प्रदेश २ को ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियानलाई रेखाको साथ

काठमाडाैं । प्रदेश नं. २ को सरकारी अभियान ‘बेटी पढाऊ, बेटी बचाऊ’ को अभियानकर्मीका रूपमा कलाकार रेखा थापाले जोडिने बताएकी छन्। उनले प्रदेश सरकारको सो अभियानमा सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएकी छन् । थापाले ‘छोरीका लागि स्वर्णिम अभियान’ नामक कार्यक्रमका माध्यमले प्रदेश सरकारको सो अभियानलाई सघाउने भएकी छिन् ।

‘यो अभियानलाई पैसा दिएर होइन, तराई–मधेससहित देशभरिकै जिल्लाहरुमा आफ्नो अधिकारबाट वञ्चित भएका, महिला हिंसाको सिकार भएकाहरुको अधिकारको लागि जागरण ल्याउन प्रयास गर्नेछु’, संयूक्त पत्रकार सम्मेलनमा रेखाले भनिन्, ‘म एउटा जिल्ला मात्र होइन देशको हरेक जिल्ला घुम्न चाहन्छु। त्यसको लागि स्थानीय सरकार, प्रदेश सरकारले उचित स्थान दिएको छ र म गर्छु।’त्यस्तै प्रदेश सरकारका मुख्यमन्त्री लालबाबु राउतले सरकारको उद्देश्यअनुरूप कलाकार थापाले प्रदेशका आठवटै जिल्लामा विद्यमान छोरीप्रतिको असमान व्यवहार, हिंसा, भ्रूणहत्या, पढाइबाट वञ्चित र बालविवाहविरुद्ध जागरण अभियानमा सहयोगी भूमिका निर्वाह गर्ने बताए ।

छोरा हुँदा हर्ष र छोरी हुँदा दुःख, पीडा, बोझ ठान्ने मनोवृत्ति, छोरीको जन्मलाई अभिशाप ठानी हत्या गर्ने मानसिकता, अपहेलित गर्ने क्रियाकलाप विरुद्धको अभियानमा सरकारले छोरीको बीमा, साइकल वितरण, दक्षता अभिवृद्धि, सरकारी सेवा परीक्षा तयारी तालीम र प्रहरीमा ५० प्रतिशत आरक्षणलगायत योजना राखिएको उनले बताए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सिटी एक्सप्रेसले युएईमा ‘उत्सव र उमंग, सिटी एक्स्प्रेससँग’ सांगीतिक कार्यक्रम गर्दै

काठमाडाैं । सिटी एक्सप्रेस मनी ट्रान्स्फरले मे १९ मा युएईस्थित बरदुबईको एसके सेभेन क्लबमा साङगितिक …

प्रतिकृया दिनुहॊस

This will auto close after