गुण्डा नाईके बस्नेत पत्नी माया शेरचन पाँचलाख धरौटीमा रिहा

काठमाडौं । गुण्डा नाईके समिरमान सिंह बस्नेत पत्नि माया शेरचन धरौटीमा छुटेकी छिन् । बिहीबार जिल्ला अदालत काठमाडौंको आदेशले उनी पाँच लाख धरौटीमा छुटेको महानगरीय अपराध महाशाखाका प्रमुख (एसएसपी) धिरजप्रताप सिंहले जानकारी दिए ।

काठमाडौंको गौरिघाटस्थित दिव्यश्वरी पार्टी प्यालेसमा दावा लामामाथि भएको गोली प्रहार र रुपन्देहीका दुर्गा तिवारी हत्यामा मायाले हतियार व्यवस्थापन गरेको अभियोगमा महानगरीय अपराध महाशाखाले उनलाई नियन्त्रणमा लिएर मुद्दा चलाएको थियो । निर्माण व्यवसायीका तत्कालिन अध्यक्ष शरदकुमार गौचन हत्याकाण्डमा संलग्न समिरमान बस्नेत समूहका सुटर अमर राना, लोप्साङ लामा र रोशन बुढाथोकीले बयानको क्रममा मायाको नाम पोलेपछि प्रहरीले उनलाई अनुसन्धानको दायरामा ल्याएको थियो ।

मायाको सहयोगमा राजधानीमा हाइप्रोफाइल हत्याको योजना बनाइरहेका बेला गौचन हत्या योजनामा संलग्न रहेको आरोपमा लोप्साङ, रोशन र अमरलाई महानगरीय अपराध महाशाखाको टोलीले झापाको काँकडभिट्टाबाट पक्राउ गरेको थियो । दावा लामामाथि भएको गोली प्रहार र तिवारीको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले मायालाई गत कात्तिक १९ गते  महाशाखाले राजधानीको ठूलो भर्‍याङबाट पक्राउ गरेको थियो । महाशाखाले पक्राउ गरेको राना, लोप्साङ  र नागार्जुनका रोशन बुढाथोकीको बयानका आधारमा मायालाई पक्राउ गरिएको हो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

dashain-tika/दशैंको टीकाको उत्तम साइत कात्तिक ७ गते बिहान ११:०२ बजे

दशैंको टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दशैंको टिकाको साइत सार्वजनिक गरेको छ । जसअनुसार विजयादशमीको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा  रहेको छ । असोज १७ गते बिहान ९ बजेर १६ मिनेटमा घटस्थापनाको साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

प्रतिकृया दिनुहॊस