचेको छ। भारतीय कम्पनी जीएमआरले माथिल्लो मस्र्याङ्दी-२ जलविद्युत् आयोजनाको लाइसेन्स ११ वर्ष ‘होल्ड’ गरेको थियो।

त्यही आयोजना उसले अहिले तीन अर्ब रुपैयाँमा चिनियाँ कम्पनीलाई बेचेको हो। ६ सय मेगावाटको यो आयोजना हङकङमा मुख्यालय रहेको सिचुवान इन्भेस्टमेन्ट ग्रुप कम्पनीले किनेको खबर विकास थापा  मेनुका कार्की मिलेर आजको अन्नपूर्ण पोस्ट दैनिकमा लेखेका छन्।

यो बेचबिखनलाई लगानी बोर्डले समेत स्वीकृत गरिसकेको छ। लाइसेन्स बेचबापत प्राप्त हुने रकम भारत लैजान जीएमआरले राष्ट्र बैंकको अन्तिम स्वकृति पाउन लागेको छ। बेचबिखनको तारतम्य नेपालको सरकारको आंशिक लगानी रहेको बुटबल पावर कम्पनी (बीपीसी) ले मिलाएको हो।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री