नेपाल आइडलबाट सबैलाई रूवाउँदै बाहिरिए पवन

काठमाडाैं । शंकरदेव कलेजमा बीबीएस अध्ययनरत दोलखाका पवन गिरी नेपाल आइडलबाट बाहिरिएका छन् । औपचारिक रूपमा संगीत सिक्ने अवसर नपाएका उनले भर्सटायल स्वरका कारण नेपाल आइडलमा सबैको मन जितेका थिए ।

उत्कृष्ट ६ बाट पवन बाहिरिएसँगै उत्कृष्ट पाँचमा स्थान बनाउन सफल भएका छन् विक्रम बराल, रवि ओड, अस्मिता अधिकारी र सुमित पाठकलाई संगीतको यो महासंग्राम जित्ने हतारो छ । नेपाल आइडलबाट बाहिरिने प्रतियोगीको नाममा आफ्नो नाम सुनेपछि उनका आँसु थामिएनन् । उनले नेपाल आइडलले आफ्नो सांगीतिक तिर्खा मेट्न सहयोग गरेकोमा आभार व्यक्त गरे ।

साथै आउने दिनमा नेपाल आइडलले दिएको इज्जत, मान र सम्मान कायम राख्दै गीत, संगीतमा अघि बढ्ने वाचासमेत गरे । उनी नेपाल आइडल सिजन १ मा पनि सहभागी थिए । यो हप्ता सुमित पाठक र अमित बराल बटम थ्रीमा परे । रवि ओडले यो हप्ता सबैभन्दा बढी भोट पाए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

यस्तो छ चलचित्र ‘छक्का पञ्जा-५’ को गीत ‘ब्रेकअप’

काठमाडौँ । नेपाली चलचित्र ‘छक्का पञ्जा-५’ को गीत ‘ब्रेकप’ सार्वजनिक भएको छ । आगामी असोज …

प्रतिकृया दिनुहॊस