News desk

जलविद्युत्का लागि स्वदेशीबाटै वार्षिक तीन खर्ब

काठमाडाैँ । नेपालको जलविद्युत् विकासका लागि स्वदेशबाटै वार्षिक तीन खर्ब रुपैयाँसम्म पुँजी संकलन गर्नसकिने देखिएको छ । दोस्रो लगानी सम्मेलनको पूर्वाद्र्धमा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का अध्यक्ष शैलेन्द्र गुरागाईले वार्षिक तीन खर्ब रुपैयाँ बराबर पुँजी संकलन गर्न सकिने विवरण सार्वजनिक गरेका हुन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले सोमबार आयोजना गरेको ‘जलविद्युत्मा लगानीको अवसर र यसमार्फत आर्थिक समृद्धि’ विषयक अन्तरक्रियामा उनले सरकारले तदारुकता देखाएमा छरिएर रहेको पुँजी …

पुरा पढ्नुहॊस »

‘बुलबुल’ नेपाल–अमेरिका फिल्म फेस्टिभलमा

काठमाडौं । नेपाली कथानक चलचित्र ‘बुलबुल’ नेपाल–अमेरिका फिल्म फेस्टिभलका लागि छनोट भएको छ । नेपाल–अमेरिका अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा ‘बुलबुल’ ओपनिङ फिल्मको रुपमा प्रदर्शन हुने भएको छ । नेपाल–अमेरिका फिल्म फेस्टिभलको तेस्रो संस्करण जुन २८ देखि ३० तारिखसम्म मेरिल्यान्डमा हुँदैछन् । निर्देशक विनोद पौडेलका अनुसार महोत्सव आयोजकले ‘बुलबुल’लाई पहिलो फिल्मको रुपमा समावेश गर्ने छन् । महोत्सवमा मौलिक फिल्मको प्रदर्शनसँगै नेपाली फिल्मका पात्र र प्रवृत्तिमाथि पनि चर्चा गरिँदै आएको छ । गत सालको …

पुरा पढ्नुहॊस »

रङ्गशाला निर्माणका लागि धुर्मुसलाई लमजुङ आमा समूहको साढे ६ लाख सहयोग

काठमाडौं । धुर्मुस सुन्तली फाउन्डेशनले चितवनको भरतपुरमा निर्माण गर्न लागेको बहुउद्देश्यीय ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माणका लागि लमजुङ आमा समूह, यूकेले ६ लाख ५५ हजार ८५० रुपैंया सहयोग गरेको छ । सोमबार फाउन्डेशनको कार्यालयमा संस्थाका अध्यक्ष जुना गुरुङ्सहित पदाधिकारीहरुको उपस्थितीमा उक्त सहयोग रकम धुर्मुस सुन्तलीलाई हस्तान्तरण गरिएको हो । यूकेमा गत सेप्टेम्बर ८ मा आयोजना गरिएको ‘दोश्रो रमाइलो साँझ’ बाट संकलन भएको रकम आमा समूहले फाउन्डेशनलाई हस्तान्तरण गरेको हो …

पुरा पढ्नुहॊस »

साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिता आजदेखि, उद्घाटन खेलमा नेपाल र भुटान खेल्ने

काठमाडाैँ । साफ च्याम्पियनसिप महिला फुटबल प्रतियोगिता मंगलबारदेखि विराटनगरमा सुरु हुँदैछ । प्रतियोगिता विराटनगरको शहीद रंगशालामा हुनेछ । महिला फुटबल प्रतियोगिताका सम्पुर्ण तयारी पूरा भएको एन्फाले जनाएको छ । मंगलबार दिउँसो एक कार्यक्रमको आयोजना गरी प्रतियोगिता सुरु गर्न लागिएको छ । प्रतियोगितामा सहभागी टिमका कोचसहित क्याप्टेनको उपस्थितिमा सोमबार विराटनगरमा पत्रकारसम्मेलन गर्दै अखिल नेपाल फुटबल संघ (एन्फा) ले ट्रफीसमेत सार्वजनिक गरिसकेको छ । दिउँसो २ बजे उद्घाटन कार्यक्रमको आयोजना गरिएको छ ।  तर …

पुरा पढ्नुहॊस »

कलङ्की–महाराजगञ्ज खण्ड विस्तारको तयारी, चालु आर्थिक वर्षभित्र सम्पन्न हुने

काठमाडौँ । चक्रपथ विस्तार अन्तर्गत दोस्रो खण्डको कलङ्की–महाराजगञ्ज विस्तारको तयारी सुरु भएको छ । यस खण्डको विस्तृत् परियोजना प्रतिवेदन (डीपीआर) को काम भइरहेको सडक विभागले जनाएको छ । “चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा विस्तार गरिने यस खण्डको डीपीआरको काम चीनले शुरु गरिसकेको छ, चालु आर्थिक वर्षभित्र यो काम सम्पन्न हुनेछ” सडक विभागका उपमहानिर्देशक केशवकुमार शर्माले जानकारी दिए । डीपीआर तयार भइसकेपछि त्यसको प्रतिवेदन चीनले नेपाल सरकारलाई बुझाउने छ र …

पुरा पढ्नुहॊस »

प्रशिक्षक जिदान भन्छन्, ‘रियलको पुरानो लयलाई फर्काउने छु’

एजेन्सी । स्पेनिस क्लब रियल मड्रिड प्रशिक्षक जिनेदान जिदानले क्लबको पुरानो लयलाई फर्काउने बताएका छन् । रियलको मुख्य प्रशिक्षक बनेपछि बोल्दै प्रशिक्षक जिदानले क्लबको पुरानो शाखलाई फर्काउने बताए । ‘म क्लबलाई फर्काउने छु । जहाँ यस क्लब रहेको थियो,’ प्रशिक्षक जिदानले भने । यस सिजन खराब प्रदर्शन कायम राखेपछि रियलले प्रशिक्षक सान्टीयागो सोलारीलाई बर्खास्त गर्दै जिदानलाई प्रशिक्षक नियुक्त गरेको हो ।  रियलसंग जिदानले सन् २०२२ सम्मको सम्झौता गरेका छन् । यस्तै जिदानले बाहिर बसेर हेर्दा रियल कठिन अवस्थामा …

पुरा पढ्नुहॊस »

ट्याक्टर दुर्घटना हुँदा सल्यानमा दुईजनाको मृत्यु

सल्यान । सल्यानमा सोमबार राति भएको ट्याक्टर दुर्घटनामा दुईजनाको ज्यान गएको छ । श्रीनगरबाट लुहामका लागि छुटेको रा १ त ११५१ नम्बरको ट्याक्टर राति ८ बजे शारदा नगरपालिका १ शान्तिनगरमा दुर्घटना भएको थियो । दुर्घटनामा शारदा नगरपलिका १२ चिसापानीका २४ वर्षीय चालक कृष्णबहादुर डाँगी र शारदा नगरपालिका १ चैवाङ्गजिउलाका १४ वर्षीय अम्बर बुढाथोकीको ज्यान गएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएपछि तत्कालै उनीहरुलाई जिल्ला अस्पताला लगिएको थियो । राति …

पुरा पढ्नुहॊस »

सौर्य एयरलाइन्सले एक करोड बक्यौता तिर्‍यो

काठमाडौँ । निजी क्षेत्रको वायु सेवाप्रदायक कम्पनी सौर्य एयरलाइन्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई करिब एक करोड बक्यौता तिरेको छ । पहिलो चरणको किस्ताबापत ५० करोड तिरेर यही फागुन २४ गतेबाट पुनः उडान सुरु गरेको सौर्यले आइतबारसम्म ९८ लाख ५० हजार बुझाएको विमानस्थलले जनाएको छ । कम्पनीले फागुन २१ गते पहिलो किस्ताको ५० लाख बक्यौता तिरेको थियो । दुई महिनाभित्र सबै बक्यौता तिर्ने वचनपछि विमानस्थलले सौर्यलाई उडान अनुमति दिएको थियो । विमानस्थलका …

पुरा पढ्नुहॊस »

सेञ्चुरी बैंकको आठौंं बार्षिकोत्सवमा ६० जनाले गरे रक्तदान

काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंकको आठौं वार्षिक उत्सवको उपलक्ष्यमा बैंकको प्रधान कार्यलय पुतलीसडकमा निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सञ्चालन गरियो ।  थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटल तथा ललितपुरस्थित नेपाल रेडक्रस सोसाईटी, केन्द्रीय रक्तसञ्चार सेवाको सहयोगमा सो कार्यक्रम सम्पन्न भएको थियो । बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सञ्चालित शिविरमा सामान्य स्वास्थ्य परीक्षण गरिएको हो । बालबालिकाहरु देखि लिएर वृद्धवृद्धाहरुसमेत सहभागी उक्त शिविरमा थुप्रै जनाको निःशुल्क स्वास्थ्यपरीक्षण गरिएको थियो । रक्तदान कार्यक्रमा …

पुरा पढ्नुहॊस »

केएमसीमा नेपाल इन्भेष्टमेण्टको एक्स्टेन्सन काउण्टर, नवजात शिशुको खातामा ५ सय र केक उपहार

काठमाडौँ । नेपाल इन्भेष्टमेण्ट बैंक लि.ले काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा ११औं एक्स्टेन्सन काउन्टर र १११औं एटिएम एकसाथ खोलेको छ । काउन्टर र एटिएमको बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र काठमाडौं मेडिकल कलेज(केएमसी)का प्रमुख कार्यकारी अधिकृत प्रा.डा.दामोदरप्रसाद पोखरेलले संयुक्त रुपमा उद्घाटन गरे । आजैदेखि काठमाडौं मेडिकल कलेजमा जन्मने नवजात शिशुहरुको खाता खोलिएमा निःशुल्क ५०० रुपैयाँ खातामा राखिदिने र उक्त खातामा बैंकले तोकेको न्युनतम औषत मौज्दात जम्मा भएपछि जन्मदिनमा बैंकले …

पुरा पढ्नुहॊस »