News desk

सरकार मदिरामा कडाई गर्दै, यस्ता छन् प्रावधान

काठमाडाैं । सरकारले मदिरा उत्पादन, बिक्री, सेवन र विज्ञापनमा कडाइ गर्ने भएको छ। यसका लागि मदिरा उत्पादन र बिक्री वितरणको नियमन तथा हानिकारक सेवन नियन्त्रणसम्बन्धी कार्यकारी आदेश–०७५ जारी गरिँदैछ। यो खबर आजको कान्तिपुर दैनिकमा कृष्ण आचार्यले लेखेका छन्। गृहमन्त्रालयले तयार पारेको आदेश मस्यौदा अनुसार इजाजत प्राप्त बिक्रेताले दिउँसो ४ बजेदेखि राती ९ बजेसम्म मात्र मदिरा बेच्न पाउनेछन्। इजाजत प्राप्त होटल, लज, बार तथा रेस्टुरेन्टले बेलुका ५ बजेदेखि १० बजेसम्म मात्र मदिरा …

पुरा पढ्नुहॊस »

कांग्रेसमा ध्रुवीकरण तिब्रः विधान आफूअनुकूल बनाउने प्रयास

काठमाडाैं । पार्टी विधानका प्रस्तावित नयाँ प्रावधानलाई लिएर कांग्रेसभित्र ध्रुवीकरण सुरु भएको छ। संस्थापन पक्ष र संस्थापन इतरपक्ष १४ औं महाधिवेशनलाई लक्षित गरी आफ्नो अनुकूलको विधान बनाउने रणनीतिका साथ प्रस्तुत हुन थालेपछि ध्रुवीकरण सुरु भएको हो। यो खबर आजको कान्तिपुर दैनिकमा कुलचन्द्र न्यौपानेले लेखेका छन्। पदाधिकारी संख्या बढाउने कि नबढाउने, तिनको निर्वाचन पद्धति के हुने, केन्द्रीय कार्यसमितिमा सभापतिलाई मनोनयन अधिकार कति प्रतिशत दिनेजस्ता विधानका प्रस्तावित नयाँ प्रावधानमा विवाद छ। कांग्रेसको संघीय …

पुरा पढ्नुहॊस »

मुक्तिनाथ विकास बैंक र अजोड इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता, के छ सम्झौतामा?

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेड र अजोड इन्स्योरेन्स लिमिटेडबीच सम्झौता भएको छ । बैंक र इन्स्योरेन्सबीच बैंकास्योरेन्स सेवा प्रदान गर्ने सम्बन्धि सम्झौता भएको हो ।उक्त सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्रीले हस्ताक्षर गरे । सहमतिसंगै बैंकका ग्राहकहरूले अजोड इन्स्योरेन्सले प्रदान गर्ने निर्जीवन बीमा सम्वन्धी सम्पूर्ण सेवा बैंकका सबै शाखाबाट लिन सक्नेछन् ।

पुरा पढ्नुहॊस »

पुनर्बीमा कम्पनी र प्राइम लाइफ इन्स्योरेन्सबीच सम्झौता

काठमाडाैं । नेपाल पुनर्बीमा कम्पनी र प्राइम लाइफ इन्स्योरेन्स कम्पनीबीच सम्झौता भएको छ । सम्झौता अनुसार नेपाल सरकारले चालु आ.व.२०७५,०७६ को बजेट वक्तव्यबाट व्यवस्था गरे बमोजिम २० प्रतिशत प्रत्यक्ष हिस्सा पुनर्बीमा व्यवस्थाको दिइने छ । सम्झौतामा नेपाल पुनर्बीमाका प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारी र प्राइम लाइफका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार भट्टराईले हस्ताक्षर गरे । 

पुरा पढ्नुहॊस »

काठमाडौंमा बिहीबारदेखि आइतबारसम्म जोर बिजोर प्रणाली

काठमाडाैं । काठमाडौं उपत्यकामा सवारी आवागमनलाई व्यवस्थित बनाउन यही मंसिर १३ गतेदेखि १६ गतेसम्म जोर बिजोर प्रणाली लागु गरिने भएको छ । शुक्रबारदेखि सोमबारसम्म हुने एसिया प्यासिफिक समिट क्रममा सवारी जाम नहोस् भनेर जोर विजोर नम्बरका आधारमा निजी तथा सार्वजनिक गाडी चलाउने तयारी भएको महानगरिय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । महाशाखाका अनुसार मंसिर १३ गते बिहिबार र मंसिर १५ गते शनिबार नम्बर प्लेटको अन्तिम अंक विजोर (१,३,५,७,९) भएका गाडीमात्रै चल्न …

पुरा पढ्नुहॊस »

निर्मला पन्तका परिवारको धर्नामा डा. गाेविन्द केसीको साथ

काठमाडाैं । अभियन्ता डाक्टर गोविन्द केसी बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका परिवारको धर्नामा सहभागी भएका छन् । मंगलबार दिउँसो निर्मलाका परिवार  धर्ना बसिरहेको कञ्चनपुर जिल्ला प्रशासन कार्यालयअगाडि गएर डाक्टर केसी पनि धर्ना बसेका हुन् । उनी करिब आधा घन्टा धर्ना बसेका थिए । सुदूरपश्चिमको बझाङमा स्वास्थ्य शिविर सञ्चालन गर्नका लागि केसी मंगलबार धनगढी हुँदै महेन्द्रनगर पुगेका थिए । उनी भोलि शिविरका लागि बझाङ जाने छन् । चिकित्सा शिक्षा सुधारको माग राख्दै …

पुरा पढ्नुहॊस »

सामाजिक सुरक्षा योजनाको शुभारम्भमा गर्दै प्रधानमन्त्री ओलीले भने- सरकार श्रमिकको माझमा छ

काठमाडाैं । सरकारले निजी क्षेत्रमा कार्यरत श्रमिकलाई अवकाशपछि आजीवन निवृत्तिभरण (पेन्सन) को व्यवस्थासहित योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको  सुरुवात गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगारदाता र श्रमिकको योगदानमा स्थापना गरेको सामाजिक सुरक्षा कोषबाट वृद्ध अवस्था, औषधि उपचार, स्वास्थ्य तथा मातृत्व, दुर्घटना तथा अशक्तता र आश्रित परिवार सुरक्षा योजना कार्यक्रम प्रधानमन्त्री केपी शर्मा ओलीले औपचारिक रुपमा सुरु गरेका हुन् । प्रधानमन्त्री ओलीले सामाजिक सुरक्षा कार्यक्रमको शुभारम्भअघि तामझाम किन भन्नेहरुलाई ‘(सरकार) …

पुरा पढ्नुहॊस »

अबको प्रधानन्यायाधीश को? ‘अस्विकृत’ जोशी पनि सिफारिसमा

काठमाडाैं । ६ महिनाअघि संसदीय सुनुवाइबाट अस्वीकृत भएका दीपकराज जोशी फेरि प्रधानन्यायाधीशको रोष्टर (सूची) मा परेका छन् । न्यायपरिषद्ले भावी प्रधानन्यायाधीशका लागि जोशीसहित २ जनाको नाम संवैधानिक परिषदमा पठाएको छ । केही समयअघि न्यायपरिषद् सचिवालयले जोशी र अर्का न्यायाधीश चोलेन्द्रशमशेर जबराको नाम र अभिलेख पठाएको हो । पुस १६ देखि प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले अवकास पाउँदैछन् । उनले अवकास पाउनुभन्दा १ महिनाअघि नै संवैधानिक इजलासले भावी प्रधानन्यायाधीश सिफारिस गर्नुपर्ने संविधानमा उल्लेख छ । …

पुरा पढ्नुहॊस »

‘वीर विक्रम २’मा ‘पिरतीको मीठो तिर्सना’को रिमेक

काठमाडाैं । मिलन चाम्सको निर्देशनमा बनिरहेको फिल्म ‘वीर विक्रम २’ को हाल धमाधम छायांकन भइरहेको छ । छायांकनका लागि निर्माण युनिट अहिले पश्चिमको मुस्ताङमा पुगेका छन् ।त्यहाँ पुगेर निर्माण युनिटले फिल्मको एक गीत छायांकन सकेको छ । निर्माण युनिटले सुटिङ सेटबाट छायांकनका केही तस्वीरहरू बाहिर ल्याएको छ। बाहिरिएका तस्वीरमा नायिका वर्षा सिवाकोटीलाई दुई नायकसँग रोमान्स गरिरहेको देख्न सकिन्छ । वर्षा नायक पल शाह र नाजिर हुसेनको अँगालोमा बाँधिएकी छन् । हाल छायांकन भएको …

पुरा पढ्नुहॊस »

सामाजिक सुरक्षा योजना लागू, के छन् श्रमिकका लागि सुविधा?

काठमाडाैं । सरकारले मंगलबारदेखि योगदानमा आधारित समाजिक सुरक्षा कार्यक्रम लागु गरेकाे छ । प्रधानमन्त्री केपी शर्मा अोलीले काठमाडौंको कमलादीस्थित प्रज्ञाप्रतिष्ठान भवनमा एक भव्य कार्यक्रमबीच कार्यक्रम लागु भएको घोषणा गर्दैछन्। ‘समाजिक सुरक्षा योजनामा सहभागी बनौं, सुरक्षित भविष्य सुनिश्चित गरौं’ भन्ने नारासहित सरकारले समाजिक सुरक्षा कार्यक्रम लागू भएकाे हाे । सरकारले कार्यक्रमको घोषणा हुने आजको दिनलाई सामाजिक सुरक्षा दिवसका रुपमा मनाउने निर्णय समेत गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले योगदानमा आधारित सामाजिक …

पुरा पढ्नुहॊस »