खल्तीबाट ‘मह जात्रा’को टिकट काट्न सकिने

काठमाडौँ । ‘खल्ती’ले मह जोडीको प्रत्यक्ष प्रस्तुति रहने ‘मह जात्रा’ प्रहसनको टिकटिङ पार्टनरको जिम्मेवारी पाएको छ। प्रहसनमा महका म (मदन कृष्ण श्रेष्ठ) र महका ह(हरि वंश आचार्य) का साथै विभिन्न राष्ट्रिय कलाकारहरूको प्रस्तुति रहनेछ।

‘मह जात्रा’ नेपाल प्रज्ञा प्रतिस्थान, कमलादीमा कार्त्तिक २९ देखि प्रदर्शन हुनेछ । खल्ती प्रयोगकर्ताहरूले सो हास्यव्यङ्ग्य प्रहसनको टिकट खल्ती एप वा वेबसाइट मार्फत सजिलै खरिद गर्न सक्ने प्रमुख कार्यकारी अधिकृत विनय खड्काले जानकारी दिए ।

दस वर्ष लामो अन्तरालपछि फेरि एकसाथ मञ्चमा आउन लागेका मह जोडीको यस प्रहसनमा किरण के.सी. , राजाराम पौडेल, शिवहरी पौडेल, नरेन्द्र कंसकार, शैलेन्द्र शिमखडा, यमन श्रेष्ठ, दिनेश काफ्ले, बिभुषा बस्नेत लगायत कलाकारहरू रहेका छन्।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कर्मचारी सञ्चय कोषका सदस्यहरूलाई फोनपेले डिजिटल भुक्तानी सुविधा दिने

काठमाडौं । फोनपे पेमेन्ट सर्भिस लिमिटेड र कर्मचारी सञ्चय कोष (ईपीएफ) बीच, एपीआई आधारित होस्ट-टु-होस्ट …

प्रतिकृया दिनुहॊस