के हो सामाजिक सुरक्षा कार्यक्रम? कसरी दिइन्छ श्रमिकलाई पेन्सन?

काठमाडाैं । हरेक रोजगारदाता कम्पनी, श्रमिक र सरकार मिलेर कोष बनाउने र पेन्सन दिने अनिवार्य योजना सरकारले कार्यान्वयनमा ल्याएको छ। ०७४ साउनमा संसदबाट सामाजिक सुरक्षासम्बन्धी ऐन पारित भएको थियो। त्यही ऐन अनुसार सरकारले अहिले कार्यक्रम कार्यान्वयनमा ल्याएको हो। यो खबर आजको नयाँ पत्रिका दैनिकमा गोपाल साउदले लेखेका छन्।

कसरी दिइन्छ पेन्सन?

१.हरेक रोजगारदाता कम्पनीले आफ्ना हरेक श्रमिकको आधारभूत पारिश्रमिकबाट १० प्रतिशत सञ्चयकोष कट्टा गरी सोहीबराबर रकम थपेर अब सामाजिक सुरक्षा कोषमा जम्मा गरिदिनेछन्।

२.प्रत्येक श्रमिकको आधारभूत पारिश्रमिकको ८ दशमलव ३३ प्रतिशतबराबरको रकम रोजगारदाता कम्पनीका तर्फबाट उपदानस्वरूप सामाजिक सुरक्षा कोषमा हरेक महिना जम्मा हुनेछ।

३. प्रत्येक श्रमिकको आधारभूत पारिश्रमिकबाट १ प्रतिशत रकम सामाजिक सुरक्षा करबापत कट्टा गरी सामाजिक सुरक्षा कोषमा जम्मा हुनेछ ।

४. हरेक रोजगारदाताले प्रत्येक श्रमिकका लागि सामाजिक सुरक्षा कोषबापत १ दशमलव ६७ प्रतिशत रकम कोषमा जम्मा गर्नेछन् ।

५। ०६६र६७ देखि सामाजिक सुरक्षा करबापत उठाएको १८ अर्ब र श्रम मन्त्रालयमातहत रहेको केन्द्रीय कल्याणकारी कोषको साढे १९ अर्ब रुपैयाँ अब सामाजिक सुरक्षा कोषमा जम्मा हुनेछ ।

६. कोषमा जम्मा भएको रकम लगानी हुनेछ । प्रतिफल कोषमा थपिनेछ । त्यस्तै, सरकार र दातृ निकायबाट प्राप्त हुने अनुदानले पनि कोष बढ्दै जानेछ।

रकम जम्मा भएको १५ वर्ष पुगे पेन्सन, नपुगे एकमुष्ट फिर्ता

१. वृद्धावस्था सुरक्षा योजनाअन्तर्गत १५ वर्ष कोषमा रकम जम्मा गरेका श्रमिकले जीवनभर पेन्सन पाउनेछन् । यो अवधिमा बिरामी वा दुर्घटनाबापत रकम लिए पनि पेन्सनमा फरक पर्नेछैन । तर, १५ वर्ष नपुगेका श्रमिकले प्रतिफलसहित आफ्नो नाममा जम्मा भएको रकम एकमुष्ट पाउनेछन् । श्रमिकको मृत्यु भएमा सो रकम परिवारले पाउनेछन् ।

२. १५ वर्ष नपुग्दै पनि श्रमिकको मृत्यु भएमा उनको आधारभूत पारिश्रमिकको ६० प्रतिशतबराबरको रकम पेन्सनका रूपमा आश्रित पति वा पत्नीलाई जीवनभर कोषबाट उपलब्ध हुनेछ । सन्ततिलाई शैक्षिक वृत्ति, बाबुआमालाई आर्थिक सहायता र परिवारलाई अन्तिम संस्कार खर्च उपलब्ध हुनेछ ।

३. बिरामी वा सुत्केरी हुँदा अस्पताल भर्ना भई उपचार गराउनुपरेमा एक लाख रुपैयाँसम्म खर्च सीधै अस्पताललाई, प्रसूति स्याहारका लागि प्रतिशिशु एक महिनाको न्यूनतम पारिश्रमिकबराबरको रकम, बिरामी बिदाबाहेक थप उपचार गराउनुपर्ने भएमा आधारभूत पारिश्रमिकको ६० प्रतिशत रकम पनि कोषबाट उपलब्ध गराइनेछ ।

४. व्यवसायजन्य कारणले दुर्घटनामा पर्दा वा अशक्त हुँदा सम्पूर्ण उपचार खर्च कोषले बेहोर्नेछ । साथै, काममा नफर्केसम्म आधारभूत पारिश्रमिकको ६० प्रतिशत कोषबाट उपलब्ध हुनेछ । स्थायी असक्षम भएमा जीवनभर निवृत्तिभरण हुनेछ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपालको आफ्नै भू–उपग्रह स्थापना गर्ने सरकारको योजना

काठमाडौं । सरकारले नेपालको आफ्नै भू-उपग्रह स्थापना गर्ने भएको छ । सरकारकाे आउँदाे आर्थिक वर्षकाे …

प्रतिकृया दिनुहॊस