सिरहा । सशस्त्र प्रहरी बल ७ नम्बर वाहिनी सिरहाले पूर्व–पश्चिम राजमार्ग अन्तर्गत गोलबजार नगरपालिका र मिर्चैया नगरपालिकाको सीमामा पर्ने घुर्मीखोलाबाट एक केजी सुन बरामद गरेको छ । विशेष सुराकीको आधारमा शनिबार बिहान एसपी सोमबहादुर गुरुङको टोलीले एक केजी सुनसहित भारतीय नम्बर प्लेटको जीप र ६ जना तस्करहरु नियन्त्रणमा लिएको जनाएको छ । प्रहरीले आजै पत्रकार सम्मेलन गरी विस्तृत जानकारी गराउने भएको छ ।
पुरा पढ्नुहॊस »प्रहरीमा भर्ती हुन आएका युवकको घाँटी रेटेर हत्या
नेपालगञ्ज । बाँकेको कोहलपुरमा एकजनाको हत्या भएको छ । सुर्खेत सिम्ताका दीपकसिंह ठकुरीको कोहलपुरमा हत्या भएको हो । प्रहरी हुन बाँकेमा आएका ठकुरीको शुक्रबार राति कोहलपुर बसपार्क नजिक खुल्लाचौरमा हत्या भएको हो । बसपार्कको पूर्वपट्टी रहेको खालीचौरमा ठकुरीको शव फेला परेको छ । २२/२३ वर्षका ठकुरीको चक्कुले घाँटी रेटेर हत्या गरिएको छ । बाँया आँखामा समेत चोट लागेको छ । ‘आधा घाटी रेटिएको छ’, बिहान घटनास्थलमा पुगेका इलाका प्रहरी कार्यालय, कोहलपुरका …
पुरा पढ्नुहॊस »अग्निपीडितलाई राहत
प्यूठान । प्यूठान नगरपालिका–८ भेडाबारीका अग्निपीडितले सरकारसँग बासको व्यवस्था गर्न मागेका छन् । शुक्रबार राहत बोकेर पुगेका जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी, वडाअध्यक्ष, नेपाल रेडक्रसलगायतका सङ्घसंस्थासँग आफ्नो ओतका लागि बासको व्यवस्था मिलाइदिन अनुरोध गरेका थिए । उनीहरुको अनुरोधलाई सम्बोधन गर्ने भन्दै वडाध्यक्ष लिलापजङ्ग केसीले स्थानीय सरकार र विभिन्न सङ्घसंस्थाको सहयोगमा १० दिनभित्र पीडितलाई पुर्नवासको व्यवस्था गराउने बताए । प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेको नेतृत्वमा गएको जिल्ला प्रशासन, र जिल्ला प्रहरी कार्यालयको …
पुरा पढ्नुहॊस »महिला टी -ट्वान्टी स्मास क्रिकेट: नेपालको विजयी सुरुवात
काठमाडौं । थाइल्याण्ड महिला टी -ट्वान्टी स्मास क्रिकेटमा नेपाली महिला क्रिकेट टोलीले विजयी सुरुवात गरेको छ । शनिबार भएको खेलमा चीनलाई १० विकेटले हराउँदै नेपालले सुखद सुरुवात गरेको हो । थाइल्याण्डको बैंककमा चीनले दिएको ४९ रनको सामान्य लक्ष्य नेपालले ८ ओभर ४ बलमा बिना विकेटको क्षतिमा पुरा गर्यो । नेपालको जितमा सिता राना मगरले अविजित २३ रन जोड्दा काजल श्रेष्ठले अविजित १४ रन जोडिन । यसअघि टस हारेर ब्याटिङ गरेको चीनले पुरै २० ओभरमा ६ विकेट …
पुरा पढ्नुहॊस »टन्सिलको समस्या चिनेर यसरी गर्नुस् घरेलु समाधान
काठमाडौं । गलामा टन्सिल हुने समस्या धेरै मानिसमा देखिन्छ । टन्सिल हुँदा गलाको दुवैतर्फ मासुमा गाँठो बन्छ । यसले गर्दा गला सुन्निने, बेस्सरी दुख्ने अनि बोल्ने समस्या हुन्छ । अनि खानाको स्वाद पनि आउँदैन । संक्रमण, ब्याक्टेरिया, गलत खानपान र मौसम परिवर्तनका कारण टन्सिल हुन्छ अनि कब्जियतले पनि टन्सिल गराउँछ । घरेलु उपायले टन्सिल निको पार्न सकिन्छ । टन्सिलका कारण आयोडिनको कमी मौसम परिवर्तन चिसो खानेकुरा गलत खानपान संक्रमण वा ब्याक्टेरिया …
पुरा पढ्नुहॊस »भारतीय धर्मगुरु रामरहिम पत्रकार हत्यामा दोषी ठहर
नयाँ दिल्ली । भारतका विवादास्पद धर्मगुरुले पत्रकारको हत्या गरेको अदालतले ठहर गरेको छ। आफ्नो यौनहिंसाका बारेमा समाचार लेखिदिएकोले गुरमित रामरहिम सिंहले पत्रकारको हत्या गरेको अदालतले शुक्रबार ठहर गरेको हो। संसारभरी लाखौँ समर्थक रहेका सिंहलाई अदालतले बलात्कार गरेको अभियोगमा यसअघि नै २० वर्षको जेल सजाय सुनाइसकेको छ। अदालतले शुक्रबार गरेको फैसलाअनुसार पत्रकारको हत्यामा ५१ वर्षीय सिंहसँगै अन्य ३ जना सहयोगी पनि संलग्न रहेको ठहर गरिएको छ। उनीहरूले सन् २००२ मा स्थानीय …
पुरा पढ्नुहॊस »हवाई भाडा घट्योः कहाँ कति रुपैयाँ घट्यो ? यस्तो छ भाडादर
काठमाडौँ । नेपाल आयल निगमले बिहीबार रातिदेखि आन्तरिक तर्फको हवाइ इन्धनको मूल्य घटाएसँगै अन्तरिक हवाइ सेवाको पनि भाडा दर घटेको छ । यो भाडादर आन्तरिक तर्फ उड्ने जहाजहरुले लिने पूरा भाडामा घटेको हो । वायुसेवा सञ्चालकहरूको छाता संगठन नेपाल वायुसेवा सञ्चालक संघ (आयोन) का प्रवक्ता घनश्याम आचार्यका अनुसार दुरीको हिसाबमा९० देखि ४४० रुपैयाँसम्म भाडा घटेको छ। उनले भने, आइतबारदेखि लागू हुनेगरी फ्युल सरचार्ज (इन्धन शुल्क)मा कम्तीमा ९० रुपैयाँसम्म घटाएइको छ।’ नेपाल …
पुरा पढ्नुहॊस »देवराज र मेलिनाको स्वरमा ‘सुनखानी’ (भिडियोसहित)
काठमाडौं । गायक देवराज खत्रीको ‘सुनखानी’ गीतको भिडियो युट्युबमा सार्वजनिक भएको छ। स्वरमा खत्रीलाई मेलिना राईले साथ दिएकी छिन्। मधुसुदन डाँगीको शब्द रहेको गीतमा हरि थापाले संगीत दिएका हुन्। म्युजिक एरेन्ज सुदीप सागरले गरेका हुन्। रितेश फिल्सको प्रस्तुत गरेको म्युजिक भिडियो राजेश बाडेले निर्देशन गरेका हुन्। रीता बाडेको कोरियोग्राफी र विमल ढकालले छायांकन गरेको भिडियोलाई युवराज खत्रीले सम्पादन गरेका हुन्। ‘सुनखानी’ गीतमा निर्देशक बाडे र पवित्रा आचार्यको अभिनय देख्न सकिन्छ। हेर्नुहाेस् भिडियो–
पुरा पढ्नुहॊस »कोउटिन्होले बार्सिलोना छाड्ने सम्भावना
एजेन्सी । इंग्लिस क्लब लिभरपुलका पूर्वखेलाडी एवं बार्सिलोना मिडफिल्डर फिलिपे कोउटिन्होले क्लब छाड्ने सम्भावना बढेको छ । पछिल्लो समय बार्सिलोनाको पहिलो रोजाईमा पर्न संघर्षरत रहेपछि मिडफिल्डरले क्लब छाड्ने हल्ला चलेको हो । कोउटिन्होले यस सिजन जम्मा ९ खेल सुरुवात गर्दै ४ गोल गरेका छन् । प्रशिक्षक एर्नेस्टो भालभेर्डेले कोउटिन्होलाई पहिलो रोजाईमा राख्न छाडेसँगै उनी क्लब छाड्ने सम्भावना बढेको हो । मोटो रकममा क्याटलान क्लब आएका कोउटिन्होको यस अवस्थालाई इंग्लिस क्लब …
पुरा पढ्नुहॊस »गाउँमा पहिलो पटक प्रहरी पुग्दा गाउँले लुके
बाजुरा । गौमुल गाउँपालिका–१ अन्द्राडीमा पहिलो पटक प्रहरी पुग्दा गाउँबासी डराएर लुके । केही महिना अघि आएर बसेको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक हंशराज जोशीको टोलीलाई मदिरा व्यवस्थापनपछिको अवस्था बुझ्नका लागि उक्त गाउँपालिकाले गत सोमबार सुक्ष्म अनुगमनमा अन्द्राडी पठाएकामा स्थानीयवासी डरले लुक्न पुगेका थिए । प्रहरीलाई देखेपछि कोही पनि घरबाट निस्केनन् भने घर बाहिर रहेकासमेत डरले थरथर काम्न थाले । कारण थियो पहिलो पटक गाउँमा प्रहरीको आगमन । प्रहरीलाई देखिसकेका त्यहाँका …
पुरा पढ्नुहॊस »