News desk

सिटिजन्स बैंकको कोर बैंकिङ्ग र ई–बैंकिङ्ग अव फिनाक्कलबाट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बैंकको कोर बैंकिङ्ग सफ्टवेयरलाई फिनाक्कल भर्सन १०.२.१८ मा प्रतिस्थापन गरेको छ । बैंकका संचालक समितिका अध्यक्ष डा. शंकर प्रसाद शर्माले एक कार्यक्रमबीच बैंकको कोर बैंकिङ्ग सिस्टममा लग इन गरी उक्त फिनाक्कल सफ्टवोयरको सुरुवात गरे । ग्राहकलाई सहज तथा सुलभ तवरले अत्याधुनिक बैंकिङ्ग सेवा सुविधा प्रदान गर्न हाल प्रयोग गर्दै आएको पुमरी आईभी प्लसबाट दक्षिण एसियाकै प्रसिद्घ इन्फोसिस कम्पनीको फिनाक्कल कोर बैंकिङ्ग सफ्टवोयर भर्सन १०.२.१८ …

पुरा पढ्नुहॊस »

सिद्धार्थ बैंकको भिसा कार्डमा १ सय नगद फिर्ता

काठमाडौं । सिद्धार्थ बैंकले नगद फिर्ता योजना सञ्चालनमा ल्याएको छ । यस योजना अन्तर्गत पहिलो पटक ५ सय वा सो भन्दा बढि रकमको अनलाइन कारोबार गर्दा ग्राहकहरुले १ सय नगद क्यास ब्याक पाउनेछन् । त्यस्तै ती अनलाइन कारोबारहरुलाई अझ बढी सुरक्षित बनाउन, बैंकले जारी गरेका अन्तर्राष्ट्रिय प्रिपेड कार्ड, डेविट कार्ड र क्रेडिट कार्डहरु ‘भेरिफाइड वाई भिसा’ नामक २ फ्याक्टर अथेन्टिकेसन प्रणालीमा प्रयोग गर्न सकिन्छ । यसरी अनलाइन कारोबार गर्दा, ग्राहकहरुको …

पुरा पढ्नुहॊस »

नेइमार बिनाको पिएसजीको अप्रत्यासित हार, २१ औँ खेलमा तोडियो अपराजित यात्रा

काठमाडाैँ । लिगको २१ औँ खेलमा आएर लिग लिडर पेरिस सेन्ट जर्मेन (पिएसजी) पराजित भएको छ । फ्रेन्च लिग वान फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा स्टार खेलाडी नेइमार बिनाको पिएसजीले लिगमा सिजनको पहिलो हाफ बेहोरेको होे । लगातार २० खेलमा जित वा बराबरी गरेको पिएसजी आइतबार राति अवे मैदानमा भएको खेलमा लियोनसँग २–१ ले पराजित भएको हो । चोटका कारण मैदान बाहिर रहेका नेइमार बिनाको पिएसजीले सुरुवाति अग्रता लिए …

पुरा पढ्नुहॊस »

मेलम्चीले सीएमसीलाई दिएको अल्टिमेटम मंगलबार सकिदै

काठमाडौं । मेलम्ची खानेपानी विकास समितिले निर्माण कम्पनी सीएमसीलाई काममा फर्कन दिएको अन्तिम मंगलबार  सकिदै छ ।अहिलेसम्म निर्माण कम्पनी कुनै सम्पर्कमा नआएको समितिका कार्यकारी निर्देशक सूर्यराज कँडेलले जानकारी दिएका छन् । माघ २२ गतेसम्मको १४ दिने म्यादसहित सम्झौता तोड्ने आसयपत्र सरकारले पठाएको थियो । समितिका कार्यकारी निर्देशक कँडेलका अनुसार अझै दुई दिन बाँकी छ । अहिलेसम्म कुनै जानकारी आएको छैन । आउने संभावना पनि कम छ । नआए कसरी अघि …

पुरा पढ्नुहॊस »

एक वर्षभित्र देशैभर फोरजी सेवा

काठमाडौं । फोरजी विस्तारका लागि टेन्डर आह्वान गरेको एक वर्षपछि नेपाल टेलिकमले सम्झौता गरेको छ ।  टेलिकमको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमबीच कम्पनीले कोर नेटवर्क विस्तारमा सबैभन्दा कम रकम कबुल गरेको चिनियाँ कम्पनी जेडटीई र दुईवटा रेडियो एक्सेस् नेटवर्क(¥यान)का लागि चाइना कम्युनिकेसन सर्भिसेज इन्टरनेशनल(सीसीएसआई) हङ्कङ्सँग सम्झौता गरेको हो । दुवै कम्पनीसँगको सम्झौता अनुसार एक वर्षभित्रै देशभर चौथो पुस्ताको (फोरजी) सेवा विस्तार हुनेछ । सम्झौतामा टेलिकमका तर्फबाट प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी …

पुरा पढ्नुहॊस »

विश्व क्यान्सर दिवस : नेपालमा क्यान्सरको अवस्था भयावह

काठमाडौ । पछिल्लो समय नेपालमा क्यान्सर भयावह रुपमा देखापर्न थालेको छ । सार्क फेडरेसन अफ अंकोलोजिस्ट नेपालका अध्यक्ष वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. राजेन्द्र प्रसाद बरालले नेपालमा दैनिक रुपमा क्यान्सरका बिरामी बढीरहेको बताएका छन् । पछिल्लो समय नेपालमा पुरुषमा फोक्सो र महिलालाई पाठेघरको क्यान्सर अत्यधिक मात्रामा देखापर्ने गरेको जानकारी दिदै उनले सुरुमै क्यान्सर रोग पत्ता लगाउन सके क्यान्सरलाई जित्न सकिने बताए । पहिले–पहिले ‘क्यान्सर नो एनसर’ भन्ने चलन थियो, डा …

पुरा पढ्नुहॊस »

क्यान इन्फोटेकमा अवलोकनकर्ताको भीड

काठमाडौं । राजधानीको भृकुटीमण्डमा जारी सूचना प्रविधि मेला समापन हुन एक दिन बाँकी रहँदा अवलोकनकर्ताको घुइँचो लागेको छ । पाँचौं दिनसम्ममा प्रविधि मेलाको करिब ३ लाखले अवलोकन गरेका छन् । सूचना प्रविधि मेलाको शनिबार मन्त्रिपरिषदका पूर्वअध्यक्ष खिलराज रेग्मी, नेपाल कम्युनिस्ट पार्टी नेकपाका महासचिव विष्णु पौडेललगायतले अवलोकन भ्रमण गरे ।  उनीहरुले सूचना प्रविधिको विकासमा क्यान महासंघको भूमिकाको सराहना गरेका छन् । ‘सूचना प्रविधिको वास्तविकता बुझ्न मेला आउनुपर्ने रहेछ,’ क्यान इन्फोटेकको पहिलो …

पुरा पढ्नुहॊस »

प्रभु बैंकको लाभांश परिवर्तन, लगानीकर्ताले अब ८% बोनस पाउने

काठमाडौं । प्रभु बैंकले पूर्वघोषित लाभांश दर परिवर्तन गरेको छ । प्रभुले राष्ट्र बैंकको निर्देशनपछि अब सेयरधनीलाई ८% बोनस सेयर दिने भएको छ । यसअघि बैंकले ५% बोनस सेयर र ५.२३६% नगद लाभांश दिने घोषणा गरेको थियो । तर राष्ट्र बैंकले नियमनकारी कोषमा १७ करोड ४ लाख ६० हजार रुपैयाँ थप गरी सञ्चित मुनाफाबाट बोनस सेयर वितरण गर्न निर्देशन दिएको प्रभुले जनाएको छ । प्रभुले अब ८ अर्ब २३ करोड …

पुरा पढ्नुहॊस »

कालीगण्डकी कोरिडोर चौडा बनाउन सुरु

बागलुङ । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी कोरिडोरअन्तर्गत बागलुङखण्डको सडक १० मिटर चौडा बनाउने कामको सुरुवात भएको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बागलुङखण्डको मालढुंगादेखि बलेवा विमानस्थलसम्मको १० किलोमिटर सडक चौडा पार्ने कार्यको शुभारम्भ गरेसँगै काम सुरु भएको हो । कोरिडोरको स्तरोन्नति गर्न नेपाल सरकारले २० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । सो बजेटबाट १० मिटर चौडा कायम गर्न बागलुङ र  गुल्मीखण्डका लागि  १०÷१० करोड रुपैयाँ विनियोजन गरिएको बताइएको छ । …

पुरा पढ्नुहॊस »

गोलो अनुहारलाई बब कट

काठमाडाैँ । सुन्दरताको परिभाषा व्यक्ति अथवा हेराइअनुसार फरक–फरक हुन्छ । सुन्दर अनुहारले जोकोही आकर्षित हुन्छन् । मान्छेको व्यवहारको प्रभाव अनुहारको सुन्दरताभन्दा पछि नै पर्छ । त्यसैले ‘सुन्दरता मेरो पहिलो रोजाइमा पर्दैन अथवा होइन’ भने पनि जोकोही सुन्दर व्यक्तिप्रति आकर्षित हुन्छन् नै । सुन्दर देखिनु भनेको व्यक्तित्व आकर्षक हुनु पनि हो । सुन्दर देखिनका लागि कपालको पनि महत्वपूर्ण  भूमिका हुन्छ, विशेषगरी महिलाको सवालमा । कतिपय महिला सुन्दर हुँदाहुँदै पनि के नमिलेकोजस्ता …

पुरा पढ्नुहॊस »