पाल्पा । पाल्पा रामपुरमा धारिलो हतियार प्रयोग गरी एक व्यक्तिको हत्या भएको छ। रामपुर नगरपालिका–४ बस्ने ५५ वर्षीय भलबहादुर कुमाललाई ३६ वर्षीय मनोज थापाले हँसियाले घाँटीमा हानेर हत्या गरेका हुन्। आइतबार साँझ जलदेवीस्थान भन्ने ठाउँमा दुई व्यक्तिबीच विवाद हुँदा घटना भएको इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ। घटनामा संलग्न मनोज थापालाई गएराती पक्राउ गरी जिल्ला प्रहरी कार्यालय पाल्पा पठाइएको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक भूपालसिं रानाले बताए।
पुरा पढ्नुहॊस »लेस्टर सिटी र फुलह्याम पराजित
काठमाडाैँ । एफए कप अन्तर्गत आइतबार राति भएको खेलमा लेस्टर सिटी तेस्रो डिभिजनको क्लब न्यूपार्ट काउन्टीसँग पराजित भएको छ । न्यूपोर्ट काउन्टीको मैदानमा भएको एफए कपको तेस्रो चरणको खेलमा शीर्ष डिभिजन खेलिरहेको लेस्टर २–१ ले पराजित भयो । खेलको दशौं मिनेटमा जेमिल म्याटले गोल गर्दै न्यू पोर्टलाई अग्रता दिलाएका थिए । ८२औं मिनेटमा रिचर्ड घेज्जालले गोल गर्दै लेस्टरलाई खेलमा फर्काए । तर त्यसको तीन मिनेटपछि नै न्यूपोर्टले पेनाल्टी पायो । पेनाल्टीलाई पाद्रेग …
पुरा पढ्नुहॊस »सुर्खेतबाट काठमाडौंका लागि छुटेको बस दुर्घटना, २२ जना घाइते
नवलपरासी । पूर्व नवलपुरको मध्यविन्दु नगरपालिका – ११, बाहुनेकुना सोमबार बिहान बस पल्टि“दा २२ जना घाइते भएका छन् । घाइते मध्ये एकजनाको अवस्था गम्भीर रहेको छ । कालिकोट मानमा खर्चना गाउँपालिका–२ बस्ने ५० वर्षीय धर्मबहादुर शाही गम्भीर घाइते भएका छन्। अन्य घाइतेको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । सुर्खेतबाट काठमाडौंका लागि छुटेको ना ५ ख ४६९६ नम्बरको बस तीव्र गतिका कारण अनियन्त्रीत भई पल्टिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय …
पुरा पढ्नुहॊस »मेक्सिकोको सीमामा पर्खाल लगाउनेमा कुनै सम्झौता हुँदैनः डोनाल्ड ट्रम्प
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोको सीमामा पर्खाल लगाउने आफ्नो मागमा कुनै सम्झौता नहुने बताएका छन् । मेक्सिकोको सीमामा पर्खाल लगाउनका लागि चाहिने ५ अर्ब ६० करोड डलर संसद्ले विनियोजन गर्नुपर्ने उनको माग छ । राष्ट्रिय सुरक्षाका लागि पर्खाल लगाउन आफूले मागेको रकम संसद्ले विनियोजन नगरे राष्ट्रिय आपतकाल लागू गर्ने चेतावनी पनि उनले दोहोर्याए । डेमोक्रेटिक पार्टीका सांसदहरु राष्ट्रपतिको मागमा सहमत हुन नसक्दा संसद्बाट पारित विनियोजन विधेयकमा ट्रम्पले हस्ताक्षरसमेत …
पुरा पढ्नुहॊस »आज दिनभर मौसम बदली हुने, केही ठाउँमा पानी पर्ने सम्भावना
काठमाडौं । मुलुकभर सोमबार मौसम बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। बिहान देशका केही ठाउँमा पानी पर्नुका साथै उच्च पहाडी तथा हिमाली भेगमा हिमपात भइरहेको छ। पश्चिमी वायुका कारण मौसम बदली भई पानी तथा हिमपात भएको मौसमविद शान्ति कँडेलले जानकारी दिइन्। उनका अनुसार सोमबार दिउँसो पनि देशैभरको मौसम बदली हुनेछ भने काठमाडौंसहित मध्य भागमा पानी पर्ने सम्भवना रहेको छ। मंगलबारदेखि भने पश्चिमी वायुको प्रभाव नेपालको पश्चिमी भेगबाट बाहिरिने भएकाले मौसममा …
पुरा पढ्नुहॊस »राष्ट्रिय सहकारी बैंकको अध्यक्षमा केबी उप्रेती
काठमाडौं । राष्ट्रिय सहकारी बैंक लिमिटेडको केन्द्रीय अध्यक्षमा केबी उप्रेती निर्वाचित भएका छन्। आइतबार भएको संघको निर्वाचनमा निकट्तम प्रतिद्धन्द्धीलाई ३ हजार भन्दा बढि मतान्तरले पराजित गर्दै बैंकको अध्यक्षमा निर्वाचित भएका हुन् । अध्यक्षमा निर्वाचित उप्रेतीले ३४ सय १५ मत प्राप्त गरेका छन् भने निकट्तम प्रतिद्धन्ती रमेश घिमिरेले २ सय ३७ मत मात्रै पाएका छन्। राष्ट्रिय सहकारी बैंककको १५ सदस्यीय कार्यसमितिमा धेरैजसो पदमा सहमति जुटेपनि अध्यक्ष, खुला सञ्चालक र कर्णाली प्रदेश …
पुरा पढ्नुहॊस »काठमाडौं–तराई मधेस द्रुतमार्ग : तराईमा २७, पहाडमा २५ मिटरको सडक
काठमाडौँ । काठमाडौं–तराई मधेस द्रुतमार्गमा ९० वटा पुल र तीन वटा टनेल (सुरुङ) बन्ने भएको छ । दु्रतमार्ग बनाइरहेको नेपाली सेनाले पहिलेको प्रस्तावमा पुनर्विचार गर्दै केही स्थानमा सुरुङ बनाउने गरी पछिल्लो प्रस्ताव गरेपछि पुलको संख्या घट्ने भएको हो । पहिले द्रुतमार्गमा ९९ वटा पुल प्रस्तावित थियो भने अब नौ वटा घटेर ९० वटा प्रस्ताव भएको छ । नेपाली सेनाका प्रवक्ता सहायकरथी गोकुल भण्डारीका अनुसार पहिले प्रस्ताव गरिएभन्दा केही स्थानमा थप …
पुरा पढ्नुहॊस »सुजाता जोशी आरएमडीसी लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा चयन
काठमाडौँ । आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा सुजाता जोशी चयन भएकी छन् । यही पुस २२ गते बसेको सञ्चालक समितिको बैठकले जोशीलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो । संस्थाको यही पुस २० गते सम्पन्न २० औँ वार्षिक साधारण सभाबाट संस्थापक समूहको तर्फबाट प्रतिनिधित्व गर्ने सदस्य निर्वाचित गरेको थियो । नबिल बैंकको तर्फबाट नमिता दीक्षित, हिमालयन बैंकको तर्फबाट जयन्द्रबिक्रम शाह, नेपाल इन्भेष्टमेण्ट बैंकको तर्फबाट सुजाता जोशी र नेपाल बैंक लिमिटेडको …
पुरा पढ्नुहॊस »भार्गव विकास बैंकले घोषणा गर्यो ६ प्रतिशत नगद लाभांश
काठमाण्डौ । भार्गव विकास बैंकले ६ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । यही पुस २० गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७५/०७५ को नाफाबाट वितरण गर्ने गरी नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । चुक्तापूँजी ५० करोड १६ लाखको ६ प्रतिशत बराबर हुन आउने रकम ३ करोड छयानब्बे हजार रुपैयाँ नगद लाभांशका लागि घोषणा गरिएको हो । नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई साधारण सभाबाट पारित भएपछि नगद …
पुरा पढ्नुहॊस »सिद्धार्थ बैंकमा पनि अनलाइन खाता खोल्न सकिने
काठमाडौं । बैंकिङ्ग प्रणालीलाई थप प्रविधिमैत्री बनाउन सिद्धार्थ बैंकले इन्टरनेटको माध्यमबाट आफ्नो रोजाइको बचत खाता खोल्न सकिने सुविधा सुचारु गरेको छ । यस सुविधाबाट नेपाली तथा गैर आवासीय नेपाली नागरिकले देश र विदेशका कुनै पनि स्थानबाट सिद्धार्थ बैंकको वेबसाइटमा गई सहज र सरल तरिकाले बैंक खाता खोल्न सक्नेछन् । यस सुविधा अन्तर्गत ग्राहकहरुले आफ्नो कम्प्युटर, मोबाइल वा ट्याबलेटको प्रयोग गरी सहजै खाता खोल्न सकिने जानकारी बैंकले दिएको छ ।
पुरा पढ्नुहॊस »