अमेरिकी पूर्वराष्‍ट्रपति जर्ज बुसको निधन

काठमाडाैं । अमेरिकाका पूर्वराष्‍ट्रपति जर्ज बुसको ९४ वर्षको उमेरमा निधन भएको छ । बुसका छोरा तथा पूर्वराष्‍ट्रपति जर्ज डब्लु बुसले आफ्ना बाबुको निधन भएको सार्वजनिक जानकारी दिएका हुन् ।

स्वर्गीय बुस २० जनवरी १९८९ देखि २० जनवरी १९९३ सम्म अमेरिकाको ४१ औं राष्‍ट्रपति थिए । म्यासाचुसेट्सको मिल्टनमा १२ जुन १९२४ मा जन्मिएका बुसकी पत्‍नी बारबाराको गत अप्रिलमा निधन भएको थियो । स्वर्गीय बुसका ६ सन्तानमध्ये जेठा जर्ज डब्लु बुस अमेरिकाको ४३औं राष्‍ट्रपति बनेका थिए ।

‘भास्कुलर पार्किन्सोनिजम’को समस्याबाट पीडित बुस सन् २०१२ यता थलिएका थिए । त्यसयता उनलाई मोटराइज्ड स्कुटर या व्हिलचेयरको सहायताबाट हिंडडुल गराउने गरिएको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

माईपेको दसैँ मेला, कारोबार गर्दा स्कुटरदेखि आईफोनसम्म जित्न सकिने

काठमाडौं । डिजिटल वालेट माईपेले दसैँ, तिहार र छठलाई मध्यनजर गर्दै ‘माईपे मेला : चाडबाडको …

प्रतिकृया दिनुहॊस