युभेन्ट्ससँगको हारसँगै भ्यालेन्सिया च्याम्पियन्स लिगबाट बाहिरियो

काठमाडाैं । युभेन्ट्सले च्याम्पियन्स लिगअन्तर्गत समूह एचको पाँचौ खेलमा भ्यालेन्सियालाई १-० ले पराजित गरेको छ। योसँगै भ्यालेन्सिया च्याम्पियन्स लिगबाट बाहिरिएको छ। इटालियन च्याम्पियन युभेन्ट्सको जितमा क्रोएसियन फरवार्ड मारियो मान्जुकीचको निर्णायक गोल गरे।

खेलको ५९ औं मिनेटमा रोनाल्डोक पासमा मान्जुकीले गोल गर्दै युभेन्टसको जित पक्का गरे। भ्यालेन्सियाले रक्षात्मक खेल प्रस्तुत गर्दा युभेन्ट्सका स्टारहरू मान्जुकीच, रोनाल्डो र पाउलो डिबालाले गोल गर्ने मौकै पाएनन्। दोस्रो हाफमा केही सुधारिएको प्रदर्शन गरेको युभेन्ट्स झिनो अन्तरमा विजयी भयो।

खेलको अन्तिम समयमा भ्यालेन्सियाले खेल बराबरी गर्ने राम्रो मौका खेर फाल्यो। डियाखाबीले हेडरमा गरेको प्रयास हातमा लाग्दै गोल भएपछि रेफ्रीले त्यसलाई मान्यता दिएनन्। यस नतिजासँगै भ्यालेन्सियाको च्याम्पियन्स लिगको यात्रा सकिएको छ। यद्यपी समूहको अन्तिम खेलमा भ्यालेन्सियाले जुनसुकै नतिजा हात पारेपनि युरोपा लिग भने खेल्न पाउनेछ।

यता युभेन्ट्सले भने च्याम्पियन्स लिगको समूह चरणमा खेलेका ५ खेलमा ४ जित र १ हारसँगै १२ अंक जोड्दै अंक तालिकाको शीर्ष स्थानमा छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपाल ओमानसँग १ विकेटले पराजित

काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको क्यानडा भ्रमणमा नेपालले दोस्रो हार ब्यहोरेको छ । …

प्रतिकृया दिनुहॊस