राष्ट्रपति भण्डारी आउँदा उडान नै अवरुद्ध

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारी पोल्यान्ड भ्रमणबाट फर्कने क्रममा अन्य उडानलाई आकाश र ग्राउन्डमा ‘होल्ड’ राखिँदा बिहीबार काठमाडौं विमानस्थलका उडान रातिसम्मै प्रभावित भए। कतार एयरवेजको भीभीआईपी उडान बिहान ११.०८ बजे अवतरण भएकाले त्यसपछिका उडान २ घण्टासम्म डिले भएका हुन् ।

उक्त विमान काठमाडौंमा १०ः४० मा अवतरण गर्ने भनिएकामा आधा घण्टा ढिलो भएको थियो। त्यसपछि आधा घण्टाका लागि सबै व्यावसायिक उडान रोकिएका थिए । उडान डिले हुँदा पोखराका लागि बिहीबार तय गरिएका तीन उडान रद्द गर्नुपरेको बुद्ध एयरले जनाएको छ ।

भीभीआईपी उडान अवतरण गराइँदा सिमराको आकाशमा नेपाल वायुसेवा निगमको एयरबस, जेट एयरवेज तथा आन्तरिक तर्फका बुद्ध र श्री एयरलाइन्सका विमान ‘होल्ड’ मा राखिएका थिए। यता काठमाडौंबाट बाहिर जाने विमानलाई स्टार्टअप अनुमति दिइएको थिएन।

पछि ट्राफिक चाप बढेकाले काठमाडौं टावरका एयर ट्राफिक कन्ट्रोलरले पश्चिमबाट काठमाडौं आउँदै गरेका श्री र बुद्धसहितका विमानलाई भरतपुरमाथिको आकाशमा होल्डमा राखे। अाजकाे कान्तिपुरदैनिकमा याे खबर छापिएकाे छ।

काठमाडौंमा भीभीआईपी उडान हुने दिन दिनभर उडान डिले हुन्छन् । ‘आज उसै पनि बिहान नौ बजेमात्रै एयरपोर्ट खुलेको थियो, भीभीआईपी उडानका कारण आन्तरिक विमान तोकिएको समयभन्दा डेढदेखि २ घण्टासम्म डिले भए,’ एक निजी एयरलाइन्सका म्यानेजरले भने। हिउँदयाममा हुस्सु र तुवाँलोलगायतका कारण पाइलटले आँखाले हेरेर गरिने उडान (भीएफआर) को दाँजोमा उपकरणका सहायतामा गरिने (आईएफआर) उडानमा भर पर्नुपर्छ।

उपकरणको विधिबाट हुने उडानमा एउटा जहाज अवतरण भएको करिब ८÷१० मिनेटपछि अर्को विमानलाई उड्न एटीसीले अनुमति दिन्छन्। काठमाडौंबाट सर्वाधिक उडान गर्ने बुद्ध एयरले बिहीबार ४४ वटा आन्तरिक उडानको तालिका बनाई टिकट बिक्री गरेको थियो । दिनभरै उडान डिले भएकाले पोखराका तीनवटा उडान रद्द गर्‍यो। ‘तीनवटा उडानका करिब २ सय यात्रुलाई काठमाडौंबाट पोखरा र पोखराबाट काठमाडौं ल्याउन सकिएन,’ सम्बद्ध स्रोतले भन्यो।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बागलुङ दुर्घटना : मृतक पाँचै जनाको परिचय खुल्यो

काठमाडाैं । बागलुङको जैमिनी नगरपालिका-८ छिस्तीबाट सदरमुकाम बागलुङ बजार आउँदै गरेको पिकअपभ्यान दुर्घटना हुँदा मृत्यु भएका …

प्रतिकृया दिनुहॊस