काठमाडौंको रानीबारीमा बालिका बलात्कृत, किशाेर पक्राउ

काठमाडाैं । काठमाडौंमा १४ वर्षीया बालिका बलात्कृत भएकी छन् । मंगलबार बिहान २ बजे काठमाडौंको रानीबारीमा उनी बलात्कृत भएकी हुन् । बलात्कार आरोपमा रौतहटको राजदेवी नगरपालिका वडा नम्बर ८ घर भएका १७ वर्षीय धर्मेन्द्र यादवलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका वडा नम्बर ३, रानीबारीमा डेरी गरी बस्ने मकवानपुर हेटौंडाकी बालिकालाई अभिभावक नभएको मौका पारी उनकै कोठामा गएर यादवले जबर्जस्ती करणी गरेको प्रहरीले जनाएको छ । यादवको डेरा पनि रानीबारीमै छ ।

पक्राउ परेका यादवलाई स्वास्थ्य परीक्षणका लागि वीर अस्पताल तथा पीडित बालिकालाई थापाथलीस्थित प्रसूति गृहमा पठाइएको लैनचौरस्थित महानगरी प्रहरी वृत्तले जानकारी दिएको छ । घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

dashain-tika/दशैंको टीकाको उत्तम साइत कात्तिक ७ गते बिहान ११:०२ बजे

दशैंको टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दशैंको टिकाको साइत सार्वजनिक गरेको छ । जसअनुसार विजयादशमीको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा  रहेको छ । असोज १७ गते बिहान ९ बजेर १६ मिनेटमा घटस्थापनाको साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

प्रतिकृया दिनुहॊस