नौबिसे-काठमाडौं सडक अवरुद्ध

काठमाडौं । पहिरोका कारण नौविसे–काठमाडौं सडक अवरुद्ध भएको छ । बिहीबार रातिदेखि परेको अविरल वर्षाले लेदोसहित पहिरो खसेपछि दुईतर्फी सडक अवरुद्ध भएको हो ।

नौबिसेस्थित सुरुङमार्ग नजिक पहिरो गएको हो । सडक अवरुद्ध हुँदा यात्रुहरु समस्यामा परेका छन् । मौसम विज्ञान विभागले आइतबारसम्म भारी वर्षा रहेको बताएपछि बिहीबार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दुई दिन रात्रिकालिन बस सञ्चालन नगर्न आग्रह गरेको छ ।

यस्तै जरुरी अवस्थामा बाहेक यात्रा नगर्न पनि भनेको छ । मौसम विज्ञान विभागले ५६ जिल्ला उच्च जोखिममा रहेको भन्दै सावधानी अपनाउन भनिसकेको छ ।

नेपालमा मनसुनी वायु कायमै रहेका बेला बंगालको खाडीबाट जलवाष्पयुक्त वायु नेपाल प्रवेश गरेपछि त्यसैको प्रभावले काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ । हालसम्म २० स्थानका वर्षा मापन केन्द्रमा खतराको तहसम्म पुगेको छ । अत्यधिक वर्षाले पहिरो झरेर क्षति पुग्न सक्ने भएकाले असोज ११–१२ गते दुई दिन हिमाली र पहाडी जिल्लामा रात्रि बस नचलाउन सरकारले अनुरोध गरेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कवाडी व्यवसायको दर्ता र नवीकरण गर्न महानगरको आग्रह

काठमाडौँ । काठमाडौँ महानगरपालिले महानगर भित्र सञ्चालनमा रहेका कवाडी व्यवसायहरूको दर्ता वा नवीकरण गर्न आग्रह …

प्रतिकृया दिनुहॊस