टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडाैं । मोरङको पथरीशनिश्चरे नगरपालिका–१० स्थित पूर्वपश्चिम महेन्द्र राजमार्गमा गएराति टिप्परको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ ।

पश्चिमबाट पूर्व आउँदै गरेको बा ६४ प १९९१ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आउँदै गरेको को १ ख ५७५२ नम्बरको टिप्पपरले ठक्कर दिँदा मोटरसाइकल चालक झापा, मेचीनगर नगरपालिका–१४ धाइजन बस्ने ३० वर्षीय पदम राजवंशीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

गम्भीर घाइते भएका राजबंशीलाई उपचारका लागि उर्लाबारीस्थित मङ्गलबारे अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय पथरीका प्रमुख कमल बजगाईँले जानकारी दिए । टिपरलाई नियन्त्रणमा लिए पनि चालक भने फरार रहेकाले खोजी भइरहेको बजगाईंले जानकारी दिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

मतगणना अन्तिमतिर पुग्दा बझाङमा एमालेले कांग्रेस उछिन्यो (मतसहित)

काठमाडौं । बझाङमा प्रदेश सभा क्षेत्र नम्बर १ (१)को फेरि एमालेले अग्रता लिएको छ । …

प्रतिकृया दिनुहॊस