अलोकप्रिय सू ची र हुन सेन खोज्दैछन् नेपालको साथ

काठमाडाैं । एसिया प्यासिफिक सम्मेलनमा सहभागी हुन आएकी म्यानमारकी विदेश मन्त्री आङसाङ सू चीले विश्वमञ्चमा नेपाललाई आफ्नो पक्षमा पार्न पहल गरेकी छन्। कम्बोडियाली प्रधानमन्त्री हुन सेनले पनि विश्वमञ्चमा नेपालको साथ खोजेका छन्। यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा चन्द्रशेखर अधिकारीले लेखेका छन्।

उनीहरुले औपचारिक छलफल मात्रै होइन, दुई पक्षीय सम्झौता समेत गरी विश्व मञ्चमा नेपालको साथ चाहेका हुन्। लामो समयदेखि लोकप्रिय रहेकी सू ची अहिले रोहिंग्या शरणार्थी शरणार्थी समस्याका कारण मानवअधिकार क्षेत्रमा आलोचित र अलोकप्रिय बन्दै गएकी छन्। आलोचनाको घेराबाट माथि उठ्न उनले रोहिंग्या मामिलामा नेपालको साथ खोजेकी हुन्। उनी आलोचनाको घेराबाट माथि उठ्न नेपालको साथ खोजेकी हुन्।

नेपाल राष्ट्र संघीय मानवअधिकार परिषद्को सदस्य भएकाले उनले उनले आफ्नो पक्षमा नेपालसँग लविङ गरेकी हुन्। म्यानमारका रोहिंज्याहरू नेपालमा समेत शरण लिन आइपुगेका छन्। यो संख्या बढ्दो छ। म्यानमारलाई साथ दिंदै नेपाल राष्ट्रसंघमा रोहिंज्याको विषयमा ‘तटस्थ’ बसेकोमा उनी खुशी समेत बनिन्।

नेपालले भने आफू न म्यानमार, न बंगलादेशको पक्षमा रहेको भन्दै तटस्थता कायम गरेको बताउँदै आएको थियो। मानवअधिकारका दृष्टिमा नेपालले त्यस प्रसंगमा कुटनीतिक भूल गरेको टिप्पणी समेत विज्ञहरूले गरेका थिए।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

dashain-tika/दशैंको टीकाको उत्तम साइत कात्तिक ७ गते बिहान ११:०२ बजे

दशैंको टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दशैंको टिकाको साइत सार्वजनिक गरेको छ । जसअनुसार विजयादशमीको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा  रहेको छ । असोज १७ गते बिहान ९ बजेर १६ मिनेटमा घटस्थापनाको साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

प्रतिकृया दिनुहॊस