मेलिलाविरुद्ध आधा दर्जन गोल गर्दै रियल अन्तिम १६ मा

काठमाडाैं । मेलिलामाथि आधा दर्जन गोल गर्दै रियल म्याड्रिड कोपा डेल रे को नकआउट चरणमा प्रवेश गरेको छ। बिहीबार राति भएको खेलमा रियल म्याड्रिडले मेलिलालाई ६-१ को फराकिलो अन्तरमा हराएको हो। यससँगै रियल समग्रमा १०-१ को जित दर्ता गर्दै अन्तिम १६ मा स्थान बनाउँन सफल भयो ।

रियलको जितमा स्पेनिस मिडफिल्डर इस्को र मार्को एसेन्सियोले २-२ गोल गर्दा भिनिसियस जुनियर र जाभी सान्चेजले पनि १-१ गोल गरेका थिए। पहिलो लेगमा फराकिलो जित दर्ता गरेकाले प्रशिक्षक सान्टियागो सोलारीले बिहिबार दोस्रो रोजाइका खेलाडी उतारेका थिए। खेलको सुरूवाती ३० मिनेटसम्म रियलमाथि हाबी देखिएको मेलिलाले पाएका केही राम्रा अवसर खेर फालेको थियो।

खेलको ३३ औं मिनेटमा एसेन्सियोले गोल गर्दै रियललाई सुरूवाती अग्रता दिलाए। लगत्तै त्यसको दुई मिनेटपछि भिनिसियस जुनियरले दिएको पासमा एसेन्सियोले व्यक्तिगत दोस्रो गोल गर्दा टिमको अग्रता दोब्बर भयो। खेलको ३९ औं मिनेटमा एसेन्सियोको पासमा जाभी स्यान्चेजले गोल गर्दै पहिलो हाफमा रियलको अग्रता ३-० पुर्‍याए।

दोस्रो हाफमा आक्रमक खेलेको रियलले सुरुवातमै अर्को गोल थप्यो। इस्कोले ४७ औं मिनेटमा गोल गर्दै टिमको अग्रता ४-० पुर्‍याए। त्यसपछि केही सम्हालिएको मेलिलाले ७५ औं मिनेटमा अर्को गोल खायो। भिनिसियसले रियलका पाँचौ गोल गर्दै अग्रता फराकिलो पारे।

त्यसपछि मेलिलाले ८१ औं मिनेटमा गोल गर्दै अग्रता केही कम गर्‍यो। जाभी सान्चेजले डि एरिया भित्र लडाएपछि पाएको पेनाल्टीमा यासिनले गोल गरेका हुन्। त्यसको दुई मिनेट पछि रियलले अर्को गोल थप्दै मेलिलामाथि आधा दर्जन गोल पुर्‍यायो। ८३ औं मिनेटमा फ्रान गार्सियाको पासमा इस्कोले गोल गर्दै रियललाई सहज जित दिलाएका हुन्।

यसअघि अघिल्लो लेगमा ४-० को जित निकालेको रियलले बिहिबार ६-१ को जितसँगै समग्रमा १०-१ को जित दर्ता गर्दै रियल अन्तिम १६ मा स्थान बनाउँन सफल भएको हो।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपाल ओमानसँग १ विकेटले पराजित

काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको क्यानडा भ्रमणमा नेपालले दोस्रो हार ब्यहोरेको छ । …

प्रतिकृया दिनुहॊस