सात वर्ष लामो छलफल गर्दासमेत टुंगोमा पुगेन कांग्रेस

काठमाडाैं । नेपाली कांग्रेस पार्टी पदाधिकारी संख्या बढाउने कि नबढाउने भन्ने सम्बन्धमा सात वर्ष लामो छलफल गर्दासमेत टुंगोमा पुग्न सकेको छैन । शीर्ष नेताहरू व्यक्तिगत र गुटगत लाभहानीमा केन्द्रित हुँदा कांग्रेसले पदाधिकारीको विषय अझै टुंगो लगाउन नसकेको हो ।

२०६९ चैतमा नवलपरासीको त्रिवेणीधाममा सम्पन्न महासमिति बैठकअघि देखि नै कांग्रेसमा पदाधिकारी थप गर्ने विषयले प्राथमिकता पाएको थियो । तत्कालीन सभापति सुशील कोइराला उपभासपति र महामन्त्रीको केही संख्या थप्ने पक्षमा थिए । तर तल्कालीन पार्टी नेता शेरबहादुर देउवा सहमहामन्त्री बाहेक अन्य पद थपको विपक्षमा उभिए ।

नेताहरूबीच नै सहमति जुट्न नसकेपछि महासमिति बैठकले पार्टी विधानमा सामान्य मात्र परिवर्तन गरेको थियो । आजको नागरिक दैनिकमा बालकृष्ण अधिकारीले यो खबर लेखेका छन् । त्यससँगै सुरु भएको पदाधिकारी विवाद जारी केन्द्रीय समिति बैठकको पनि मुख्य अजेन्डा बनेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

dashain-tika/दशैंको टीकाको उत्तम साइत कात्तिक ७ गते बिहान ११:०२ बजे

दशैंको टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दशैंको टिकाको साइत सार्वजनिक गरेको छ । जसअनुसार विजयादशमीको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा  रहेको छ । असोज १७ गते बिहान ९ बजेर १६ मिनेटमा घटस्थापनाको साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

प्रतिकृया दिनुहॊस