ब्रेक फेल भएपछि जिप दुर्घटना, दुईजनाको मृत्यु

दुल्लु । सुर्खेतबाट ठाटीकाँध गाउँपालिका-३ बहाँकोटतर्फ जाँदै गरेको भे १ च २२०७ नम्बरको बोलेरो जिप दैलेखको ठाटीकाँध गाउँपालिकामा दुर्घटना हुँदा जिपमा सवार दुई जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् ।

उक्त गाउँपालिका–३ का वडासदस्य कर्णबहादुर बोगटीका अनुसार सोही स्थानका ४७ वर्षीय राजेन्द्रबहादुर शाही र वडा नं १ का ३० वर्षीय निर्मल बमको मृत्यु भएको हो । उनका अनुसार बुधबार बिहान ८ बजे धामीगाउँ नजिक उक्त जिपको ब्रेक फेल भएर दुर्घटना भएको थियो ।

घाइतेहरूको नाम र ठेगाना खुल्न सकेको छैन । दुर्घटनामा घाइते छ जनाको अवस्था गम्भीर रहेको र उनीहरूलाई उद्धार गरेर अस्पताल लगिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री