अस्ट्रेलिया महिला टी-२० विश्वकप क्रिकेटको फाइनलमा

काठमाडौं । आयोजक एवं साविक विजेता वेष्ट इन्डिजलाई पाखा लगाउँदै अस्ट्रेलिया आइसीसी महिला टी-२० विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।

एन्टिगुवामा आज बिहान भएको खेलमा अस्ट्रेलियाले वेष्ट इन्डिजमाथि ७१ रनको सहज जित हासिल गरेको हो । खेलमा १४३ रनको लक्ष्य पछ्याएको वेष्ट इन्डिजले १७ ओभर तीन बलमा अलआउट हुनुपूर्व ७१ रनमात्रै बनाउन सक्यो ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको अस्ट्रेलियाले २० ओभरमा ५ विकेट गुमाउँदै १४२ रन जोडेको थियो । उसका लागि एलिसा हेलीले ४६ रन तथा कप्तान मेग लानिङले ३१ रनको योगदान दिए । अस्ट्रेलियाले अब इङ्ल्यान्ड र भारतबीचको दोस्रो सेमिफाइनलको विजेतासँग उपाधिका लागि खेल्नेछ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपाल ओमानसँग १ विकेटले पराजित

काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको क्यानडा भ्रमणमा नेपालले दोस्रो हार ब्यहोरेको छ । …

प्रतिकृया दिनुहॊस