डडेलधुरा बस दुर्घटना : मृतकको संख्या १७ पुग्यो [अपडेट]

काठमाडौं । केआई सिंह राजमार्गअन्तर्गत डडेलधुराको रडुवा खोलामा बिहीबार साँझ बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । २६ जनाभन्दा बढी घाइते भएका छन् । घाइतेमध्ये ७ जनाको अवस्था चिन्ताजनक छ ।

उग्रतारा मन्दिरमा लागेको जात्राका सहभागी लिएर फर्कंदै गरेको से१क २९३ नम्बरको स्कुल बस सडकदेखि ३ सय मिटर तल खस्दा १० जनाको घटनास्थलमै र ७ जनाको उपक्षेत्रीय अस्पताल डडेलधुरामा मृत्यु भएको प्रहरीले जनाएको छ । बस डोटीको शिखर नगरपालिका वान्डुग्रीसैनस्थित पिसजोन एकेडेमीको हो ।

दुर्घटनाका गम्भीर घाइतेलाई धनगढी रिफर गरिएको अस्पतालले जनाएको छ । ‘घटनास्थलमा १० जनाको शव निकालिसकिएको छ,’ डडेलधुराका डीएसपी डम्बर केसीले भने, ‘मृतकको संख्या अझ बढ्न सक्छ ।’

सुदूरपश्चिम प्रहरी प्रमुख डीआईजी सुरज केसीका अनुसार घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर छ । घटनाको विस्तृत विवरण आइनसकेको उनले बताए । अमरगढी नगरपालिकाको रडुवा खोला पुग्नुअघि भीरबाट बस खसेको प्रहरीले जानकारी दिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

dashain-tika/दशैंको टीकाको उत्तम साइत कात्तिक ७ गते बिहान ११:०२ बजे

दशैंको टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दशैंको टिकाको साइत सार्वजनिक गरेको छ । जसअनुसार विजयादशमीको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा  रहेको छ । असोज १७ गते बिहान ९ बजेर १६ मिनेटमा घटस्थापनाको साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

प्रतिकृया दिनुहॊस