News desk

सरकारविरुद्ध देशभर प्रदर्शन गर्दै कांग्रेस

काठमाडाैँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज (सोमबार) देशभर सरकारविरुद्ध प्रदर्शन गर्दैछ। सरकारको कार्यशैलीप्रति रुष्ट कांग्रेसले ११ वटा मुद्दा उठाउँदै आज देशका ७७ वटै जिल्लामा विरोध प्रदर्शन गर्न लागेको हो। त्यसका लागि धेरैजसो शीर्ष नेताहरू गृहजिल्ला पुगिसेकेको कांग्रेसले जनाएको छ। वरिष्ठ नेता रामचन्द्र पौडेल गृह जिल्ला तनहुँ तथा महामन्त्री डा. शशांक कोइरालाले नवलपुरको विरोध सभामा सहभागी हँुदैछन्। यसैगरी पार्टी प्रवक्ता विश्व प्रकाश शर्मा चितवनको विरोध सभामा सहभागी हुनेछन्।चितवनको सभा …

पुरा पढ्नुहॊस »

आज पाँच अर्बको ट्रेजरी बिल बिक्री हुँदै

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार रु पाँच अर्ब १६ करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले आइतबार एक सूचनामार्फत उक्त परिमाणको बिल खरीदका लागि बोलकबोल प्रक्रियामा सहभागी हुन आग्रह गरेको छ । बैंकले सोमबार बिक्री गर्न लागेको ट्रेजरी बिलमध्ये रु तीन अर्ब २५ करोड २८ दिनका लागि तोकिएको छ । यस्तै रु एक अर्ब ९१ करोड भने ९१ दिनका लागि बिक्री गर्न लागिएको छ । बैंकले …

पुरा पढ्नुहॊस »

जुना विश्वकर्माको आवाजमा ‘खेतको फाटैमा’ (भिडियो)

काठमाडाैँ । पर्वतको जलजलाकी गयीका जुना विश्वकर्माको सुमधुर आवाजमा एकल लोक गीत ‘खेतको फाटैमा’ गीतको भिडियो बजारमा आएको छ। गीतको भिडियोलाई न्यु अन्जना डिजिटल मिडिया प्रालीले बजारमा ल्याएको हो। गीतमा जीवनका दुख र सुखका विभिन्न चरणहरुलाई समेटिएको छ। जीवनबाट हार मानेर गायिकाले आफना प्रेमीलाई भुल्न नसकेको कुरा गीतमा भनिएको छ। जुना विश्वकर्मा स्यमको शब्द तथा लय सिर्जना बाट गीतका भावहरु सजाइएको छ। सुशिल डाँगीको छायाँकन, प्रकाश एस केको सम्पादन, निशान …

पुरा पढ्नुहॊस »

एनसेलको ‘गज्जबको डेटा प्याक’

काठमाण्डौ । एनसेलका ग्राहकले अब सुलभ दरका नयाँ अल टाइम प्याकमार्फत इन्टरनेट सेवाको फाइदा लिन सक्ने भएका छन् । एनसेल प्राइभेट लिमिटेडले ‘गज्जबको डेटा प्याक’ नाम दिएर नयाँ डेटा प्याक ल्याएको छ । जसअन्तर्गत ग्राहकले आफ्नो आवश्यकताअनुसार ७५ एमबीदेखि ३ जीबीसम्मको विभिन्न प्याकहरु चलाउन सक्नेछन् । गज्जबको डेटा प्याक सोमबारदेखि लागू हुने कम्पनीले जनाएको छ । यस प्याकअन्तर्गत ग्राहकले एक दिनको समय सीमा रहेको ७५ एमबी डेटा प्याक मात्र रु …

पुरा पढ्नुहॊस »

एनआईसी एशिया रन फर हेल्थ’ प्रतियोगितामा सम्पन्न

काठमाडाैँ । एन आई सी एशिया बैंक लिमिटेडको आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत विराटनगर प्लाटिनम राउण्ड टेबल ११ र विराटनगर लेडिज सर्कल–५ को सहकार्यमा ‘एन आई सी एशिया रन फर हेल्थ’ दौड प्रतियोगिता सम्पन्न गरेको छ। विराटनगर–शंकरपुर स्थित जनता नमुना उच्च माध्यमिक विद्यालयमा आयोजना गरिएको ‘एन आई सी एशिया रन फर हेल्थ’ दौड प्रतियोगितामा विराटनगरका विभिन्न कलेजहरुको सहभागिता थियो। राष्ट्रिय अर्वुदरोग निवारण दिवसको पुर्वसन्ध्यामा अर्वुद रोगको विषयमा सर्वसाधारणमा जनचेतना जगाउन …

पुरा पढ्नुहॊस »

ओम डेभलपमेन्ट बैंकले गर्याे सन्यास आश्रमलाई सीसी टि भि. सहयोग

काठमाडौं । ओम डेभलपमेन्ट बैंक क्षेत्रीय कार्यालय, नारायणगढले महेश सन्यास आश्रम देवघाटधाम तनहुँलाई १ सेट सीसी टि.भि. क्यामेरा सहयोग गरेको छ । उक्त सामाग्री स्वामी केशवानन्द गिरिजीको उपस्थितीमा आश्रमका श्री १००८ स्वामी रमणानन्द गिरिजी महाराजलाई बैंकका नारायणगढ क्षेत्रिय कार्यालयका प्रमुख दुर्गाराम पुरीले हस्तान्तरण गरेका हुन् । यसअघि बैंकले खैरेनी मा.वि. खैरेनीटार तनहुंको पुस्तकालयलाई केहि पुस्तकहरु हस्तान्तरण गरेको थियो, भने सिद्धेश्वर महादेव बृद्धाश्रम गैडाकोटलाई आर्थिक सहयोग, बाल मन्दिर मा.वि.नदिपुर पोखरालाई भौतिक …

पुरा पढ्नुहॊस »

एनसीसी बैंक र ब्लु क्रस अस्पतालबीच शुल्क सहुलियत सम्झौता

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक र ब्लु क्रस अस्पतालबीच बैंकका कर्मचारी तथा ग्राहकहरुलाई उपचार शुल्कमा सहुलियत दिने विषयमा सम्झौता भएको छ । सम्झौतापत्रमा एनसीसी बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र ब्लु क्रस अस्पताल तर्फवाट कार्यकारी व्यवस्थापन समिति सदस्य रजत श्रेष्ठले हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार, नेपाल क्रेडिट एण्ड कमर्स बैंकका कर्मचारी तथा ग्राहकहरmले ब्लु क्रस अस्पतालका सेवाहरूमा विशेष छुट पाउनेछन् । बैंकका ग्राहकले उक्त छुट, …

पुरा पढ्नुहॊस »

सिरहाकाे लहानमा सनराइज बैंककाे शाखा स्थानान्तरण

काठमाडौं । सनराइज बैंकले सिरहाको लहान शाखा स्थानान्तरण गरेकाे छ । सनराइज बैंकले सिरहा जिल्ला लहान न.पा. वडा नं. ८, लहानस्थित शाखा कार्यालयलाई साविकको स्थानबाट करिव ७५० मि. को दुरीमा स्थानान्तरण गरेको छ । शाखाको उद्घाटन उद्योग वाणिज्य महासंघ नेपालका उपाध्यक्ष किशोर प्रधान तथा उद्योग वाणिज्य संघ लहानका अध्यक्ष अशोकलाल अमात्यले संयुक्त रुपमा गरेका थिए । उक्त कार्याक्रमको उद्घाटन पूर्व मेयर लगनलाल चौधरीले लहान शाखाको एटिएमको उद्घाटन गरेका थिए । …

पुरा पढ्नुहॊस »

मेगा बैंकको एकैदिन १८ नयाँ शाखा विस्तार, शाखा संख्या १०२ पुग्यो

काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडका १८ वटा शाखाले आइतबार एकैदिन औपचारिक रुपमा कारोबार सुरु गरेका छन् । ४ वटा नगरपालिका र १४ वटा गाउँपालिकामा विस्तारित १८ वटा नयाँ शाखाको आइतबार एकैदिन उद्घाटन भएका थिए । जसमध्ये नगरपालिकाहरुमा तनहुँको भानु, रुपन्देहीको सैनामैना, सिराहाको लहान र स्याङ्जाको भीरकोटमा मेगा बैंकको नयाँ शाखाले आइतबारबाट औपचारिक कारोबार शुभारम्भ गरेका छन् । यसैगरी, शाखा विस्तार भएका १४ वटा गाउँपालिकामा धादिङको त्रिपुरासुन्दरी, गोरखाको भीमसेन, सिन्धुपाल्चोकको …

पुरा पढ्नुहॊस »

ग्लोबल आइएमई बैंकमा ‘रेमिट्यान्स डिपोजिट बचत खाता खोल्दा’ ५ सय बोनस

काठमाडौं । ग्लोबल आइएमई बैंकले ‘रेमिट्यान्स डिपोजिट बचत खाता’ खोल्दा ग्राहकलाई ५ सय बोनस व्यालेन्स उपलब्ध गराउने भएको छ । विदेशबाट नेपाल भित्रिने रेमिट्यान्सलाई सेभिङ्गमा बदल्ने उद्देश्य अनुरुप ‘रेमिट्यान्स डिपोजिट बचत खाता’ संचालनमा ल्याइएको बैंकले बताएको छ । विदेशबाट नेपालमा भित्रिईरहेको रेमिट्यान्सबाट लाभग्राहीले आवश्यक पैसा मात्र निकालेर बाँकी रकम बचतका साथै व्याज आर्जन होस भन्ने उद्देश्यका साथ बैंकले यो योजना अगाडी सारेको हो । श्रमका लागि बिभिन्न देशमा जाने नेपाली …

पुरा पढ्नुहॊस »